फागुन २८ सल्यान
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
श्रीनगरबाट लुहामतर्फ जाँदै गरेको रा १ त ११५१ नम्बरको ट्याक्टर आज (साेमबार) राती ८ बजेर १५ मिनेटतिर शारदा नगरपालिका १ सान्तिनगरमा दुर्घटना भएको हो । दुर्घटनामा परि शारदा नगरपालिका १३ का २४ बर्षीय चालक कृष्ण बहादुर डाँगी र शानपा १ चैपाबाङ जिउला का १४ बर्षीय प्रकाश बुढाथोकीकाे मृत्यु भएकाे जिल्ला अस्पताल सल्यानबाट प्रहरी सुन्द्रर चाैधरीले बताएका छन् ।
दुर्घटना स्थलमा छत्रेश्वरि गाउँपालिकाका अध्यक्ष सन्तोश केसि,शारदा नगरपालिका वडा नम्बर १२ का अध्यक्ष दिपक हमाल,उद्योग बानिज्य संघ सल्यानका पुर्ब अध्यक्ष सुधन श्रेष्ठ इलाका प्रहरी कार्यालय श्रीनगरका प्रमुख भागिरथ चन्द लगायत ब्यक्ती गई उद्दार गरेका थिए।
मृतकलाई छत्रेश्वरि गाउँपालिका अध्यक्ष सन्तोष केसिले आफ्नै गाडीमा लागि जिल्ला अस्पताल सल्यान पुर्याएकाे उनका प्रेस सल्लाहाकार नविन पाैडेलले बताएका छन् ।