सफलता र जिबन सग परस्पर जोडिएका आस्थाको धरोहर,ज्ञानरुपी प्रकाश फैलाईदिने खेलकुदका गुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार ३१ गते, मंगलवार ०७:०९

डिएन घिसिङ

असार ३१काठमाडौं । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ।हिन्दु धार्मिक रूपमा गुरुप्रति भक्ति गर्ने अति प्राचीन परम्परा हो। प्राचीन कालमा गुरुको आज्ञा पालन गर्नु शिष्यको परम धर्म हुन्थ्यो। गुरुलाई द्वितीय पिता मानिन्थ्यो र अधिक आदर्णिय पनि मानिन्थ्यो तसर्थ ‘गुरु’ शब्द आफैमा गम्भीर तथ्य समाहित युक्त हुन्छ। गुरुले शब्दमात्र पढाउँदैनन्, उनी आफ्नो चरित्रद्वारा शिष्यलाई शिक्षा दिन्छन्। लक्ष्य प्राप्तिका लागि गुरुप्रति आस्थावान् हुनु जरुरी हुन्छ। प्राचिनकालमा एउटा गुरुकुलमा शिक्षा लिएका शिष्यलाई अर्को गुरुकुलमा समाबेश नगर्ने चलन थियो।हिन्दु धर्मको सस्कारमा मात्र हैन बौद्ध धर्मलम्बिहरुको महिमाम समेत धेरै महत्व दिएको हुन्छ गुरुलाई।पश्चिम सभ्यतामा समेत गुरुलाई अलग्गै स्थान दिएको देख्न सकिन्छ। नेपाली खेलकुदमा खेलाडी र गुरुको सामीप्यले सिर्जित लक्ष्य नै सफलताको कडी हो।अन्य क्षेत्र जस्तै नेपाली खेलकुदमा गुरुपुजा र गुरुमहिमा विशेष मह्त्वको रूपमा हेर्ने गरिन्छ।ब्यायामशालामा मात्रै नभै अन्तर्राष्ट्रिय जगतका मह्त्वपुर्ण प्रतियोगितामा सहभागी गराउदा समेत गुरु अर्थात प्रशिक्षकको भुमिका रहने गर्दछ। एउटा सफल खेलाडी हुन सफलताको सिढिमा डोर्‍याउन सक्ने प्रशिक्षक चाहिन्छ भन्ने सर्बमान्ने वाक्यांश सधैं नेपाली खेलकुद क्षेत्रमा खोजिएको बिषय बन्ने गरेको छ।अहिलेसम्मको नेपाली खेलकुद इतिहास पल्टाउने हो भने अधिकाम्स सफलतामा गुरु अर्थात प्रशिक्षकको ठूलो हात रहेकोमा दुइमत नहोला।सफलता र जिबनसग परस्पर रहने गुरुको शिष्य सधैं सफलता तर्फ उन्मुख भएको देखिन्छ ।नेपाली खेलबिश्लेकहरु भन्ने गर्छ्न प्राय गुरुले सफलता मिलोस भन्ने उदेश्य लिएर नै तालिममा नैतिक बिधिहरु अपनाईरहेको हुन्छ।प्रतिभाबान खेलाडी पहिचान गर्नु र क्षमता अनुसार तयार गर्नु प्रशिक्षकको प्रमुख दायित्व रहने गर्दछ।नेपाली खेलकुदमा सधैं आसतित सम्भावना बोकेका खेलमा असन्तुलन हुनु खेलाडी र कोचको बेमेल प्रतिफलको रूपमा हेर्न सकिन्छ। नेपाली खेलकुद सम्बन्धी नजीकबाट हेरिरहेका मनोबिस्लेशकहरुको धारणा पनि एकरुपता रहेको पाइन्छ।खेलकुदको प्रतिपल हेर्न खेलमैदानको नतिजामात्रै अपुग हुने र उनीहरुको जीवन पद्धति बुझ्नु पर्ने अधिकाम्स बिस्लेशकको बुझाइ रहेको छ।भौतिक र अध्यात्मिक फिउजनको सहि समायोजन गर्न सक्नेलाई मात्रै गुरुदेबाय नम: गर्न सकिन्छ ।आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने अबसर मात्रै नलिइकन सधै अज्ञानरूपी अन्धकार हटाएर ज्ञानरूपी प्रकाश फैलाइदिनेलाई गुरुको सामिप्यमा रहे सफलता कतै टाढाको कुरा हैन।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु