ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

को प्रधानमन्त्री बन्छ ? को अध्यक्ष बन्छ ? भन्ने कुरा विधिसम्वत हुन्छ : रायमाझी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक ५, मंगलवार १८:०४

काठमाडौं, ५ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पार्टीभित्र सहमति, एकता र अन्तरविरोध र छलफल भैरहने भन्दै अहिले कुनै विवाद नभएको स्पष्ट पारेका छन् । उनले भने,‘बरु, अहिलेको परिस्थिति के हो र हाम्रो जिम्मेवारी के हो भन्ने कुरातर्फ जानुपर्छ । हरेक पार्टीमा अन्तरविरोध हुन्छ । तर, हाम्रो पार्टीमा त्यो स्तरको अन्तरविरोध छैन् । असन्तुष्टिहरु छैनन् । यो त बरु सिर्जित अन्तरविरोध हो ।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले हरेक पाटीृभित्र विधि र राजनीतिको विषयमा आ–आफ्नो मूल्य र मान्यता रहने बताउँदै थपे,‘पार्टीभित्रको आधिकारिक लाईन छ । हामी त्यहीअनुसार चलिरहन्छौं । को प्रधानमन्त्री बन्छ ? को अध्यक्ष बन्छ ? भन्ने कुरा विधिसम्वत हुन्छ । यी विषय त प्रक्रियाअनुसार चलिरहन्छन् ।’ उनले अहिले देशको राजनीतकि एजेण्डा भनेको विकास र समृद्धिको एजेण्डा नै भएको चित्रण गरे ।

रायमाझीले थपे,‘यतिवेला दुई तिहाई बहुमतको सरकार छ । विकास र समृद्धिको एक सूत्रीय एजेण्डा छ । विरोध र समर्थन छन् । अहिले भनेको पूरानो एजेण्डाको निरन्तरता होईन । कतिपयले सरकार पनि पूरानोको निरन्तरता बुझेका छन् । तर, यो होईन । हामी नयाँ व्यवस्था, नयाँ संविधानमा छौं । विकास र समृद्धको एजेण्डामा छौं । संविधान कार्यान्वयनको एजेण्डामा अघि बढेका छौं । सर्यौं कानुन बनाएका छौं । विकास र समृद्धिका जग हालेका छौं । यद्धपी जनताले चाहेजस्तो खासगरी अपेक्षाअनुसार अझै काम भएका छैनन् । सरकारले परीणाम दिन सकेको छैन् । केही ढिलासुस्ती भएको हो । तर, जग हाल्नको लागि कानुन बनाउनको लागि हामीले समय लाग्यो । अब विकास र समृद्धि देखिन्छ ।उनले छिट्टै तिव्र रुपमा परीणाम आउन लागेको पनि सुनाए । उनले भने,‘संघीय सरकारबाट ठूला आयोजनाहरु प्रदेशबाट मझौला र स्थानीय सरकारबाट साना प्रकारका आयोजनाहरु धमाधम अघि बढिरहेका छन् । तीनै तहका सरकारबाट ठूला, मझौला र साना आयोजनवाहरु सञ्चालन गरिरहेका छौं । पूर्वाधार विकासका आयोजनाहरु जोडदा र विकासका परीणाम निकाल्दा आगामी दिनहरु र वर्षहरु उथुलपुथलका वर्षहरु हुनेछन् ।’

उनले राष्ट्रिय जनमोर्चाले भनेजस्तो संघीयतानै बेठीक हो भन्ने कुरामा आफूहरु सहमत हुन नसक्ने जिकिर गरे । उनले भने,‘संघीयता भनेको त जनताले स्विकार गरेको कुरा हो । संविधानसभाबाट ९५ प्रतिशतले अनुमोदन गरेको एजेण्डा हो । यो कुनै जबरजस्ती ल्याईैएको एजेण्डा होईन् ।’ रायमाझीले भ्रष्टाचार र व्यभिचार देखापरेको सुनाए । उनले भने,‘भ्रष्टाचार र व्यभिचार सतहमा आएका छन् । अब संघीय गणतन्त्र आईसकेपछि चेतना आईसक्यो । पूराना घट्नालाई चिहानबाट, तलबाट ल्याईएका छन् ।गलत गर्ने जो कसैलाई पनि राज्यले छोड्दैन् । घट्नाबाट कोही पनि बच्नेवाला छैन् । यो बर्वाद होईन, ठीक भयो । हिजोको सरकारले घटना बाहिर ल्याउन चाहेको थिएन । तर, यो सरकारले ल्यायो ।’

उनले वर्तमान सरकाले पनि यदि नराम्रो काम गरे उसको आलोचना गर्नुपर्ने धारणा राखे । उनले भने,‘ कारबाही गर्ने सन्दर्भमा जनताबाट कुरा उठ्न्पर्छ । गलत गर्नेहरु कानूनको दायरामा आउनुपर्छ । जोसुकै होस् । नेकपाका मान्छेले गल्ती गरे पनि उनीहरुपनि कारबाहीको भागिदार हुनुपर्छ । निश्पक्ष छानबिन हुनुपर्छ । कानुनको नजरमा सबै बराबर हो । कोही मान्छे थुनियो भने सडकबाटै फैसला गर्ने काम गर्नुहुँदैन् ।’
फरक प्रसँगमा उनले सभामुखमा आफ्नो पार्टीको दाबीबारे पार्टीले छलफल गरेर टुँगो लगाउने पनि विश्वास दिलाए । उनले भने,‘सभामुख र उपसभामुखबारे सरकार र प्रतिपक्षबीच छलफल हुन्छ । सभामुख दिने वा उपसभामुख के दिने ? छलफल गरेर बसेर टुँगो लगाउने हो ।’

उनले संविधान कार्यान्वयनमा सरकार पूर्ण प्रतिबद्ध रहेको पनि स्पष्ट पारे । सभामुखको लागि आफ्नो व्यक्तिगत रुपमा कुनै चाहना नरहेको र कसैले आफ्नो स्वार्थअनुसार नाम चर्चामा ल्याईदिएको पनि रायमाझीको टिप्पणी छ ।

उनले शान्ति प्रक्रिया अधुरो काम पूरा गर्नको लागि आफूहरु गम्भिर रहेको स्पष्ट पारे । उनले भने,‘सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्ति छानबिन आयोगलाई पूर्णता दिनुपर्छ । द्धन्द्धका घाउ कोट्याउनेतर्फ लाग्नुहुँदैन् । हामी अगाडि बढ्न्पर्छ ।’

कार्यक्रममा एक पत्रकारले नेताहरु त डकैत भए नि भन्ने शब्द प्रयोग गर्दा रायमाझीले असन्तुष्टी पोखे । उनले भने,‘डकैती भन्ने शब्द नबोल्नुहोस् । अधिकार आएको छ भन्दैमा जे मन लाग्यो त्यही बोल्ने, अलिक शिष्ट रुपमा शब्द प्रयोग गर्नुहोस् । अराजक हुनुलाई अधिकार आएको होईन् । गलत शब्द, अप्रिय शब्द बोल्नको लागि स्वतन्त्रता आएको होईन । रायमाझी डकैती गर्न आएको होईन । यो सरकार पनि जनताको अत्यधिक बहुमतको जनमत लिएर आएको हो ।
समचार तस्बिर रिपोर्टस क्लब बाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु