काठमाण्डौं । असोज २९ । पुर्व राष्ट्रपति डा. रामबरण यादबद्धारा जिपी कोइराला फाउन्डेशनका एशिया प्यासेफिक क्षेत्रिय संयोजक सुदर्शन थापामगर सम्मानीत हुनुभएको छ ।
फाउण्डेसनद्धारा आइतबार काठमाण्डौंमा आयोजना गरिएको विशेष कार्यक्रममा थापामगर सम्मानीत हुनुभएको हो ।
नेपाली काँग्रेसका महासमिति सदस्य, नेपाल चेम्बर अफ कर्मश मकाउका अध्यक्ष, एनआरएनए मकाउका पूर्वअध्यक्ष, नेपाली जनसम्पर्क समिति मकाउका पुर्व अध्यक्ष लगायत दर्जन बढी संघ संस्थामा आबद्ध थापामगर तेक्वान्दोका पाँच डनका पूर्वखेलाडी समेत हुनुहुन्छ ।
मकाउमा व्यवसाय, सामाजीक अभियान र परोपकारी काममा समेत थापामगरको उल्लेख्य योग्दान रहेको छ । राजनीतिमा पदलाई गौंण बिषय ठान्ने थापामगरले मकाउमा हुने बिभिन्न संघसंस्थाको निर्वाचनमा पार्टीप्रति आस्थाराख्ने काँग्रेसीहरुलाई समेत जिताउन महत्वपुर्ण भुमिका खेल्दै आउनु भएको छ । राजनीति, सामाजीक काम, व्यवसाय साथै खेलकुंदमा समेत विशेष चासो राख्ने थापामगर प्रवासी नेपालीका सच्चा नेता समेत हुनुहुन्छ ।
सम्मानित भएका थापाले खुसी व्यक्त गर्दै आफूलाई गरिएको यस्तो सम्मानले समाज र देशका लागि अझ अग्रसर हुन उत्प्रेरणा दिएको बताउनुभयो ।
नेपाली कांग्रेसकी नेतृ तथा फाउन्डेशनकी अध्यक्ष सुजाता कोइरालाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री शसांक कोइराला, रामशरण महत लगायतले समसामयिक विषयमा आफ्ना भनाई राखेका थिए ।