नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु बीच बैंकले प्रदान गर्ने सेवा सुविधाहरु सम्बन्धी सम्झौता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन २६ गते, आईतवार ०९:४२

फागुन २६, काठमाडौं– ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु बीच बैंकले प्रदान गर्ने सेवा सुविधाहरु सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा त्रि.वी., प.नी.का.का परीक्षा नियन्त्रक सह–प्राध्यापक पुष्प राज जोशी र ग्लोबल आइएमई बैंकको तर्फबाट किर्तिपुर शाखा कार्यालयका शाखा प्रमुख शोभा न्यौपानेबीच हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुरुप त्रिभुवन बिश्वबिद्यालय परीक्षा नियन्त्रण कार्यालयले आफ्नो कार्यालयमा प्राप्त हुने आम्दानी, शुल्क तथा धरौटी वापतको रकमहरु दैनिक रुपमा ग्लोबल आईएमई बैंकमा संकलन गर्नेछ ।

बैंकले क्याम्पसको हकमा काठमाडौं उपत्यका लगायतका सम्पुर्ण शाखा कार्यालयबाट समेत जम्मा गर्न मिल्ने र विद्यार्थीहरुको हकमा बल्खु स्थित काउन्टरबाट जम्मा हुने तथा प.नी.का. मा कार्यरत कर्मचारीहरुको बचत खाता खोल्ने, चेक सटही सुविधा प्रदान गर्ने, नगद एवं चेक जम्मा लिने लगायतका सम्पूर्ण बैंकिङ्ग सुविधा उपलब्ध गराउनेछ । बिभिन्न सरकारी कार्यालयहरुको आर्थिक कारोबर बैंक मार्फत गर्ने गराउने सरकारको नीति अनुरुप ग्लोबल आइएमई बैंकले देशभरका विभिन्न १५ वटा सरकारी कार्यालयहरुमा आफ्नो कार्यकक्ष स्थापना गरेर कारोबार संचालन गर्दै आएको छ । हाल ग्लोबल आइएमई बैंकले बिभिन्न सरकारी कार्यालयहरु, उद्योग विभाग, बिभिन्न यातायात व्यवस्था कार्यालय, आन्तरिक राजश्व कार्यालयहरु, मालपोत कार्यालय लगायतका बिभिन्न १५ बटा सरकारी कार्यालयमा आफ्नो सेवा प्रदान गर्दै आएको छ । आजको जनसवाल दैनिक मा समचार छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु