चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलोपटक ‘शीतल निवास टु एयरपोर्ट’ हेलिकप्टर यात्रा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन ३०, बिहीबार ०६:४४

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलोपटक ‘शीतल निवास टु एयरपोर्ट’ हेलिकप्टर यात्रा गरेकी छन् ।

ट्राफिक व्यवस्थालाई मध्यनजर गर्दै राष्ट्रपति भण्डारीले कलसाइन ९ एन– आरएममार्फत त्रिभुवन विमानस्थल पुगेकी हुन्। राष्ट्रपति भण्डारी बुधबार म्यानमार प्रस्थान गर्दैछिन्।

भिआइपी र भिभिआइपीहरूको सवारीका कारण सर्वसाधारणले सास्ती खेप्नु परेको गुनासो बढेपछि राष्ट्रपति भण्डारीले आज हेलिकप्टर प्रयोग गरेको बताइएको छ।

नेपाली सेनाले एक अर्ब ७० करोड रुपैयाँमा भिभिआइपीका लागि एडब्लु १३९ मोडलको कलसाइन ९ एन– आरएम हेलिकप्टर खरिद गरेको थियो । इटालीको लियोनार्दो कम्पनीले उत्पादन गरेको यो हेलिकप्टर १५ सीट क्षमताको रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु