एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

रोट्रयाक्ट डिस्ट्रिक्ट नेपाल ३२९२ नेपाल भुटान जोन ६ को आयोजनामा तीनदिने रोटा ओलम्पिक हुदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ बैशाख १३ गते, शुक्रबार २१:१८

 

काठमाडौं, १३ बैशाख – रोट्रयाक्ट  डिस्ट्रिक्ट नेपाल ३२९२ नेपाल भुटान जोन ६ को आयोजनामा तीनदिने रोटा ओलम्पिक हुदै छ ।  उक्त प्रतियोगिता यहि   बैशाख १४, २२ र २८ गते शनिबार का दिन हुने  छ ।  रोटा ओलम्पिक अन्तर्गत  कप्पडी, २०० मिटर दौड, ४०० मिटर रिले दौड, बोरा दौड (स्याक रेस), महिलाक्रिकेट, डोरी तान्ने दौड (टग अफवार)वालक्याङ्मिङ लगायतका खेल हुनेछन् । यस्तै ब्याडमिन्टन, फिफा, चेस, स्किपिङ, बास्केटबल, टेबल टेनिसका खेलमा प्रतिस्पर्धा हुने छ  । यसैगरी ३ वटा शनिबारमा डाईस फेस, ब्याङ्न्ड ड्रोइङका खेल समेत हुने आयोजकले जनाएको छ । काठमाडौंका विभिन्न स्थानमा हुने विभिन्न किसिमका खेलहरुमा ४५० जनाले भाग लिदैछन् ।

प्रतियोगितामा भाग लिनेले प्रति खेल १०० रुपैयाँ तिर्नुपर्ने छ भने खेल बिजेता क्लबले ट्रफि पाउनेछन् । यस्तै खेलमा बिजयी हुने खेलाडीले मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । खेलमा मुलुक भरका विभिन्न जोन क्लबले भाग लिनेछन् ।बुढानीकण्ठ स्कूल, जि.ए. हल ठमेल, थिम्स इन्टरनेशनल कलेज पूरानो बानेश्वरमा हुने खेलमा रोट्रायाक्ट  क्लब बाहिरका व्यक्ति तथा अन्य संस्थाले प्रतियोगितामा भाग लिन पाउने छैनन् । यधपी उनीहरुले  प्रतियोगिताको अवलोकन गर्न भने सक्नेछन् ।

प्रत्येक वर्ष आयोजना हुँदै आएको यस प्रतियोगिता अन्तर्गत २ वर्षअघि १० वटा खेलमा ४४० जनाले भाग लिएका थिए भने १००० जनाले अवलोकन गरेका थिए । यस्तै गतवर्ष ४८० जनाले विभिन्न १० खेलमा भाग लिएका थिए भने करिब     १२०० जनाले खेलको अवलोकन गरेका थिए । गतवर्ष रोटरी  क्लब अफ कान्तिपुर, ओलिज् स्टोर स्याट्रन -नेप्ट्रोनिक्सले प्रतियोगिताको प्रायोजन गरेका थिए भने दुई वर्ष अघि रोटरी  क्लब अफ कान्तिपुर, सनराईज र पेप्सीले प्रायोजन गरि सहयोग गरेका थिए । यो वर्षको खेलका लागि साल्ट  ट्रेडिङ्, एसटिसी स्पोर्टस र ओलिज्  स्टोरले प्रायोजन सहयोग उपलब्ध गराउने जानकारी दिईएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु