• गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्वउपाध्यक्ष सागर नेपाललाई मातृशोक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलवार १७:५८

    काठमाडौं, ३ वैशाख । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्वउपाध्यक्ष सागर नेपाललाई मातृशोक परेको छ । नेपालकी आमा इन्द्रकुमारी नेपालको मंगलबार विहान ६९ वर्षको उमेरमा निधन भएको हो ।

    कतारका पुराना व्यवसायी तथा सामाजिक अगुवा समेत रहेका सागर नेपालकी आमा इन्द्रकुमारी नेपाल पछिल्लो समय अस्वस्थ रहनुभएको थियो । उहाँको काठमाडौ कलंकीमा अवस्थित निवासमै निधन भएको हो ।

    स्व. इन्द्रकुमारी नेपालको आजै पशुपती आर्यघाटमा अन्तेष्टि गरिएको छ । स्व. इन्द्रकुमारीलाई सागरका दाईले दागबत्ती दिएका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु