• समाजसेवी अककल तामाङ २१ औं आत्म सम्मान तथा आदर दिवस २०७५ बाट सम्मानित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलवार ११:५९

    काठमाडौ फागुन २८, कुष्ठ प्रभावितका क्षेत्रमा काम गर्ने कुष्ठ प्रभावितहरूको समान उद्देश्यका कुष्ठरोगका कारण समाजबाट आफ्नो मानसम्मान र अस्तित्व गुमाएका व्यक्तिहरूको आत्मसम्मान फर्काएर ससम्मान जीवन निर्वाह गर्न सहयोग गदै आएको आइडिया नेपाल ले विगत लामो समयदेखि सामाजिक क्षेत्रमा रहेका युवा व्यवसायी तथा समाजसेवी अककल बहादुर तामाङ (लामा )लाई आइडिया नेपालले काठमाडौँमा सोमबार आयोजना गरेको ” २१ औं आत्म सम्मान तथा आदर दिवस २०७५ कार्यक्रमबाट सम्मानित भएका छन।
    आइडिया नेपालका अध्यक्ष अमरबहादुर तिमिल्सिना को सभापति र उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न विधामा कार्यरत समाजसेवी तथा शिक्षक, व्यवसायी उपस्थिति थियो।
    कार्यकम लाई सम्बोधन गदै उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पहिले कुष्ठारोगीलाई निकै अपहेलित गर्ने गरे पनि अहिले त्यो अवस्था कम भएको बताए। उनले पूर्णरूपमा बिरामीलाई समाजमा पुनर्स्थापना अप्ठ्यारो भएको बताए। उनले भने, ’ शिक्षा, अन्धविश्वास र कुरितीले गर्दा अहिले पनि कुष्ठरोगीलाई समाजमा पुर्नस्थापना हुन गाह्रो छ, यस्तो अवस्थाको अन्त्य हुनु पर्छभन्ने धारणा राखनु भयो।
    कार्यक्रममा कुष्ठप्रभावित एवं आइडिया नेपालका अध्यक्ष अमरबहादुर तिमल्सिनाले लेखेको पुस्तक बिमोचन गरिएको थियो। मध्यम वर्गीय किसान परिवारमा वि.स. २०३३ सालमा काभ्रेमा जन्मिएका अक्कल बहादुर तामाङ एक सामाजिक अभियन्ता हुन् । सानैदेखी जाँडरक्सी खानुहुन्न भन्ने कुराको चेतना भएका उन्ले सानै उमेरदेखि समाजमा शिक्षाको ज्योति छर्ने जिम्मेवारीपनि पाए । कक्षा ७ मा पढ्दै गर्दा प्रौढ शिक्षामार्फत समाजका धेरै मानिसलाई आफ्नो नाम लेख्न सक्ने बनाउने जिम्मेवारी पाएका उनी त्यसैदिनदेखि समाजसेवामा लागिसकेका थिए । उन्ले वि.स. २०५१ सालमा पञ्चकन्या माद्यामिक विद्यालयबाट एसएलसी गरेको हुन् । उनी २०५१ सालमा एसएलसी उत्तीर्ण गर्दा गाउँकै पहिलो एसएलसी दिएको व्यक्ति बने । उनि भन्छन् त्यति बेलासम्म हाम्रो समुदायमा पढ्नुपर्छ भन्ने चेतनाको विकास भइसकेको थिएन् ।’
    सानै उमेरमा शिक्षा क्षेत्रमा केहि गर्ने सोच बोकेर एसएलसी पछि काठमाण्डौं छिरेका अक्कललाई काठमाण्डौ बसेर अध्ययन गर्न त्यति सहज थिएन् । कामको जरुरीलाई मनन् गर्दै उनी दिउँसो साइकल, टेम्पामा सामान लिएर पसलमा पुग्थे अर्थात सेल्स वोइको भूमिका निभाउथे र बेलुका प्लस टु अध्ययन लागि कलेज जान्थे । चार वर्ष सेल्स वोइको रुपमा काम गरेका अक्कलले सरस्वती क्याम्पस ठमेलबाट स्नातक गरेका छन् । तत्पश्चात उनले आफैँ वितरक बनेर सञ्चो तथा वाइवाइ चाउचाउको व्यापार पनि गरे ।
    सन् २००३ मा तीन वर्षको ट्रेनिङका लागि दक्षिण कोरिया गएका अक्कल ७ वर्षसम्म उतै बसे । दक्षिण कोरियामा माइग्रेन कम्युनिटी सेन्टरहरु हुन्थे । उनी कामबाट फुर्सद हुँदा माइग्रेन कम्युनिटी सेन्टरहरुमा पुग्थे । त्यहाँ कोरियालीहरुले नेपालीहरुलाई पाहुना जस्तै गरी सत्कार गर्थे । अक्कलले सहयोगी भावना भएका कोरीयालीहरुले आत्मसन्तुष्टिका लागि सहयोग गरेको थाहा पाए । अक्कलले सम्झिए, ‘उनीहरुले आफ्नो देश गरिब हुँदा अरु देशले सहयोग गरेका कारण हामीले पनि गरिब देशलार्ई सहयोग गरेको बताए । अरुलाई सेवा गर्ने उनीहरुको भावनाले मलाई झनै प्रेरित गर्यो र २००६ मा ‘आपतकालिन नेपाली सेवा समिति’ गठन गरेँ’ उनि भन्छन् । उनी अध्यक्ष रहेको सो संस्थाले काम नपाएर अलपत्र परेकाहरुलाई सहयोग गर्ने, लामो समयदेखि तलब नपाएर अलपत्र परेकाहरुलाई तलब दिलाइदिने तथा दुर्घटनामा घाइते भएकाहरुलाई अस्पताल पुर्याउने लगायतका थुप्रै काम गर्यो ।
    सन २०१० मा नेपाल फर्किएका अक्कलले २०११ मा नेपाल कोरिया सांस्कृतिक आदानप्रदान संघ (नेकोस) को स्थापना गरे । नेकोसबाट सुरुवातमा शंखपार्क सरसफाइ गरे त्यसैगरि सोहि संस्थाले ग्रीन एण्ड क्लिन सिटीको अभियान सुरु गर्यौँ उक्त अभियान हालपनि जारी रहेको छ, उनले बताए । उनि भन्छन् ‘उक्त अभियान अन्तर्गत दक्षिण कोरियाबाट स्वयंसेवक बोलाएर नयाँ पुलदेख घोरेपानी पुन हिलसम्मको ट्रेकिङ रुटमा तीन दिने सरसफाइ कार्यक्रम सञ्चालन गर्यौँ । साथै काठमाण्डौका विभिन्न स्थानमा सरसफाइ गरिरहेका छौँ ।’
    नेकोसले वर्षको चारपटक कोरियाबाट डाक्टर, औषधी, स्वयंसेवक ल्याएर निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गर्दै आएको छ । त्यस्तै शिक्षा क्षेत्रमा सामुदायिक तथा कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरु पढाउने तथा निजी विद्यालयमा पाँच वटा पुस्तकालय स्थापना गरेको छ । साथै आर्थिक अवस्था कमजोर भएका विभिन्न जिल्लाका २५ जना विद्यार्थीलाई छात्रवृत्ती समेत प्रदान गर्दै आइरहेको छ । छात्रवृत्ती पाएका मध्ये दुई जनाले प्लस टु उत्तीर्ण गरेको जानकारी दिँदै संस्था मार्फत छात्रवृत्ती पाएकाहरुलाई प्रत्येक तीन महिनामा महिनाको दुई हजारका दरले विद्यार्थीको बैंक खातामा पैसा पठाउने गरेको जानकारी दिए । त्यस्तै नेकोसले बालिबालिका, युवा, महिलाका लागि छट्टाछुट्टै सुमुह गठन गरी नेतृत्व विकास तालिम पनि सञ्चालन गर्दै आइरहेको छ ।
    सो संस्था मार्फत वि.स. २०७२ वैशाख १२ गते भूकम्प गएको बेला भूकम्प अतिप्रभावित जिल्लामा तत्कालिन राहत वितरण गरेको थियो । तत्कालका लागि खाद्यान्न, लत्ताकपडा वितरण गर्नुका साथै स्वास्थ्य शिविर र मनोवैज्ञानिक परामर्श समेत दिएको उनले जानकारी दिए । त्यस्तै नेकोसले भूकम्प पिडीतलाई काभ्रेपलाञ्चोकको अनाइकोटमा ३० वटा तथा सिन्धुपाल्चोकको चोकटीमा २० वटा आवास समेत निमार्ण गरिसकेकोे छ ।
    सामाजिक कार्यमा सक्रियताका साथ लागेका अक्कलले मानिसहरुमा स्वयं सेवा गर्ने भावना हराउँदै गएको महशुस गरी सन् २०१७ मा स्वयंसेवक सम्बन्धि विश्वभर फैलिएको संस्था आई.ए.भि.ई.सँग अनुबन्धित भएर कल्याणकारी स्वयंसेवक संघ नेपालको स्थापना गरेका छन् । ‘यो संस्थाको नारा नै परिवर्तनका लागि स्वयंसेवक भन्ने रहेको छ । हामीले सातै प्रदेशमा प्रदेश स्तरीय स्वयंसेवक कमिटी गठन गरिसकेका छौँ, केहि जिल्ला र नगरपालिकाहरुमा पनि स्वयंसेवक कमिटी गठन गर्ने तयारी गरिरहेका र्छौ ।’ उनले बताए ।
    उनि भन्छन् हामीले आफ्नै संस्थाबाट सिधै काम गर्न प्रदेश, जिल्ला र नगरमा कमिटी गठन गरेका हौँ । कल्याणकारी स्वयंसेवक संघले विभिन्न स्थानमा पार्क निर्माण गर्ने तयारी गरिरहेको छ । त्यस्तै सकारात्मक सोचको विकास गर्नका लागि माइन्ड एजुकेशनको कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ भने विभिन्न देशका स्वयंसेवकको नेतृत्व भेला पनि गर्दै आएको छ ।
    सामाजिक सेवामा लागेका अक्कल समाज सेवामा लागे वापत विभिन्न पुरस्कारहरुबाट सम्मानित पनि भएका छन् । सामाजिक अभियान्ता अक्कल जर्मनीमा सन् २०१५ मा ‘पाथ टु सक्सेस’, २०१६ मा अमेरिकामा ‘टेरियन अवार्ड’ तथा २०१६ मा नै दक्षिण कोरियामा ‘भोलेन्टियर अफ दि अवार्ड २०१६’ बाट पुरस्कृत भएका छन् । साथै उनी संविधान दिवसको अवसरमा वितरण गरिने ‘समाजसेवा रत्न पदक’ मा समेत परेका छन् ।
    सानोमा खेलप्रति खासै रुची नराख्ने अक्कल विद्यालय तेक्वान्दो महासंघका कोषाध्यक्ष्य तथा नेपाल मार्सल आर्ट हाप्किदो संघका सल्लाहकार पनि हुन् । हाल उनी मार्सल आर्ट खेलको विकासमा पनि लागिपरेका छन् ।
    सामाजिक काम गर्ने व्यक्तिले समाज सेवालाई नै आफ्नो पेशा बनाउन नहुने उनको भनाइ छ । सामाजिक अभियान्ताले आफ्नो छुट्टै व्यवसाय गर्नुपर्दछ भन्ने सोच राख्ने अक्कल ट्रेकिङ सम्बन्धि काम गर्ने संस्था ‘नेकोस ट्रेक्स एण्ड एक्सपिटेशन कम्पनी’ तथा ‘पब्लिक मार्ट प्रा.लि’ सञ्चालन गर्दै आइरहेका छन् । व्यवसाय तथा सामाजिक कामलाई निरन्तरता दिने योजनामा रहेका अक्कल बहादुर तामाङ भन्छन् ‘समाजसेवामा केहि दिनका लागि लाग्ने हो, लिनका लागि होइन् ।
    समाज परिवर्तन भएन भनेर अरुलाई दोषी बनाउनुको साटो परिवर्तनको सुरुवात यसरी अक्कल बहादुरले झैं सबैले गर्ने हो भने नेपालको भविष्य हामीले सोचको भन्दापनि समुन्नत् हुनेथियो । समाजलाई शिक्षा, स्वाथ्य, रोजगारी र निःशुल्क स्वयंसेवामार्फत कार्य गर्न प्रेरणा दिनुहुने अक्कल बहादुर तामाङको काम साच्चै प्रशंसायोग्य र सम्मानजनक छ । आगामी दिनहरुमा अझ तपाईको कार्यले निरन्तरता पाउँदै जाउन हार्दिक शुभकामना ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु