पर्वतारोहणका साहसिक व्यक्तित्व र जीवन बचाउने नायक 'छिरिङ पेम्बा शेर्पा'आजको देशभरको मौसम ।। कतै हल्का बर्षा–कतै हिमपात ।। बाँकी भू‍–भागमा आंशिकदेखि साधारणतया बदलीहुम्लामा हिमपात ।। चिसो बढ्यो ।। ढिला हिमपात भएकोमा हुम्लावासी खुशी ।।आज अमेरिकी डलर एकको खरिदर १ सय ३५ रूपैयाँ २१ पैसाप्राचार्य गरैको सेवासँगै दान, आश्रमको एउटा कोठा निर्माण गर्नेगायक गोबिन्द राज आचार्यको नयाँ गित 'एकदिन उज्यालो छाउला' सार्वजनिकचलचित्र ‘मिसिङः केटी हराएको सूचना’ अब माघ ११ गतेचलचित्र ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुनेमोवाइल फोनको आविष्कारक मार्टिन कूपर अव ९५ बर्षबागलुङका पाँच सरकारी विद्यालय बन्द

नेपाली खानाको अन्तर्राष्ट्रियकरण आजको आवश्यकता :सेफ कुमार चालिसे

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ ११ गते, शनिबार १९:५६

आजको समयमा विभिन्न कार्यक्रमहरूद्वारा संसार भरमा नै नेपाली खानाको बजार प्रवद्र्धन र प्रचार निकै रुपमा मिडियामार्फत देखिएको छ। वास्तवमा नेपाली खानाको पहिचान, प्रचार प्रसार राम्रो सँग गर्न सकेमा विश्वभरमा चलिआएको अरु पश्चिमेली खानाको रुपमा अगाडि बड्न सक्दछ । यसमा सम्पूर्ण पर्यटन व्यवसायीहरूले हातमा हात मिलाएर एकपटक सोचेर व्यवहारमा उर्तान आवश्यक छ।
खाना कै लागि भनेर मिठो, नाम चलेको र जिब्रोमा झुण्डिने पकवानको स्वाद चाख्न लाखौँ पर्यटकहरू संसारभरी नै एक ठाँउबाट अरु ठाउँमा जाने क्रम बढ्दो छ । यस्ता किसिमकोे भम्रणहरूले हाम्रो देशमा प्रचार हुन नसकेको स्थान, खाना अगाडि आउन सक्दछ । यस्ता भम्रणहरू स्थानीय, प्रान्तीय, क्षेत्रीय, अन्तरदेशीय स्तरमा व्यापक रुपमा हुने गर्छ।
आजको परिवेशमा खासगरी चाइना, फ्रान्स, भारत, अमेरिका, थाइल्याड, जापान जस्ता देशका खाना विश्वव्यापी रुपमा लोकप्रिय भएका कारण अन्तराष्ट्रिय पर्यटकहरू यस्ता विशिष्ट खानाको स्वाद लिन ति देशहरूको भम्रण गर्ने एवम् यी लोकप्रिय खानाहरू चाख्न संसार भरदेखि विभिन्न खाना पकवान प्रेमी रेष्टुरेन्टहरूमा जाने हुदाँ खाना पनि पर्यटनको एउटा मुख्य पाटोको रुपमा विकास हुँदै आइरहेको पाइन्छ।
संसारभरमा प्रशिद्ध रहेका पाककलाका छनि मानेने पाकशास्त्री (सेफ) हरूले चलाउँदै आएको मिसेलियन रेष्टुराहरूमा खानाका पारखीहरूको १ वर्ष पहिलादेखि नै बुकिङ्ग हुने गर्दछ । उनीहरूले खान योग्य भएका सामाग्रीहरूको विभिन्न परिकार बनाएर पस्किसके । तर, हाम्रो मूलूकमा भएका बहुमूल्य जडीबुटी सहितको परिकार संसारले थाहा नपाई बसेका छन्। नेपालमा पनि तराई, पहाड, हिमाल र उपत्यकामा हरेक १ सय २४ जातजातिका आ–आफ्नै खाना संस्कृति छ । पुनः चिजको प्रचार प्रसार नभएको पाइन्छ । नेपालीहरूको जन्म, विवाह, देवाली, मृत्यु, ब्रतबन्ध, पास्नी, मासिकव्रत, चाडपर्व, जात्रामा समूहमा बसेर विभिन्न परिकारहरू तयार पारेर पूर्वीय चालचलनअनुसार वैदिक रुपमा खाने गरिन्छ ।
त्यस्ता किसिमका भोज, भतेरमा पकाइने विभिन्न किसिमका परिकारहरूको आ–आफ्नै विशेषता तथा आफ्नै मौलिक खानाको कथाहरू समेतका केही जानकारी यो लेख तयार पार्दा आएका छन्। जसलाई किताबको रुपमा प्रकाशन गर्ने प्रण गर्दछु । हाम्रो ऐतिहासिक खानाको प्रचलन हेर्दै जाँदा रांवशी, तामशिक, शात्विक खानाका ठाँउ अनुसार जीउमा पोषण एंव मौसम अनुकुल पकाउने खास खास किसिमका मसलाहरूको पहिचान सहित सामाग्रीको प्रयोग वैज्ञानिक दृष्टकोणबाट समेत उपयुक्त भएको वेदमा प्रमाणित छ । महाभारत कालदेखि आजको कलियुगमा पकाइने खानाको शैली तथा भात संस्कृतिको विकास अझतिव्र रुपमा भएको खण्डमा नेपाली खानाको इतिहास संसारमै फरक र उत्पतिको विन्दु हुने आशा गर्दछु।
नेपालमा पर्यटन विकासको ८ औं दशक लामो अनुभवलाई सिकेका, जानेका बुझेका, व्यवहारिक अनुभवलाई अव बजारीकरण गरेर संसारमै नौलो लोकप्रिय पाककला पर्यटन अगाडि बढाउन जरुरी देखिन्छ । देशमा खाना संस्कृति सम्वृद्ध हुँदाहुँदै पनि अझ सोचे जति प्रत्यक्ष जोडिन नसकेको अवस्था छ ।
विशेष गरी शहरी क्षेत्रमाखाइने प्रचारित खानामःमःचाउमिन, थुक्पा, खाजासेट, फुटपाते खाजालगाएतप्रमुख पर्यटन संघहरूमा विदेशीतथा नेपालीहरूका केहीसिमित परिकारले मात्र स्थानपाएको छ । अरु जाति अन्य रैथाने खानाका परिकारहरूले आफ्नै चाड पर्व, तिथि, श्राद्ध, भोजहरूमा बाहेक स्थान पाउन सकेको देखिएन । विभिन्न किसिमका फुड फेस्टिभलहरूमा तयार पारिने खाना परिकारहरूलाई लिएर रेष्टुरेण्ट खोलिएको छैन।
नेपालमा गत वर्ष झण्डै ३ लाख पर्यटनहरू भित्रिएकोमा २०२० भ्रमण वर्ष मनाउदा दोब्बर तेब्बर बनाइने भाषण सुनिए पनि तिनिहरूले नेपाल भ्रमण तथा बसाइमा गर्ने कुल खर्चको लगभग एक चौथाई खानामा खर्च गर्ने गरेको अनुमान छ । नेपाल बसाईमा पर्यटकहरूले साधरण तथा बाँच्नका लागि मात्र खाएको पाइन्छ । जसको जसको मुख्य कारण खाध्य सुरक्षाको कमीले हो । जसको कारण नेपाल बसाईमा पनि पर्यटकहरूले खाने पिउने, बस्ने कुरा उपलब्ध भरसक्को विदेशमा तयार भएर आएका चिजहरूलाई महत्त्व दिइने पाइएको छ । जसले गर्दा आर्थिक रकम पुनः बाहिरिने क्रम बढ्दोछ ।
नयाँ नयाँ देशमा नेपालीहरू कामदार तथा पठन पाठनको रुपमा जाने क्रम बढ्दो छ। लाखौँ संख्यामा नेपालीहरूको स्थायी तथा अस्थाई बसोबास ९० भन्दा बढी राष्ट्रहरूमा हुँदै आएको छ । कामदारको रुपमा विदेश गएर विदेशमा नेपाली नामको रेष्टुरा खोली विदेशी खाना बेच्नेहरूको कमी पनि छैन। अहिले नेपालीहरू विदेशमा गएर बढ्दो रुपमा आतिथ्य सत्कार व्यवसायमा बढी संलग्न भएको पाइन्छ । व्यवसाय सञ्चालन गर्नेहरूको कमी पनि छैन।
नेपालीहरूले विदेश गएर गर्ने काम तथा चलाएको व्यवसायमा नेपालीको प्रत्यक्ष सरोकार निकै कम पाइन्छ । यस्तो हुनुमा नेपालीहरू स्वंयम नेपाली खानाको बारेमा जानकार नभएको तथा नेपाली खानालाई पश्चिमेली ढंगले प्रस्तुत गर्ने नसक्नु हो। जसको ज्ञान, सीप तथा गौरव आफ्नै खानाको प्रचार प्रसार गर्न मनमा कमी हो भन्नपनि सकिन्छ। बजार मागलाई औल्याउन नसकेर लज्जा सपथ रुपमा वैदेशिक खानाको अध्ययनमा लाखौँ पैसा खर्चेर अध्ययन गर्न तयार तर सयौं खर्चेर आफ्नै खानाको अध्ययन अनुसन्धानमा नबसेको स्वीकार्ने सकिन्छ । नेपालमै सञ्चालित पाँचतारे होटल देखि बिलासिन रेष्टुरेण्टहरूमा नेपाली खाना परिकारको मेनु कम पाइने, रैथाने खानाको बेवास्ता गरी जङ्क फुड, रसायनिक पर्दाथहरू प्रयोग भएका, अखाध्य पदार्थहरू मिसावट भए÷नभएका खानेकुराको राम्रो बजारले हाम्रो ऐतिहासिक पोषणयुक्त खानाको लोप नहोलाभन्न सकिन्न।
रैथाने सयौ किसिमका मसलाहरूले प्रयोग कम जस्तै ज्वानो, छ्यापी, हिङ्ग, चुकअमिलो, जिम्बु, टिम्बुर, मेथी, मरिच, शखर, तिल, फापर, सिलाम, आलस, लप्सी, भाङ्ग, भकमिलो, तथा विभित्र किसिमका साग सब्जी, फलफूल, माछा, मासु, मिठाई, पोषणयुक्त सामाग्रीहरूको भण्डार छ तर त्यसलाई प्रयोग नगरी आयातयुक्त सामाग्रीहरूको प्रयोग देख्दा राम्रो तर शरीरलाई बेफाइदायुक्त विष सेवन भइरहेको पाइन्छ । साधारण तर जीवनको लागि महत्त्वपूर्ण मानिने खानाको सरसफाई सम्बन्धी ज्ञान, सीप, तथा आधारभूत व्यवहारिक ज्ञानले गर्दा आएका पर्यटकहरूको मन जित्न सकेको छैन ।
२१ शौ शताब्दीमा जसरी देशका मानिसहरू काम, व्यापार, व्यवसाय तथा अध्ययनका लागि विदेसिने क्रम बढ्दो छ । ति व्यक्ति तथा मानिसहरू सँगसँगै स्वदेशी खाना, संस्कृति, कला, पहिरन चालचलन विस्तारै अन्तराष्ट्रिकरण हुँदै जाने, संसार भरिको प्रचलित परम्परा नेपाल र नेपालीहरूले पनि वर्तमानमा आत्मसात गरिरहेको छन् । नेपाली खानाको पाककलाई विश्वव्यापीकरण गर्ने प्रयासको सफलता पनि विश्वभरी पु¥याउन नेपालीहरूकै सहयोगबाट सम्भव छ ।
विश्वभर कार्यरत धेरै नेपाली सेफहरू र आफ्नै लगानीमा नेपाली नामाकरणीय रेष्टुरेण्ट लगायत आतिथ्य, खानपिनको व्यापार व्यवसाय गरे आएका सक्षम र जागरुक सफल नेपालीहरू अझ नेपाली रैथाने खाना सजिलै तयार गर्न सकिने विधि र विवरण इन्टरनेट मार्फत उपलब्ध हुनथाले पश्चात नेपाली खानाको बजार विश्वव्यापी हुन सक्ने अपेक्षा पलाएको छ । राम्रो स्वादयुक्त स्वादिष्ट परिकार बनाएर मात्र पनि पुग्दैन, यस्ता खानाखाने पारखीको रुपमा नियमित ग्राहक आउने र खानाको व्यापार नाफामुखी हुन पनि त्यतिकै जरुरी छ।
यि सम्पूर्ण कारणले नेपालीखानाविश्वव्यापीबजारमा प्रभावकारी तबरले प्रचार आवश्यकता छ। नेपालीहरूले खोलेको नाम नेपाली तर खाना विदेशी बेच्न बाध्य भएका सञ्चालकहरू मिलेर एउटा क्रान्ति गर्नु आवश्यक छ । नेपाली खानाको भाग नभएका कारणले विदेशी खाना बेचेर आफ्नो व्यवसायमा गुजारा भइरहेको छ । त्यस रेष्टुरेण्टमा काम गर्ने सेफहरूले पनि २० औं वर्ष देखि विदेशी खानामा नै काम गरिरहेको र नेपाली खानामा इच्छा नदेखाई हाम्रो खानापनि यस्तो हुन्छ भनि नदेखाएको कारणले झनै लोप हुन गइरहेको छ ।
यी निम्न कुराहरूमा ध्यान दिन सकियो भने नेपाली पाककलालाई विश्वव्यापी रुपमा फैलाउन सकिन्छ ।
· नेपालको तारे होटलहरूमा नेपाली मेनु उपलब्ध गराउने।
· नेपालका तारे होटलहरूमा एउटा नेपाली खानाको छुटै रेस्टुरेण्ट हुनु पर्ने ।
· होटल व्यवस्थापन तथा व्यवसायिक तालिमका पाढ्यक्रममा नेपाली खानाको पढाइ तथा सिकाइ हुनु पर्ने ।
· नेपाल सरकारका सम्पूर्ण भोजहरूमा नेपाली खानाको मात्रै बुफे राखिनु पर्ने ।
· संवैधानिक अगंका प्रमुख तथा नेपाली दुतावासबाट गरिने अन्तराष्ट्रिय भोजहरूमा नेपाली खाना खुवाउनु पर्ने ।
· नेपालबाट हुने हवाइ उडानमा नेपाली खाना खुवाउनु पर्ने।
· नेपाली रेथाने खानालाई संस्थागत गर्ने, सरकारी स्तरबाट पनि उपयुक्त नीति नियम बनाउने
· उद्योग तथा कल कारखानामा उत्पादन हुने सामग्री नेपालकै हुनु पर्ने ।
· खानाको पोषणयुक्त जानकारी सहित खानाको इतिहासलाई नयाँ युवावर्गमा जानकारी मुलक तरिकाले अध्ययनअध्यापनको व्यवस्था मिलाउने ।
· पाहुनाहरूको स्वगतमा पेय पर्दाथको रुपमा तयारी आयातितभन्दा नेपालकै मोही, मौसम अनुसारका फलफुलको जुस, गुँरासको वाइन, बेलको जुस, पस्कनु पर्ने ।
· तुङबा, तार्डी, जाँड, निगार, झ्वाइखटेका परिकारलाई उपयुक्त स्तर निर्धारणको जिम्मा लिएर प्रवद्र्धन गर्नुपर्ने ।
· लोप भएका खाना सम्बन्धी थेसिस तयार गर्ने विश्वविद्यालय स्तरमा पहलहुनु पर्ने ।
· जातीय खानाको पहिचान हुनु पर्ने ।
· नेपाली खाद्य सामाग्रीहरूलाई आधुनिक उपकरण पकाउने विधी ।
· सीप परीक्षण गराई दक्षताको प्रमाणीकरण आवश्यक
· जिब्रोमा झुन्डिने परिकार पाइने व्यवसायिक स्थानलाई सहयोग र प्रवद्धन गुर्नु पर्ने ।
· एवम् कार्यक्रमको आयोजना गरी सम्पूर्ण आतिथ्य सत्कारमा कार्यरत व्यक्तिहरूलाई प्रण तथा वाचा गराउने।
· मैलिक तथा ऐतिहासिक प्रख्यात खाना सम्बन्धी औजारहरूको संग्राहलय तयार गरिनु पर्ने ।
· एवम् संग्रहालय बनाउने ।
· ग्लोबल सेफ नेपालीहरूको रि–यूनियन तथा अनुसन्धान केन्द्र स्थापना गरिनुपर्ने ।
· वैद्यखाना, पशुपन्छी, कृषि, खाद्य अनुसन्धानमा नेपाली मौलिक रैथाने खानाको परीक्षणम हुनुपर्ने ।
· नेपाली खानालाई विश्वव्यापीकरण गर्ने अभियानहरू सञ्चालन गर्नुपर्ने ।
· विश्वव्यापी रुपमा सकाहारी तथा अर्गानिक खाना प्रतिको बढ्दो मोह र मागलाई ध्यानमा राखेर नेपाली खानाको प्रचार प्रसार गर्ने ।
· नेपाली खाना सम्बन्धी निरन्तर रुपमा कार्य गर्ने संस्था, व्यक्ति, उद्योग, व्यवसायी, कृषक, वैद्य, सभा सम्मेलनमा समेटिनु पर्दछ ।
· नेपाली खानालाई पस्कने प्रस्तुतिमा परिवर्तन गर्नुपर्ने ।
· पत्रकारिता अध्ययन शुरु गर्नुपर्ने ।
· नेपाली खाना सम्बन्धी शिक्षा उपलब्ध गराउने ।
· नेपाली खानाको कपीराइट सुनिश्चित गर्ने ।
· नेपाली खानाका पुस्तक प्रकाशनमा सहजीकरण गर्ने
· सरकारी तथा निजी क्षेत्रको कार्य विभाजन गरी आफ्नो लक्ष्य निर्धारण गर्ने ।

अन्तर्राष्ट्रिय स्तरमा नै सामाजिक सञ्जालमा सकारात्मक टिकाटिप्पणी लगायत नेपाली खाना प्रवद्र्धन गर्ने सेफहरूलाई साइट उपलब्ध गराइ खाना सम्बन्धी अन्तर्राष्ट्रिय सहजीकरण आवश्यक देखिएको छ ।
व्यवसायीहरूले नाफामुलुक नभई स्वस्थकर खानाको प्रवल स्वादिष्ट परिकार बनाएर खाने पारखीको मन जित्नु आजको आवश्यकता हो । खाना पर्यटनबाट नै देश विकास सम्भव छ भन्ने कुरा स्पष्ट र प्रमाणीकरण आजको अवश्यकता मानिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु