काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र ५ प्रदेश (क)ले दसैं, तिहार, छठ लगायतका राष्ट्रिय पर्वको अवसर पारेर शनिबार का.म.पा ४ विशाल मिलन केन्द्र केन्द्र मा चियापान कार्यक्रम आयोजना गरेको छ। नेपाली काङ्ग्रेस काठमाडौ क्षेत्र ५(क) का सभापति भैरब सापकोटा सभापतित्वमा र नेपाली काङ्ग्रेस का सह-महामन्त्री प्रकाशशरण महत को प्रमुख आतिथ्य भएको कार्यक्रम नेपाली काङ्ग्रेस ४ का सभापति राम प्रसाद न्याैपाने ले कार्यक्रम संचालन गदै देशलाई प्रजातान्त्रिक आन्दोलनमार्फत जनअधिकार स्थापित गराउने नेता तथा जननायकका रुपमा चिनिएका बीपीले बसालेको संस्कारले अहिलेसम्म निरन्तरता पाएको सुनाउदै।देशले आन्दोलनका विभिन्न आरोह अवरोध पार गरे पनि कांग्रेसले बसालेको यो संस्कारले निरन्तरता दिएको बताउनु भयो । कार्यक्रममा मा.गगन थापा,मा.मोहन आचार्य ,प्रदेश सासद नारायण सिलुवाल, पुर्ब मन्त्री नरहरि आचार्य,ने.का.नेता रामहरि खतिवडा , ने.का.काठमाडौ जिल्ला सभापति सबुध कृष्ण बानियाँ,लगाएत कार्यक्रममा कांग्रेस कार्यकर्ता, शुभचिन्तक तथा सर्वसाधारणको उत्साहजनक सहभागिता देखिन्थ्यो ।