नवीन सम्मानितचाँदबागको दुवै टोली क्वाटरफाइनलमापिस प्वाइन्ट कप शुक्रबारदेखिलोयल्टी र काभ्या क्वाटरफाइनलमाप्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेलामा भिड बढ्दो, उद्योगीद्वारा उपभोक्तालाइ सिधै छुटको आकर्षणमध्यपहाडी लोकमार्ग निर्माणमा ढिलाइबारे बाबुरामले गरे प्रमुखसँगै कुरामहामन्त्री थापाको प्रस्ताव ः सुशासनलाई मुलमन्त्र बनाई जनताका मुद्दासँग निरन्तर जोडिनेछौंआज फाल्गुण ९ गते बुधबार : कस्तो छ तपाईंको आजको दिन ? हेर्नुस् राशिफलमेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०८० सम्पन्नसिद्ध गुफामा डा. उपाध्यायको पुस्तक लोकार्पणसँगै एल्वम विमोचन

सुशील वनस्पति प्रालिमा भीषण आगलागी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार २१ गते, शनिबार १०:३३

असार २१,पर्सा/ वीरगञ्ज महानगरपालिका–२१ परवानीमा रहेको सुशील वनस्पति प्रालिमा आज बिहानैदेखि भीषण आगलागी भएको छ । उद्योगको प्याकेजिङ तथा गोदाममा आगलागी भएको हो ।बिहान २ः३० बजेदेखि शुरु भएको आगलागीलाई बारा पर्साको विभिन्न स्थानबाट आएको बारुणयन्त्रको सहयोगमा अग्निनियन्त्रक, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले नियन्त्रण गर्ने प्रयासमा लागेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँले आगोलाई नियन्त्रण गर्न वीरगञ्ज, पोखरिया, सिमरा, अमलेखगञ्ज कलैयाबाट बारुणयन्त्र बोलाइएको बताए ।
तेलमा लागेको आगोलाई नियन्त्रण गर्न फोमको प्रयोग बारुणयन्त्रकर्मीले गरे पनि फोमको उपलब्धता कम भएकाले नियन्त्रणमा समस्या देखिएको प्रजिअ भट्टराईले जानकारी दिए । उनले वीरगञ्जमा फोम नभेटिएको कारण भारतको मोतिहारी तथा काठमाडौँबाट मगाउने प्रयास भइरहेको बताए ।आगलागीबाट हुने क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । राति उद्योगमा कोही नभएको बेला बिजुलीको तार सर्ट भई आगलागी भएको हुन सकिने प्रहरीको अनुमान रहेको छ ।समचार जनसवाल डट कम मा छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु