एनआरएनद्धारा राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीलाई सम्मान (फोटोफिचर)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ बैशाख १३ गते, शुक्रबार २१:२२

काठमाडौं–राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको गैरआवासीय नेपाली संघ (एनआरएन)ले आठांै राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक बिजेता खेलाडीलाई भव्य स्वागत तथा सम्मान गरेको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा एनआरएनका अध्यक्ष भवन भट्टसहतिका पदाधिकारीहरुको उपस्थितिमा खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गरिएको हो । कार्यक्रममा अध्यक्ष भट्ट, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमल्सिना, एनआरएनका महासचिब बद्री केसी, युवा संयोजक सुदन थापा उपस्थित थिए ।

यसैगरी कार्यक्रममा एनआरएन मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, एनआरएन आइसिसी सदस्य मनोज गोर्खालीलगायतको उपस्थिति थियो । कार्यक्रममा सहभागी सबै खेलाडीलाई सम्मान तथा नगद बितरणसँगै टेक्निकल मेम्बरहरुलाई पनि सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो । जसमा स्वर्णपदक बिजेता खेलाडीलाई नगद १ लाख, रजत पदक बिजेतालाई ८० हजार र कास्य पदक बिजेतालाई ६० हजार, सहभागी सबै खेलाडीलाई ५० हजार र रेफ्रि तथाप्रशिक्षकहरुलाई २५ हजार नगद प्रदान गरिएको थियो ।

बुधबार सम्पन्न भएको प्रतियोगितामा एनआरएनले ६ स्वर्ण, २ रजत र ७ काश्य पदक जितेको थियो । करिब ५ हजार खेलाडीले कुल ३५ खेलमा भाग लिएको प्रतियोगिता वैशाख ५ गते उद्घाटन भएको थियो भने प्रतियोगिताका खेलहरु चैत २७ देखि सुरु भएका थिए । जसमा एनआरएनका २४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु