एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

वन्यजन्तु संरक्षणमा क्रिकेट खेलाडी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ १ गते, मंगलवार १९:२५

काठमाडौँ: “गैँडाको मुख्य खाना घाँस हो, फलफूल गेडागुडी स्याउला पनि खान्छ, चिडियाखानामा पुरै घाँसले पु¥याउन सकिँदैन, केरा, स्याउ, बन्दा, चना, पिठोलगायत १०÷१२ प्रकारका खानेकुरा दिनमा पाँच÷छ पटक खुवाइन्छ ।” नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काको जिज्ञासामा सदर चिडियाखानाका सहायक क्यूरेटर (प्राविधिक) गणेश कोइरालाले उक्त व्याख्या गर्नुभयो ।

एकै छिनमा खुट्टा खोच्याउँदै एउटा गैँडा नजिक आयो । क्याप्टेन पारसले फेरि चासो राख्नुभयो, “गैँडाले किन खुट्टा खोच्याएको ।” “बाघले आक्रमण गरेर खुट्टाको पिँडुला खाइदिएको थियो, अझै समस्या छ, अर्काे परको गैँडाको टाउकोमा खाल्डो छ त्यो पनि बाघले नै आक्रमण गरेर खाइदिएको थियो, अहिले निको भयो ।”

पारससँगै अन्य खेलाडीले पनि नजिकबाट बाघ, गैँडा, भालु, रेडपाण्डा, अर्नालगायत वन्यजन्तु नियाले । उनीहरुले चिडियाघरमा रहेको हात्तीलाई कुचि, केरालगायतका खानेकुरा नै खुवाए ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको व्यवस्थापन रहेको सदर चिडियाखाना ललितपुरमा पुगेका राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई वन्यजन्तुसँग नजिक हुने अवसर कोष र क्रिकेट खेलाडी सङ्घ नेपालले मिलाएको थियो ।

पारस खड्कासँगै राष्ट्रिय खेलाडी सोमपाल कामी, शरद भेषवाकर, करण केसी, सुसन भारी, सन्दीप जोरा, वसन्त रेग्मी, विक्रम सोभ, भीम सार्की, रोहितकुमार पौडेल, प्रदीप ऐरी, रसिद खान, पवन सर्राफ, अविनास बोहरा, ललितनारायण राजवंशी, विनोद भण्डारी, ललित भण्डारी, दीपेन्द्रसिंह ऐरी सहभागी हुनुहुन्थ्यो ।

खेलाडीले चिडियाखानामा भएका जनावर हेर्ने काम मात्रै गरेनन्, उनीहरुले वन्यजन्तुको महत्व र यसबाट मानव समुदायमा पर्ने प्रभावका बारेमा समेत जान्ने अवसर प्राप्त गरेका थिए ।

एक वर्ष अगाडि नै प्रकृतिसँग खेलाडीलाई जोड्ने प्रयास गरिएकामा यसपटक सफल भएको सदर चिडियाखानाका कार्यक्रम व्यवस्थापक डा चिरञ्जीवी पोखरेलले बताउनुभयो । खेलाडीमार्फत बढीभन्दा बढी प्रचारप्रसार हुने र वन तथा वन्यजन्तु संरक्षणमा जनचेतना फैलाउन सकिने भएकाले पनि राष्ट्रिय खेलाडीलाई भ्रमण गराइएको डा पोखरेलले बताउनुभयो ।

चिडियाखाना अवलोकनपछि कप्तान खड्काले भन्नुभयो, “वन्यजन्तु संरक्षणको बारेमा धेरै कुराहरु थाहा पायौँ, नेपालमा जति पनि निकुञ्जहरु छन् त्यहाँ कसरी जनावर राखिएको छ, आगामी दिनमा संरक्षणमा खेलाडीले कसरी भूमिका खेल्न सकिन्छ भन्ने विषयमा जान्ने मौका पायौँ, अवश्य पनि सँगसँगै जाँदा प्रकृति संरक्षणमा ठूलो सन्देश जान्छ, हामी संरक्षणमा लाग्छौँ ।”

विश्वव्यापी जलवायु परिवर्तनको समस्या बढिरहेका बेला क्रिकेटरमार्फत प्रकृति संरक्षणमा चेतन फैलाउँदा विश्वमा ठूलोे सन्देश जाने र नेपालले संरक्षणमा गरेको योगदान पनि विश्वसामु फैलने विश्वास रहेको कप्तान खड्काले बताउनुभयो ।

क्रिकेट खेलाडी सङ्घका अध्यक्षसमेत रहनुभएका राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत डा मनिषराज पाण्डेले प्रकृति भनेको सबैको साझा सम्पत्ति भएको उल्लेख गर्दै क्रिकेट खेलाडीलाई दूतको रुपमा लिन सकिने भएकाले उनीहरुलाई संरक्षण क्षेत्रमा लगाउँदा राम्रो सन्देश जाने बताउनुभयो ।

राष्ट्रिय खेलमार्फत ठुलो योगदान पु¥याइरहेका बेला प्रकृति र वन्यजन्तुसँग साक्षात्कार गराएर प्रकृतिसँग नजिक बनाउँदै सँगसँगै लैजाऔँ भन्ने उद्देश्य कार्यक्रमको रहेको पाण्डेको भनाइ थियो । कोषका कार्यक्रम निर्देशक सरिता ज्ञवालीले राष्ट्रिय प्रकृति संरक्षण कोषले संरक्षणमा गरेको योगदानबारे खेलाडीलाई जानकारी गराउनुभएको थियो ।

श्राेतः jansawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु