• वार्ता राष्ट्र पिता सग( कविता)शम्भु गजुरेल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार ०९:०८

    फागुन ३०,काठमाडौं

    चित्लाङ्ग गढि
    रमणीय कैलास शिखर,
    असीमित बनबुटी को महक,
    थाप्लोमा चन्द्रागिरी ,
    त्यही चन्द्रागिरि को
    भव्य व्यापार शालाको पर्खाल बाहिर,
    कालो दौरा सुरुवाल,
    कम्मरमा खुकुरी भिरेका,
    टमक्क जुँगा पालेका
    आकृती देखें!
    झसक्क झस्किए म,
    तर चोर औला ठड्याउने बानी परेको
    बारम्बार मेरा देश,
    मेरा प्रजा , बर्बराएको सुन्दा!
    मैले लख काटे,
    नेपाल जनक भनेर!
    राष्ट्र पिता को आत्मा देख्दा,
    आत्मिक दण्डवत गरे,
    पृथ्वी लाई हृदय भावले
    झुकेर चरणकमलमा।

    प्रश्नका अविरल प्रवाह गरे पृथ्वी ले,
    मेरो कान्तिपुर कता छ?
    खोइ त मनहरा नगदेश,
    गौचरनमा गाई देख्दिन
    असन मरु धरहरा पाउदीन!
    कलकलाउदी बागमती कता गैछन!
    स्वयम्भू को शान्ती पुकार सुनिएन
    पशुपती मा घण्टा सुनसान छ,
    सिहदरबार भित्र स्याल को बथान देख्छु
    नारायणहिटी उराठलाग्दो देख्छु!
    न्यातपोल कता लुकेको छ?
    मेरा बडा दुखले आर्ज्याका मुलुक
    आज पाउन सकिन किन?

    माहुरी को गोलो ले घेरेझै
    प्रश्न हरुको चक्रपातमा घेरियो मेरो मष्तक!
    बिन्ती बिसाए नम्र वचन ले,
    चन्द्रागिरी बेचिएको छ,
    पर्खाल बाहिर लुकेर अभिनु पर्छ!
    नत्र मुलुक लाई हैन बनिया लाई,
    कुत बुझाउनु पर्छ।
    ताल तलाउ अनि चोक हरु
    कव्ज्याइएका छन!
    मठ मन्दिर मासेर
    कमल पोखरी हरु नासेर,
    गगनचुम्बी महल ठडिएका छन,
    तिनै छाया महल को ओझेलमा
    कठाङ्ग्रीएर काम्दै छ असन इन्द्रचोक!
    स्वयम्भू आफै आक्रान्त छन,
    स्वघोषित गुरुहरुको अतिक्रमण ले!
    पित बस्त्र मा पित धातुको व्यापार
    चम्काउने कप्टिको कारण ले।

    गौचरनमा
    बिहान जिउदा जवान हरु बेचिन्छ,
    खादा र मालाको भारी बेचिन्छ,
    दिनहु साझ आफन्तको लास बेचिन्छ!
    मनहरा बलात्कृत भएर थला परेकी छिन,
    सामुहिक दुराचार ले,
    गर्भासय जिर्ण छ,
    डिम्बासय मा डिम्ब निस्किदैन,
    तेसैले उर्वर मनहरा
    स्वर्णको मातमा मातेका
    धन पिपासु कि रखौटि बनाइएकी छिन!
    नेपाल पाल्ने मनहरा बगर पारिएकी छिन।

    पृथ्वी !
    तिम्रा सन्तान ले नारायणहिटी लाई चिथोरे
    हरेक खटिप्वाल मा मान्छेका नलिहाड सिउरे,
    बगैँचा का फुल का फेदमा रक्त सिंचन गरे
    दरबारको गुम्बज को आश्थामा टिकेको
    नेपाली हरुको समर्पण लाई,
    रक्तकुण्डमा पौडी खेल्ने सनक ले,
    चक्नाचुर पारिदियो!
    अहिले केवल चमेराहरु अनि
    कल्पित बोक्सिहरुको
    नाच नाच्ने दोबाटोको
    एक्ले बरको फेद भएको छ!
    सुनसान डरलाग्दो ।

    सिह दरबार मा धेरै भयो सिह छैनन
    कहिले व्वासा को रजाइ हुन्छ,
    कहिले गिद्द हरु मात्र देखिन्छन,
    स्याल भान्छे लाग्न थालेको धेरै भयो!
    बादर हरुको त हालीमुहाली छ,
    बागमती लाई अलप बनाउने हरु त्यही छन!
    तिम्रा सुस्ता र लिपु लेक हरु
    बक्सिस चढाउने हरु,
    बनारसी धोती फालेर
    केहिपल ढाकाटोपी लाउने कप्टी हरु
    अनि मधेस छुट्टै देश भन्नेहरु
    त्यही बस्छन!
    प्रजा अघाडी जुधेको नाटक मन्चन गर्छन
    रात्री भोजमा सबै मिलि
    जन्मभूमि को रक्त पान गर्छन।

    पशुपती का नन्दी को आखामा
    सुनको लगाम लगाइएको छ,
    शिव लिङ्गमा चढाउने भेटी मात्र गन्छन!
    माहादेव नम्बरी नोट चढाउनेको चक्रमा छन
    जडिबुटी को भाङ्ग छोडेर
    व्यापारी को भाङ्गमा लट्ठ छन,
    पार्वती बिरक्त भएर मक्का र मदिना बेचिदै छिन
    यरुसेलम को चौघेरामा पदारिदै छिन!
    सिथिल र जर्जर बनेर!
    आर्तना र चीत्कार दबाएर
    आफ्नै छाती भित्र ।

    शम्भु गजुरेल अज्ञानी
    बेलकोटगढी ९
    नलगाउ
    नुवाकोट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु