• भ्रष्टाचारविरुद्ध कर्ण श्रेष्ठले साइकलयात्रा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ असार २०७६, आईतवार २२:१०

    काठमाडौं, १ असार । भ्रष्टाचारविरुद्ध एक युवकले साइकलयात्रा गरिरहेका छन् । खोटाङको दिक्तेलबाट ३ चैत्र २०७५ बाट कर्ण श्रेष्ठले साइकलयात्रा शुरु गरी देशभर यात्रा गरिरहेका छन । साइकलयात्राका क्रममा उनले भ्रष्टाचारविरुद्धको अभियानलाई मुख्य उद्देश्य बनाएका छन् । देशको मुख्य समस्या नै भ्रष्टाचार भएकाले त्यसविरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

    रिपोर्टर्स क्लब नेपालमा आइतबार साइकलयात्राबारे जानकारी दिदै श्रेष्ठले भ्रष्टाचारमुक्त समाज निर्माण गरी धर्म र संस्कृतिको रक्षा गर्नु आजको आवश्यकता रहेको बताए । देशको प्राकृतिक स्रोत साधनको उचित सदुपयोग गरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।

    देशमा व्यवहारिक शिक्षा आवश्यक रहेको विषय भ्रमणबाट थाहापाएको बताए । साइकल यात्राको उद्देश्य देशको वास्तविक अवस्था बुझ्नु रहेको उनको भनाई थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु