आनि बानी बुझ्नै नसकिने, शहरका मान्छे
बोल्ने हिड्ने खाने सुत्ने तर, पथ्थरका मान्छे
मामाको घोडी मेरो हिहि गरिने बिडम्वना
धुरी चढेर घोडा सम्झने , रहरका मान्छे
दिनहुँ आउँछ लास बनेर जान्छ खरानि
ढुङ्गा पग्लियो पग्लिन्न अझै,बगरका मान्छे
आज यता भोलि उता देख्छु सिद्धान्तविहिन
छेपारो जस्तै ~ रंग बदल्ने , कलरका मान्छे
रमिता जस्तै छ हेरौं यसो भनि पुग्यो छेउ
दुखिलाई घेरी उपहास गर्छ ,नगरका मान्छे
बलराम पौडेल पुतलीबजार -१४स्याङ्जा