बैशाख १४, काठमाण्डौ । आगामी बर्ष २०२० को फेबु्रअरी ६, ७ र ८ (माघ २३,२४,२५) गते दोस्रो आन्तरीक पर्यटन मेला घोषणा गर्दै डोमेस्टीक टुरिजम मार्ट(आन्तरीक पर्यटन मेला) डिटीएम भव्यताका साथ सम्पन्न भएको छ ।
राजधानी काठमाण्डौको भृकुटीमण्डपमा गन्तव्य नेपाल गु्रप अन्र्तगत रहेको गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले आयोजना गरेको मेला हिजोबाट सुरु भई आज समापन भएको हो ।
पहिले देश अनि बिदेश भन्ने मुल नाराका साथ देश चिनाउने अभियानका रुपमा मेलालाई सर्वाधिक चासोका रुपमा हेरिएको थियो ।
सरकारले घोषणा गरेको भिजन २०२० लाई सफल बनाउनका लागि मेला आयोजना गरिएको र हजारौ अवलोकनकर्ताको सहभागिताले मेलाले सकारात्मक सन्देश दिन सफल भएको आयोजकले बताएको छ ।
मेलामा ७७ वटै जिल्लाका पर्यटकीय क्षेत्रबारे जानकारी, पर्यटन क्षेत्र सम्बद्ध जानकारीका साथै बिभिन्न कलासंस्कृतिको चिनारी प्रश्तुत गरिएको थियो ।
२ दिने मेलाको समापनपछिको कार्यक्रममा मेलामा उपस्थीत सबै ११२ मेलाका स्टलहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको छ । यसका साथै स्वयंसेवकको रुपमा खटिएका फ्लाईटेक ईन्टरनेशनल एयरहोस्टेजहरुलाई प्रमाणपत्रसहित सम्मान गरियो ।
मेला समापन कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केशीले राज्यले गर्नुपर्ने पर्यटन प्रवद्र्धनको काम निजी क्षेत्रको गन्तव्य नेपालले गरेकोमा प्रशंसा गर्दै नाम अनुसारको काम गरेकोमा धन्यबाद दिए ।
मेलाले सिंगो देशलाई एकत्रीत गर्ने काम गरेको उनले बताए ।
गन्तव्य नेपाल गु्रप तथा ईभेन्ट म्यानेजमेन्टका अध्यक्ष शिव अधिकारी अबिरल ले मेला सफल बनाउन सिंगो पर्यटन क्षेत्रको साथ सहयोग प्राप्त भएको र आमसर्वसाधारणको हजारौको उपस्थीतीले आफुले गरेको कर्म सफल भएको भन्दै सबैमा धन्यबाद प्रकट गरे । उनले पहिलो डिटीएमको सफलताले उत्साह पैदा गरेको भन्दै पर्यटन क्षेत्र चिनाउने अभियान जारी रहने र आगामी बर्ष २०२० को फेब्रुवरी ६, ७,८ गते दोस्रो डिटीएम आयोजना गरिने समेत बताए ।
डिटीएम संयोजक माधबप्रकास सुबेदीले निःश्वार्थ रुपमा पर्यटन क्षेत्रको चिनारी गराउने अभियानमा सर्बसाधरणको हजारौको उपस्थीतिले आफुलाई हौसला मिलेको भन्दै सबैलाई धन्यबाद दिए ।
मेला नेपाल भ्रमण बर्ष २०२० को लक्ष्य प्राप्त गर्न भन्दै भृकुटीमण्डपमा हिजो र आज सञ्चालन भएको थियो । जुन आज हजारौको उपस्थीतिका बिच समापन भएको छ ।