• नेपाल मार्सल आर्ट्स हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्तिमगर अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार १३:४२

    बैशाख १६, काठमाडौ
    – नेपाल मार्सल आर्ट्स हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्तिमगर अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् । जर्मनको म्युनिखमा भएको १२औँ म्युनिख हल अफ अनरमा आयोजित अवार्ड समारोहमा मार्सल आर्ट्स हाप्किडो अध्यक्ष घर्तीमगर ‘हाप्किडो मास्टर अफ दी इयर अवार्ड’ बाट सम्मानित भएका हुन् ।
    उक्त अवार्डमा नेपाल मार्सल आर्ट्स हाप्किडो संघका प्रमुख प्रशिक्षक तथा नेपाल उशु संघका कोषाध्यक्ष लानम लामा पनि इन्स्ट्रक्चर अफ द इयरद्वारा सम्मानित भएका थिए । मार्सल आर्ट्स विशिष्ट ओस्कारको रूपमा परिचित म्युनिख हल अफ अनर प्रत्येक वर्ष जर्मनीको म्युनिखमा आयोजना हुने गर्दछ । विश्वभरिको ग्रान्डमास्टर, मास्टर, एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीका साथै प्रशिक्षकहरूलाई म्युनिख हल अफ अनरबाट सम्मानित गरिँदै आएको छ ।
    त्यसका लागि ग्रान्डमास्टरहरूको छनोट समितिले गरेको सिफारिसको आधारमा अवार्डबाट सम्मान गरिने हाप्किडो संघले जनाएको छ । सम्मानित घर्तिमगर मार्सल आर्ट्स हाप्किडोका सातौं डान प्राप्त खेलाडी हुन् ।
    लानम लामाले हाप्किडोको पाचौं डान प्राप्त गरेका छन् । साथै अवार्डबाट सम्मानितद्वय घर्तिमगर र लामा अन्तर्राष्ट्रिय मार्सल आर्ट्स हाप्किडो मास्टर र इन्स्ट्रक्चर साथै ‘ए’ लेभल रेफ्री पनि हुन् ।
    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मार्सल आर्ट्स हाप्किडोको खेलको विकास र विस्तार गर्नुका साथै विभिन्न देशहरूमा सफल प्रशिक्षण गरेका प्रशिक्षकद्वयको उच्च मूल्यांकन भएपछि अवार्ड चुम्न सफल भएका हुन । यसअघि पनि अध्यक्ष घर्तीमगरले विभिन्न देशहरूबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भइसकेका छन् । अध्यक्ष घर्तीमगरले देशका प्राय सबै जिल्ला र देश बाहिरका पनि विभिन्न देशहरूमा गएर आफ्नो खेलको प्रचार प्रसार गरिरहेका छन् र खेलकुदको बारेमा जानकारी दिने गरेका छन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु