• शिक्षालय निजी वा सार्वजनिक हुनसक्छन् तर, शिक्षा निजी हुँदैन्: ऋतुराज सापकोटा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार १९:४६

    काठमाडौं, ४ बैशाख । राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठनका अध्यक्ष ऋतुराज सापकोटाले विद्यालय भर्ना अभियान लामो समयदेखि चल्दै आएपनि अहिलेसम्म प्रभावकारी बनाउन नसकिएको आरोप लगाएका छन् । विद्यालय भर्ना भएकाहरुलाई टिकाउनको लागि पनि अभियान चलाउनुपर्ने उनको तर्क छ ।

    बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै सापकोटाले शिक्षालाई खण्डीकरण गर्न नहुने धारणा राखेका छन् । उनले भने,‘शिक्षालय निजी वा सार्वजनिक हुनसक्छन् । तर, शिक्षा निजी हुँदैन् । त्यसैले शिक्षालाई खण्डीकरण नगरौं ।’ शिक्षाको सिकाई उपलब्धिमूलक छ कि छैन् ? भन्नेतर्फ आजको बहस हुनुपर्नेपनि उनले जोड दिए ।
    आफूहरुले मनोमानी शुल्क नलिएको पनि उनको दाबी छ । सापकोटाले स्थानीय निकायले तोकेको मापदण्डभित्र रहेर भर्ना शुल्क लिइएको दावी गरेका हुन् । वैज्ञानिक ढंगले निर्धारण गरिएको शुल्कलाई लागु गरिएको सापकोटाले बताए । नियमअनुसार १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति पनि हरेक विद्यालयले दिएको सापकोटाले बताए ।

    विद्यालय शुल्कको वैज्ञानिक आधार तय गर्नुपर्ने उनको जोड छ । उनले भने,‘शुल्क प्रस्ताव गर्दा एकरुपता कायम गर्नुपर्छ । राज्य संयन्त्र सजग हुनुपर्छ । विद्यालयले विभिन्न शीर्षमा उठाएका रकमहरु खर्च गर्न सकेका छन् कि छैनन् भन्नेबारे पनि अनुगमन गर्नुपर्छ ।’’

    त्यस्तै, उनले शैक्षिक क्यालेण्डरपनि अव्यवहारिक भएको गुनासो पोखे । उनले भने,‘बैशाखमा भर्ना गर्ने अभियानले विद्यार्थीहरुलाई लामो समय बाहिर राख्छ । त्यसैले पहिल्यैकै अभियान ठिक थियो ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु