समाजवादी अर्थ व्यवस्थाको आधार नमूना गाउँ कार्यक्रम (शिव अधिकारी)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ बैशाख १० गते, मंगलवार २२:२०

प्रारम्भ
परिवर्तनको कुरा गरिरहँदा त्यो परिवर्तन के हो भन्ने यथार्थमा सवैले थाहा पाउने भनेको आर्थिक कारोवार नै हो । अर्थ दर्शन शास्त्रको प्रयोग भूमि हो । अर्थ विनाको दर्शन र दर्शन विनाको अर्थ कतै पनि अस्तित्वमा रहदैन । यद्यपी आर्थिक कारोवारलाई अग्रसरता दिने काममा अगूवाई भने दर्शनले नै गर्दछ । किनभने दर्शन मानवीय संबेदनाको गम्भिर चरणवाट उत्पन्न हुने विचार हो भने त्यो विचारको प्रयोगशाला भनेको अर्थिक कारोवारको व्यवहारिकता नै हो ।

दर्शन समाजलाई अग्रसर गराउने आधार हो र यसैको सेरोफेरोमा समाज चलिरहेको हुन्छ । वास्तवमा केही कुरा गर्दा बौद्धिक भनाउदो समाजमा यो दार्शनिक विचार भन्ने हठात गफ गर्न शुरुभैहाल्छ । यद्यपी सोचनीय पक्षलाई केलाउँदै जाने हो भने हरेक व्यक्ति दार्शनिक हो र उनिहरुको प्रत्येक कदमलाई अग्रसर गराउन दर्शनले नै काम गरिरहेको हुन्छ । जन्मनु, हुर्कनु, विभिन्न कार्यक्रममा सहभागि हुनु, अनि विश्रान्तिको मोडसम्म पुग्नु सवै दर्शनको आर्थिक कारोवारसंग संवन्धित खेल हो । यसर्थ दर्शनलाई पनि विभिन्न भागमा बाडेर सोही अनुसारको साशन व्यवस्थाको चर्चाको साथ संप्रभु एवं संम्बृद्धिको श्रृंखला समेत कोर्ने शास्त्र भन्न सकिन्छ ।

दर्शन
दर्शन मनविय संम्वेदनायुक्त विचार हो । यो सकारात्मक र नकारात्मक दुवै हुनसक्छ । यद्यपी समाजलाई अग्रसरता दिने बाटो बनाउन वनेको सोच नै दर्शन हो भने विगार्ने सोच पनि त वनिरहेको पाईन्छ । कसैको सम्पत्ति हडप्ने, चोरी गर्ने, हत्या गर्ने यि नकारात्मक पक्षलाई पनि दर्शनले पछ्याएको हुन्छ । तर यो कुरालाई दार्शनीकहरुले मान्यता नदिने र व्याख्या समेत गरिएको पाईएको छैन । यसैले दर्शन समाज परिचालन गर्ने प्रमुख आधार हो । जस्को लागि आज विश्व मानव समूदाय एकाग्रतामा नसमेटीयर पूर्वीय र पश्चिमा भन्दै विभाजित भएको पाईएको छ ।

पूर्विय दर्शन
यो दर्शन आदिम सभ्यताले केलाएर विकसित गरेको दर्शन हो । यसले खास गरेर मानवीय पक्ष वा प्राणी पक्षलाई सर्वाधिक शक्तिमान इश्वरीय तख्तावाट संचालन भएको आधारमा व्याख्या गरिएको पाईन्छ । जहा ज्ञान, भक्ति र वैराज्ञको कुरा अगाडी आउँछ । यो सोचले खास गरेर प्रारब्धको भरपर्ने जीवनशैलीको शुरुआत भएको हो । यो विचार भक्ति र आराधनाको बरदान वनेर जीवन चल्छ भन्ने कुराले प्राथमिकता पायो । यसले आफ्नो मेहनत र दर्शनले दिएको मार्गमा टेकेर अनुसाशित भएमात्र जीवन चल्छ भन्ने कुराको फ्यूजन त्यहाँ हुन सकेन । जस्को कारण पूर्वीय दर्शन आदिम दर्शन भएपनि यसमा कमि कमजोरीहारु देखा परे । बास्तवमा आदिम दर्शन व्यवहारिक दर्शन थियो । यसले समाजलाई कृयाशील बनाउने प्रसस्त आधार तयार गरेको भएपनि पछिका पुस्ताले भक्तिभावबाट मात्र मुक्ति पाईन्छ भन्ने कुराले व्यापकता पाएपछि पूर्विय दर्शनको धरातल कमजोर भएको हो । यद्यपी पूर्वीय दर्शन जतिको व्यवहारिक अरु दर्शन पाउन गारो छ । किनभने यसैको आधारमा पश्चिमा दर्शन पनि विकास भएको भन्ने विश्लेषकहरुको भनाईमा पनि गम्भिर हुनु आवश्यक छ ।

पश्चिमा दर्शनको पूर्वीय दर्शनसंगको तुलना
पश्चिमा दर्शन पूर्वीय दर्शनको व्यवहारिक पक्ष मात्र भने पनि पुग्छ । यसो भनिरहँदा दर्शन शात्रको ज्ञान विनाको विश्लेषण गरिएको भन्ने आरोप पनि लाग्न सक्छ । यद्यपी पश्चिमा दर्शनले मानव समाजको उत्पति र राज्य प्रणाली सम्वन्धि विश्लेषणात्मक व्याख्या गर्न भ्याएको छ । सनातन परम्परागत व्यवहारमा रहेको साम्यवादको स्वरप पूर्वीय दर्शनमा प्रभावित छ । कार्लमाक्र्सले समेत समानताको पक्षपाती वनेर आफ्नो दर्शन दिएका छन । यसर्थ पश्चिमा दर्शन एकपक्षीय दर्शन हो भने पूर्वीय दर्शन समग्र मानवीय जगतको संरक्षण र विकासको परिकल्पनाको साथै सम्पूर्ण प्राणीको हित एवं प्राकृतिक श्रोत परिचालनको आधार स्पष्ट उल्लेख भएको दर्शन हो । यसर्थ परिस्कार समाजको परिकल्पना वास्तवमा पूर्वीय दर्शनले नै गरेको छ । आखिर यसैको व्यवहारिक पक्षलाई लिएर पश्चिमा दर्शन बन्यो र व्यवहारमा ल्याईयो फलस्वरुप पश्चिामाहरु पूर्वीया भन्दा सम्पन्न सभ्य र धनवान देखिएको मात्र हो ।

विकास कार्यक्रमा दर्शनको प्रभाव
दर्शन बास्तवमा विचार प्रक्षेपण गर्ने आधार हो । विचार पछि मात्र कुनै पनि कामको थालनी हुन सक्छ । यसैले कुनै पनि कामको शुरुआत विचारवाट प्रभावित हुने हु्ँदा विचारनै दार्शनीकबाटो वनिसके पछि विकास कार्यक्रमको शुरुआत भएको भन्न सकिन्छ । विचारवाट दर्शन बन्ने नै भयो । यो दर्शन विचार प्रभावित भैरहदा कुनै विकास कार्यक्रमको श्रोत बनेर समाजलाई सकृय राख्ने दर्विलो आधार वनिरहेको हुन्छ । यसैले कुनै काम गर्नुभन्दा पहिले विचार बन्छ, विचार पछि काम शुरु हुन्छ, काम पछि तुलना गरेर त्यो कामको परीक्षण हुन्छ, त्यसपछि प्रमाणित भैसकेको कामको स्तरियताको मापन गरिन्छ भने अन्तिम चरणमा त्यो कामले दिएको उपलब्धीको सामाजिकरण गरिन्छ । वास्तवमा यो चरण भनेको बजारिकरणको खुला अवस्था हो । यसर्थ जुनसुकै काम गर्नको लागि दर्शनको प्रभाव रहने भएकोले दर्शनलाई माक्र्सले व्यवहारिक रुपमा व्याख्या गरे भने लेनिन र माओले आफ्नो भूमिमा यसको प्रयोगबाट सफलता हात परेका थिए ।
बिकास उत्कृष्ठ दार्शनिक व्यवहारिकताको प्रतिफल हो । दर्शन भने विचारकै विशेष आधार लिएर वनेको व्यवहार हो । यसैको सेरो फेरो हुँदै विकास तथा सामाजिक सम्बृद्धिको कार्यक्रम संचालन भैरहेको हुुन्छ । दर्शन विना विकास संभव छैन । किनभने माक्र्सले बैज्ञानिक समाजवादको विश्लेषण र व्याख्या गरे र त्यसैको प्रयोगले रुसी क्रान्ति सम्पन्न भयो । त्यहाँ क्रान्तिमात्र भएन विकासको चरम अवस्थामा पुगेर चन्द्रमामा मान्छे हिडाउन सक्ने ताकत वन्यो । चिन माक्र्सवादको प्रयोगवाट विसौ सताब्दीको दोश्रो दशकसम्म रहेको गरिविको खाडल पुरेर अहिले सर्वशक्तिमान राष्ट्र बन्न सफल भएको छ ।

रुसमा योजनावद्ध आर्थिक विकासको चरण पनि दर्शनकै प्रभाविलो बाटोवाट शुरु भएको हो । योजना अनुरुप शुरु गरिएको विकासको प्रभाव अमेरिका युरोप लगायतका देशहरुले समेत अवलम्वन गरेपछिको अवस्थाले त्यस्ता देशहरुलाई समेत समाजवादी आर्थिक प्रणालीको फ्यूजनवाट नै विकसित स्तरमा पु¥याउन सकेको हो । फरक यतिमात्र हो की पश्चिमाहरुले पूँजि र श्रोतको प्रयोगमा बढि केन्द्रीत भएर विकास कार्यक्रलाई अगाडी बढाए भने सामाजिक संक्रमणमा रहेका मुलुकले समानताको खोजि गर्दा गर्दै हराउन पुगेको कारणले पछि परेको हो ।

अव अलमलमा परेर समय खेर फाल्ने अवस्था छैन । छिटो गरेर सहज र सरल आर्थिक योजना तयार गर्ने र जनहसभागिताको आधारमा देशको आर्थिक विकासमा लागि हाल्नु पर्ने वेला आईसकेको छ । नेपालमा भएको परिवर्तन र राजनीतिक सशक्तिकरणले नयाँ आशाको संचारण गरेको छ । दलहरु एकिकरणको अवस्थामा देखा परेका छन् । देशमा धेरै दलले दलदलमा फसाउने काम वाहेक केही नयाँ कुरा दिन नसकेको यो अवस्थामा यो एकिकरणले नयाँ युगको शुरुआतको संकेत गरेको छ । अहिले नेपाल कम्युनिष्ट पार्टी बनिरहेको अवस्थामा यसै पार्टीले नेतृत्व गरेको सरकारको सवल धरातलवाट देशको आर्थिक सम्बृद्धि संभव हुन्छ भन्ने अपेक्षा जनताको हो । यद्यपी शुरुको कार्यक्रमगत आधार त्यति शुखद भएन । जस्को कारण विभिन्न क्षेत्रबाट आर्थिक दुरावस्थाको आमन्त्रण भएको आरोप यो सरकारलाई लागेको पनि छ ।

मन्त्रालयहरुले गरेका काम कारवाही जनमैत्री वन्न नसक्नु, संस्थानहरुको गतिविधि सुदृढ नहुनु, युवा वेरोजगारीको अवस्था निराकरणको पहल नदेखिनु, सामाजिक सुरक्षाको विबिध चरणमा रहेका कर्यक्रमलाई सवल बनाउने प्रयाशमा संकुचन आउनु, देशभर आपराधिक गतिविधि बढ्दै जानु, प्रदेश सरकारले विकास कार्यक्रम भन्दा पनि स्वसाशनको लागि निहु खोजिरहनु जस्ता अनेकौ अप्ठ्याराहरु यो सरकारले वेहोरिरहेको छ ।

केही समय यता देखि विउँतिन खोजिरहेको नेपाल बायुसेवा निगमको वाइड बढी खरिदलाई काण्ड बनाईएको छ । सायद यसमा तेत्रो घोटाला गर्ने काम कस्ले गरेको हो । यसको छानविन यथा सिघ्र हुनुपर्छ । यतिमात्र नभएर सामाजिक अपराध बढ्दो छ । निर्मला हत्याकाण्डले निकै पिरोलेको छ । यसलाई समाधान गर्न बास्तविक अपराधि किन अगाडी ल्याउन सकिएन । यसैको कारण बनेर विपक्षीदल र विद्रोहमा उत्रेको नेकपा माओवादी विप्लव समूहले देशव्यापी आन्दोलनको घोषणा गरिरहेको छ । यसर्थ समस्यालाई थोपरेर होईन त्यसको निराकरणवाट अगाडी बढ्ने बाटो वनाउन सरकार तयार रहनुपर्छ । सवैको एकतावद्ध समर्पणवाट एकपटक देशलाई उठाउन प्रयाश गरौँ भन्ने आग्रह सरकारको हुनुपर्छ र सरकार निस्पक्ष र इमान्दार चरित्रगत आधारमा नयाँ धार समातेर संचालित हुनुपर्छ भन्ने जनताको अपेक्षा छ ।

आर्थिक विकासको नयाँ स्वरुप
विश्व समूदायमा चर्को वहसको विषय वनिरहेको विकास नै हो । तर यो विकास के हो र कसरी हुन्छ भन्ने कुरा भने सधै खोजको विषयमात्र बनिरहेको पाइन्छ । हुनपनि मानव उत्पति भएको ५ लाख बर्षको कुरा पढ्न पाईन्छ भने उत्पतिमा जस्तो विकासको कुरा गरिन्थ्यो त्यो कुरा अहिले परिस्कृत भएर परिवर्तनको चरणमा उक्लिसको छ । यसर्थ अहिलेको विकास कार्यक्रम निक्कै सोचनीय अवस्थामा गुज्रिरहेको छ । हालै विश्वमा देखा परेका विकास कार्यक्रममा पाँच दशक पूर्वको दक्षिण कोरियामा पार्कचुंहीले नेतृत्व गर्दा रहेको गरिवि उनकै अथक प्रयाशवाट बनेको जगमा उठेर अहिले विश्वकै १३ रौ धनि देशमा उभिन पुगेको छ । त्यस्तै सिंगापुर लि क्वान यु को नेतृत्वले सुन्दर र संम्बृद्ध देश वन्न सक्यो भने महाथिरको नेतृत्वमा मलेशियाले अर्थिक रुपमा कायापलट गर्न सकेकै हो । त्यस्तै अहिलेको जाज्वल्यमान अवस्थामा उभिएको चीनले संसारलाई नै तरंगित गर्ने गरि विकासका अनौठा चरणहरु पर गर्दै अगाडी बढिरहेको छ । यसको लागि माओले राखेको जगमा, देङ्को सुधारात्मक प्रणाली र हाल शिजिनपिङ् विचारले चिनलाई आर्थिक सामाजिक रुपमा माथि उठाउन ठूलो भूमिका खेलेको छ ।

शिको नेतृत्वमा भएको वेल्ट एण्ड रोडको सोचले संसारलाई सहज पहुचमा पु¥याएको छ भने नेपाल पनि त्यसकै सहयात्री वनेर आफ्नो आर्थिक विकास कार्यक्रमलाई सुदृढ बनाउन सकिने अपेक्षाकृत सहकार्यमा जुटिरहेको छ । शिले यतिमात्र नभएर उर्जाको संजाल बनाउने व्यापारिक क्षेत्रको विकास गरेर उत्पादनलाई विश्व बजारमा पु¥याउने चमत्कारिक कार्यक्रमले चिन अव सवैलाई उछिनेर पहिलो आर्थिक सम्बृद्धि हासिल गर्ने देशको रुपमा उभिन अव धेरै समय पर्खिरहनु पर्दैन ।

विकासका नमूनाहरु धेरै हुन सक्छन् अध्ययन पनि भैरहेका विषय वनेका छन् यि सवै । यद्यपीय नमूना हेरेर हुदैन त्यस्ता नमूनाको प्रयोगात्मक पक्ष भने विचारणीय हुन्छ । यसै परिप्रेक्षमा नेपालले लामो समयदेखि लादिएर रहेको सामन्ति अर्थ व्यवस्थालाई पूँजि प्रवर्धनको नयाँ युगमा प्रवेश गराउँदै समाजवाद तर्फ उन्मुख हुन नयाँ सोचका साथ काम गर्नु पर्ने वेला आई सकेको छ । आर्थिक संम्बृद्धि र शुखि नेपाली भनेर मात्र हुँदैन । सवैलाई स्वदेशमै काम गर्ने दर्विलो आधार वनाएर अगाडी बढ्ने नयाँ र सहभागितात्मक कार्यक्रम आजको आवश्यकता भैसको छ । यसर्थ अवको नेपाललाई पहिचान दिने र तराई पहाड र हिमाललाई सहज तरिकाले जोडेर आर्थिक सम्बृद्धिको ढोका खोल्ने कार्यक्रम भनेको नमूना गाउँ विकास कार्यक्रम नै हुन पुग्छ । यो कार्यक्रमलाई सवलतापूर्वक सरकारले देशभर लागू गरेर गाउँ गाउँलाई प्रतिस्पर्धा गराउन सके देश बनाउन केही बर्षमात्र पर्खे पुग्छ ।

नमूना गाउँ विकास कार्यक्रम

यो कार्यक्रम नेपालको लागि मात्र नभएर विश्व समूदायमा समेत प्रभाविलो कार्यक्रम हुन सक्छ । वास्तवमा यो कार्यक्रम विद्यमान श्रोत र साधनको परिचालनमा विशेष कार्यक्रम सहित देश भर संचालन गर्नुपर्छ । यसरी कार्यक्रम संचालन गर्दा श्रोत र साधनलाई हामीले निम्न अनुसार अष्ट ज भनेर व्याख्या गर्ने गरेका पनि छौँ ।

१. अष्ट ज
जल, जमिन, जंगल, जडिवुटी, जराजुरी, जलवायु, जनावर र जनशक्ति सवै हाम्रा श्रोत र साधन नै हुन् । वास्तवमा यो व्याख्यावाट विश्वभरका साधन श्रोत परिभाषित हुन्छन् । यसर्थ नमूना गाउँलाई यसरी परिभाषित श्रोत साधनको पहिचान गर्ने प्रयोग गर्ने र तिनको संरक्षण गर्नेवाटोवाट व्यवस्थापन गनुपर्छ । यसो गर्नको लागि अष्ट ज मा रहेको जनशक्तिलाई दर्विलो र शिपयुक्त एवं अनुसाशित बनाउनु जरुरी छ । वास्तवमा जनशक्तिलाई अनुसाशित बनाउन बुद्धको अष्टमार्ग ज्यादै उपयोगि साधन हो र यसको प्रयोग हरेक नमूना गाउँको आधारस्तरसम्म पुग्नु र सवैलाई सशिक्षित गराउनु जरुरी भैसकेको छ ।

२. अष्टमार्ग
हामीले विश्वभर तरङ्गित पार्ने गरि विश्व शान्ति र प्राणी जगतको हितको लागि जीवन समर्पण गर्ने नेपालकै माटोमा जन्मेका बुद्धको शिक्षा लिनु र त्यसको अभ्यास गर्नु जरुरी भैसकेको छ । यो शिक्षा अष्टमार्गमा आधारित हो र यसका सान्दर्भिक पक्ष भनेका सही दृष्टि, सहि विचार, सहि भनाई, सहि काम, सहि बसाई, सहि प्रयाश, सहि मनोवेग, र सहि समाधिष्ठ हुन् । अव हरेका गाउँका युवा देखि बृद्ध बृद्धासम्म यो शिक्षालाई अभ्यास गराउन सके समाज अनुसाशित हुने र विद्यमान श्रोतको सही परिचालन गरेर आय आर्जन गर्नुका साथै सम्बृद्धिका चरम अवस्थामा पुग्ने मात्र नभै विश्व वातावरणीय दुरावस्थाको समाधानको नेतृत्व पनि नेपाललेनै गर्न सक्छ ।
नया संरचनामा गाउँ, प्रदेश र केन्द्र तीन तहको सरकार छ । संघीयताको नयाँ अभ्यास भैरहेको छ । आर्थिक विकासको चरणमा प्रवेश गर्दाको अवको वाटो भनेको नमूना गाउँ वाहेक अर्को हुन्छ पनि होला । तर यो उपयुक्त विकल्प हो । यसैलाई समातेर गाउँ गाउँमा प्रतिस्पर्धा गराउन सकेमात्र देशको अवस्था सुदृढ हुन सक्छ ।

समाजवादी अर्थ व्यवस्था राज्य केन्द्रीत समाजिक अर्थ व्यवस्था हो । सार्वजनिक स्वामित्व, मुनाफाको समान वितरण, जमिन तथा राज्यको साधन र श्रोतको सामूहिक व्यवस्थापन, उत्पादनसाधन र श्रमको व्यवस्थित सम्वन्धको विकास जस्ता कुराले नै समाजवादी अर्थतन्त्रको दर्विलो अधार तयार गरिरहेको हुन्छ । यसको लागि निम्न अनुसारको नमूना चित्रले सवै कुरा स्पष्ट पार्न खोजेको छ । जस्मा श्रोत र साधन व्यवस्थापन, उद्यमशीलता विकास, तराई विशेष सामाजिक सुरक्षा तथा विकास कार्यक्रम, पूननिर्माण तथा पूर्वाधार विकास बैंक, गाउँ सहर विकास तथा सामाजिक सुरक्षा शिक्षा कार्यक्रम, सहकारी संरचनाको प्रभावकारी प्रयोग, निजी क्षेत्र प्रोत्साहन तथा व्यवसायिकरण, बैदेशिक निकाय सरकार तथा कुटनीतिक नियोगसंगको समन्वय, कृषि उत्पादन बजार तथा आपूर्ति केन्द्र स्थापना एवं बजार व्यवस्थापन आदि क्षेत्रहरुको व्यवस्थित परिचालन गर्नुपर्ने हुन्छ । यसरी परिचालन हुने क्षेत्रहरुलाई निम्न अनुसारको नमूना चित्रमा प्रस्तुत पनि गरिएको छ ।

अवको आर्थिक विकासको कार्यलाई सरकारले सुझबुझकासाथ अगाडी बढाउनु पर्छ । श्रोत र साधनको दुरुपयोग हुन दिनु हुँदैन, उर्वर जमिनलाई कुनै पनि अवस्थामा नोक्सानी हुन नदिने र सामूहिक कृषि उत्पादन प्रणालीको विकास गर्नुपर्छ । जनताको आय आर्जनको अवस्था सुदृढ बनाउन उच्चमूल्य आर्जन गर्ने खालका कृषि उत्पादनको विकास गर्नु पर्छ । व्यवस्थित कृषि संजालको संरचना तयार गरि देश भर कृषि पर्यटनको विकास गर्न अग्र्यानिक कृषि उत्पादनलाई व्यापकता दिएर आगामी पाँच बर्षमा नेपाललाई अग्र्यानिक उत्पादन केन्द्र बनाउनु पर्छ
जडिबुटि उत्पादन, संकलन र प्रसोधनको उचित व्यवस्थापनवाट आय आर्जन गर्ने, बन जंगलको व्यवस्थापन गर्ने र हरियो मरुभूमि होइन, हरियो उत्पादन क्षेत्रको विकास गरि बन जंगलवाट प्रसस्त आम्दानी लिने, जलश्रोतलाई उचित व्यवस्थापन गरि प्रत्येक डाडाकाडा समेतमा विद्युतीय संयन्त्रको माध्यमवाट प्रत्येक दिन सिंचाई गर्ने व्यवस्था मिलाउने, विद्युतीय सवारी साधन, विद्युतीय चुलो, विद्युतीय मेशिनरीको प्रयोग गरि आयातित इन्धन प्रतिस्थापन गर्ने । शैक्षिक क्षेत्रलाई निःशुल्क वनाउने, जनशक्ति विकास गर्ने क्रममा प्रत्येक गाउमा उद्यमशीलता विकास केन्द्र स्थापना गरि शीपयुक्त तालिम प्रदान गर्ने र यसरी तालिम प्राप्त जनशक्तिलाई नमूना गाउँ विकास कार्यक्रममा लगाउने, अदक्ष श्रम वाहिरी बजारमा पठाउन प्रतिवन्धित गर्ने र दक्ष एवं विशेषज्ञता हासिल गरेको जनशक्तिलाई निश्चित समयको लागि तोकेर मात्र पठाउने । हिमाली कृषिको विकास गरि उत्पादन गरिएका कृषि उपजलाइ विश्व बजारमा विक्रिगरेर आम्दानी बढाउने । यहाका शैक्षिक सस्थालाई स्तरोन्नती गरि विदेशीलाई समेत स्तरिय शिक्षा आर्जन गर्ने अवसर प्रदान गर्ने, स्वास्थ्य उपचारलाई निःशुल्क गर्ने । जस्ता विविध कार्यक्रवाट देशलाई सम्बृद्ध बनाउने प्रसस्त संभावनाहरु छन ।

अन्तमा
समाजवादी अर्थतन्त्रको विकासको कुरा गरिरहदा नेपालमा संविधनको घोषणा पछि नयाँ सरकार गठन भएपछिको आर्थिक व्यवस्थापनको चर्चा गर्नु सान्दर्भिक हुन्छ । यो सरकारका अर्थमन्त्रि समेत रहेका आर्थिक क्षेत्रमा विज्ञ डा. युवराज खतिवडाले आफू लोकपृय हुनुभन्दा पनि आर्थिक अनुसाशन कायम राख्न जोड दिएको कुरा गर्दै आएका छन । आशागरौ यो बर्ष दिन पुग्दा नपुग्दाको अवधिमा मूल्यांकण गरिहाल्नु पनि हतार होला । यद्यपी अन्तर्राष्ट्रिय स्तरमा उनले खेलेको भूमिका भने सह«ाहनीय मानिएको छ । किनभने धनि राष्ट्र आफूले गरेको गलतकामको दोष गरिव देशमा थोपर्ने कुराको उनले कडा विरोध गरिरहेका छन् । यो कुराको पुष्टि केही महिना पहिले विश्व बैंक तथा अन्तराष्ट्रिय मुद्राकोष समूहको इण्डो नेशियामा भएको बैठकमा नेपाललाई बातावरण विनासमा परेका २० राष्ट्रमा राखेर दोष थोपर्ने काम गर्नु दुःखद कुरा भएको कुरा उनले दरोसंग प्रस्तुत गरेको थिए ।

उनले यससन्दर्भमा जोड दिदै भनेका थिए नेपाल हिमाल, पहाड तथा तराईको विविध जलवायु र प्राकृतिक सम्पदाले सम्पन्न देश हो । विश्वको कुल जनसंख्याको ०.३९ प्रतिशत र जलवायु परिवर्तनको हिस्सा ०.०२७ मात्र रहेको अवस्थामा समेत नेपाललाई वातावरणीय उच्चतम जोखिममा रहेको छ भनेर प्रस्तुत गरिनु न्याय संगत भएन । यद्यपी यो जोखिम नेपाल आफ्नै नभएर औद्योगिक राष्ट्रकै कारणबाट पर्न गैरहेकोले त्यसको सोध भर्ना गरेर प्राकृतिक संपदा

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु