नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्तयस्तो छ तपाईको आज मंगलबारको राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् आज लाभान्वितयलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन क्षितिज र नितालाई उपाधिपोखरा कप राष्ट्रिय ह्यान्डबल ः लिगचरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरातामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा तुल बहादुर तामाङ निर्वाचितस्थानीय तह कर्मचारी संघ, नेपालको सचिवालय बैठक सम्पन्न, उपहार पनि बाँडियोनेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन सम्पन्ननृत्य नेपाली पारा’ को पहिलो संस्करणमा रिदिमा र उपासना विजयीमिसन–२०२६ खेलकुद अभियान हो’’– घिसिङ

काठमाडौं महानगरपालिकाले स्मार्ट अर्बन टेक्नोलोजी च्यालेञ्ज–२०७५ को आव्हान गरेको मेयर शाक्यको खुलासा :

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ २४ गते, बिहीबार २३:०४

माघ २४ काठमाडौं। काठमाडौंको समस्या धेरै छ। त्यो समस्याको समाधान कसैले गर्न सक्छ भने, त्यो तन्नेरी युवाहरुले नै गर्न सक्छ। नेपाली युवाहरुसंग पर्याप्त ज्ञान र आँट दुवै छ। तर, त्यसको निकास दिलाउने कुनैपनि आधिकारिक सरकारी निकाय नभएको कारण लाखौ युवा विदेश पलायन हुनु परिरहेको तर्क काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको रहेको छ।
त्यो विदेशिने ज्ञान र आँटको पर्याप्त संभावना भएका युवाहरुलाई लक्षित गरेर पहिलो पल्ट स्थानीय सरकार काठमाडौं महानगरपालिकाले स्मार्ट अर्बन टेक्नोलोजी च्यालेञ्ज–२०७५ को आव्हान गरेको पनि मेयर शाक्यले खुलासा गरेका छन्।
मेयर शाक्यका अनुसार, ४ सय ५२ जना प्रतिभाशाली युवाहरुका १ सय ४२ वटा नविन सोच र योजनाको वीच प्रतिस्पर्धा हुने भएको छ।
जुन प्रतिस्पर्धावाट अवसरका अभावमा स्वरोजगार बन्न विकल्प सोचेर बसिरहेका युवाहरुलाई अत्यन्त सहयोगी हुने र उनीहरुका लागि उद्यमशीलता विकास गर्ने यो गजबको कार्यक्रम हुने पनि मेयर शाक्यले भनेका छन्। युवाहरु स्वदेशमा नै बसेर उद्यमशीलताको विकास गरेर रोजगार बन्ने र रोजगार दिने ऊर्जा पनि यस कार्यक्रमले दिने जिकिर पनि मेयर शाक्यले गरेका छन्।आयोजक काठमाडौं महानगरपालिका शहरी योजना आयोगका शहरीविद तथा सदस्य सचिव सरोज बस्नेतले प्रविधि, ज्ञान र सीपका माध्यमवाट काठमाडौंं महानगरको समग्र क्षेत्रका परिवर्तनका लागि यस कार्यक्रमले प्रविधिमैत्री आधार तयार हुने दावी गरेका छन्।
प्रतिस्पर्धाका मुख्य चार विषय र त्यसभित्र पर्ने २८ क्षेत्रमा प्रतिस्पर्धीहरुले नविन सोच प्रस्तुत गर्नेछन्। ६ चरणमा संपन्न हुने प्रतिस्पर्धामा विषयको महत्व, उत्पादन क्षमता, व्यावसायिक नमूना, विस्तार योग्यता र प्रस्तुति एवं व्याख्या गरी पाँच आधारलाई सूचक मानिएको छ।
तोकिएको मापदण्डअनुसार मूल्यांकन गरी कुल अंकमध्ये सवैभन्दा बढी अंक प्राप्त गर्ने समूह विजेता बन्ने छ। सर्वोत्कृष्ट सोच अर्थात च्यालेञ्जलाई नगद पाँच लाख पुरस्कार दिइने जानकारी काठमाडौं महानगरपालिका शहरी योजना आयोगका शहरी अधिकृत सुशील सुवेदीले बताएका छन्।
यो पुरस्कारवाट सर्वोत्कृष्ट मानिएको सोचलाई उद्यमशीलतामा रुपान्तरण गर्न सहयोग पुग्ने महानगरको लक्ष्य हो। त्यस्तै प्रतिस्पर्धाका लागि चार वटा विषयगत विजेतालाई प्रति समूह २ लाख रुपैया र उपविजेतालाई १ लाख रुपैया प्रदान गरिने भएको छ।
छनौटमा परेका १ सय ४२ जनाको समूहलाई विज्ञ समूहवाट करिब तीन महिना नियमित तालिम दिइने जानकारी पनि अधिकृत सुवेदीले भिजन संसार डटकमलाई भनेका छन्। शहरी विज्ञहरु अनिल चित्रकार, आशुतोष तिवारी लगायत योङ इनोभेसन्सका कार्यकारी प्रमुख बिभुषण विष्टले सहभागी युवाहरुको थुप्रै जिज्ञासालाई शान्त गर्ने तथा उनीहरुलाई उत्प्रेरणा दिने कार्य भएको थियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु