• राजपुर नगरपालिकाको सम्पुर्ण कच्ची बाटो पिच बनाएर छाडछु. नगर प्रमुख मो.सकील अख्तर

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार १३:४३

    मो.मोजिबुलाह रौतहट २,बैशाख

    रौतहटको राजपुर नगरपालिकका मेयर मो .सकिल अख्तरले आफ्नो नगरपालिकालाई बिकासको नमुना नगरपालिका बनाउने बताएका छन ।सोमबार पिप्रा भगवान चोक देखि पिप्रा गाउ सम्म निर्माण हुने १५० मिटर लामो पिच सडकको शिलान्यास गर्दै मेयर सकिलले आफ्नो कार्यकालमा नगरपालिकाको सम्पुर्ण कच्ची बाटो पिच गराउने प्रतिबधता जाहेर गरेका हुन ।चुनाब लडेको बेला आफुले जनतालाइ दिएको वचन अनुसार नगरको प्रत्येक कच्ची बाटो पिच गर्न अहोरात्र खटिरहेको बताए ।मेयर सकिलले केही दिन मै बैरिया देखि पानी टन्की जाने बाटो शिलान्यास भइ निर्माण कार्य अघि बढ्ने जानकारी समेत दिए।मेयर सकिलले भन्नेले जे सुकै भनोस म जनताको मर्म र मागलाइ सुनी जनताको सेवाको लागि दिन रात एक गरि खटेको र खटिरहने प्रतिबदता समेत जाहेर गरे।कार्यक्रममा सोही वडा न १ को अध्यक्ष शेख अमिरुलाहले पनि वडा र नगरको बिकास नै आफ्नो मुख्य एजेन्डा रहेको बताए।अमिरुलाहले जनता कै आशीर्वादले आफू अध्यक्ष बनेकोले उहाँहरुको निर्देशन मान्दै बिकासको गति तेज गरेको बताए ।कार्यक्रममा स्थानीय समाजसेवि लालबाबु जयसवाल ,राजपुर नगरपालिकाका नायब सुब्बा बैजु ठाकुर ,जनस्वास्थ्य अधिकृत मो .कहफुल,कमप्युटर अपरेटर हरेन्द्र साह सहित सयकडौ बुधिजिबी ,भद्रभलादमीको उपस्थित रहेको थियो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु