स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

चेम्वर अध्यक्ष र चीनको बेइजिङ स्थित दुताबासका मिनिस्टर बीच दुई देशको आर्थिक सम्बन्ध बारे छलफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र ९, सोमबार १३:२२

काठमाण्डौं, ०८ भाद्र – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र चेम्बरका पदाधिकारीहरुले आज बेइजिङ स्थीत नेपाली राजदुतावासका मिनिस्टर (इकोनोमिक) श्री छविन्द्र पराजुलीसँग भेट गरेका छन् । चेम्बर अफ कमर्शको सचिवालय जमलमा भएको भेटमा चेम्बर अध्यक्ष श्रेष्ठले चीनको बेइजिङस्थीत राजदुतावासका इकोनोमिक मामिला मिनिस्टर पराजुलीसँग आपसी व्यवसाय प्रबद्र्धनसँगै आर्थिक अभिवृद्धि गर्न आवश्यक रहेको बताए । उनले चीन विश्वकै अग्रणी अर्थतन्त्र भएको देश भएकाले यसको प्रभाव नेपालमा बढीपर्ने, जिरो ट्यारिफ र ८ अंकको एच.एस.कोड प्रयोग हुने हँुदा शुन्य भन्सार सुविधा लिन गाहे रहेको, सर्टिफिकेट अफ ओरिजिन कुन स्तरको लागि कस्तो आवश्यक पर्ने भनने विषयमा आपसी छलफलबाट तय गनृुपर्ने धारण राख ेका थिए । छलफल का क्रममा उनले दोश्रो बेल्ट एण्ड रोड इनिसिएटिभ सम्मेलनमा नेपाल प्रति देखाएको प्रतिबद्धता र परियोजनाले नेपालको विकासका अपेक्षा पुरा हुने गरी कार्य गर्नुपर्नेमा जोड दिए । चीन पहिलो बैदेशिक लगानी आउने र दोस्रो पर्यटक आउने मुलुक भएता पनि विभिन्न समझदारी तथा द्धिपक्षीय सम्झौता समयमा नै कार्यान्वयन हुनुपर्ने बताउदै पूर्वाधार निर्माणमा चीनको सहयोग उल्लेख्य र अपेक्षित रहेको अध्यक्ष श्रेष्ठले उल्लेख समेत गरे । उनले नेपालमा संयुक्त लगानीका लागि पर्यटन, व्यवसायीक कृषि,खनिज, सिमेन्ट, जडिबुटी,उद्योग र शिक्षा उपर्युक्त क्षेत्र रहेको धारणा व्यक्त गरे ।

अध्यक्ष श्रेष्ठले चीनले प्रदान गरेको ४ वटा समुद्री बन्दरगाह र ३ वटा सुख्खा बन्दरगाहाको अधितम प्रयोगमा जोड दिनुपर्ने बताए ।उनले केरुङ, काठमाडौं, लुम्बिनि रेलवेको कार्य तिब्रताका साथ अगाडी बढाउनुपने र चीनको सिसिपिआईटी र नेपालको निजी क्षेत्र बीच व्यापारिक प्रतिनिधि मण्डलको आदानप्रदान, सूचनाको आदानप्रदान, व्यापारिक मेलामा सहभागिता हुनुपर्नेमा राजदुताबासबाट सो कार्यमा सहयोगीको भूमिकाको अपेक्षा लिएको कुरा राखे ।
सो भेटमा बेइजिङ स्थीत नेपाली दुतावासका मिनिस्टर छविन्द्र पराजुलीले दुई पक्षिय व्यापारिक र आर्थिक क्षेत्रमा अझ सुदृढीकरण गर्ने उपायहरू पहिल्याउने र दुवै मुलुकलाई आपसी फाइदा पुग्ने गरी आफू लाग्ने प्रतिबद्धता जनाए । सो भेटमा चेम्बरका पदाधिकारी, नेपाल चीन उद्योग वाणिज्य संघका पदाधिकारी लगायतको उपस्थिती थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु