नेपाली कांग्रेसले दशैं, तिहार र छठको अवसरमा शुभकामना तथा चियापान कार्यक्रम भोलि गर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन २५ गते, शनिबार १८:४०

काठमाडौं ।नेपाली कांग्रेसले दशैं, तिहार र छठको अवसरमा शुभकामना तथा चियापान कार्यक्रम भोलि गर्ने भएको छ । वि.सं. २०३३ सालमा जननायक बी.पी. कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा रहँदै आएको छ ।

नेपाली कांग्रेसले यस वर्ष पनि निरन्तरता दिंदै विजया दशमी, तिहार, नेपाल सम्वत्, छठ लगायत पर्वहरुको अवसरमा २०७६ असोज २६ गते आइतबार कोजाग्रत पूर्णिमाको दिन अपरान्ह १ः००—५ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालय बी पी स्मृति भबन बी. पी. नगर, ललितपुरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम राखिएको व्यहोरा जानकारी गराएको छ।

उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, नेपाल सरकार मन्त्री परिषद्का सदस्यहरु, संबैधानिक निकायका प्रमुखहरु, माननीय सांसदहरु, राष्ट्रसेबक कर्मचारीहरु, सुरक्षा निकायका प्रमुखहरु, कुटनीतिक नियोगका प्रमुखहरु, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवं व्यवसायीहरु, पेशागत एवं बुद्धिजीवीहरु, नागरिक समाजका अगुवाहरु, मानव अधिकारकर्मीहरु, विभिन्न संञ्चार माध्यमका प्रमुखहरु, पत्रकारहरु, गैर–आवासीय नेपालीहरुको संघ–संस्थाका प्रमुखहरु लगायतका बिशिष्ट महानुभावहरु, नेपाली कांग्रेसका सदस्यहरु एवं शुभेच्छुकहरुको सहभागिता हुने कार्यक्रम रहेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु