रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

वर्ल्ड नेपाली म्युजिक अवार्ड कार्यक्रम विशुद्ध नेपाली कला संस्कृतिको विकास र प्रर्वद्धनका लागि हो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक २६, मंगलवार १०:३०

दावा शेर्पा,
उपाध्यक्ष
वर्ल्ड नेपाली म्युजिक अवार्ड, न्युयोर्क २०१९
यहाँको छोटो परिचय दिनहोस न ?

म दावा शेर्पा । विगत २० वर्षभन्दा बढी समयदेखि म अमेरिकामा निरन्तर आफ्नो कर्म गर्दै आएको छु । हामी विशेष गरी फ्याम्ली विजनेस गरेर बसेका छौ यहाँ । म पहिल्यैदेखि आफ्नो कला, संस्कृति र देशप्रेमले ओतप्रेत मान्छे हुँ । पश्चिमा मुलुकमा बसेर पनि आफ्नो मौलिक कला सस्कृतिको जगेर्ना गर्नु हाम्रो कतव्र्य हो भन्ने भावना सधै सधै मलनमा पलाईरहन्थ्यो ।

यर्हाँहरुको नेतृत्वमा अमेरिकामै पहिलोपटक भब्य वृहत्त वर्ल्ड म्युजिक अवार्ड कार्यक्रम हुँदैछ रे ?

हो । यही नोभेम्बर २३ मा सो बृहत्त कार्यक्रमको आयोजना हुँदै छ । म आफ्नो नेपाली कला सस्कृतिमा विशेष चासो राख्ने प्रकृतिको व्यक्ति भएकोल म र र साथिहरुको अनवरत प्रयासद्धारा अमेरिकामा पहिलोपटक वल्र्ड म्युजिक अवार्ड कार्यक्रम न्युयोर्कमा आयोजना गरिने भएको छ । यसपालि अमेरिकामा यो कार्यक्रम आयोजना हुँदै छ, अर्को वर्ष अर्को देशमा गरिने छ । यो कार्यक्रम विशेष गरी नेपाली संगीतकर्मीहरुलाई सम्मान र आदर स्वरुप अवार्ड प्रदान गरिने कार्यक्रम हो । हामीले नेपाली कलाकारलाई सम्मान दिन र कलाकारलाई विश्वमा चिनाउनकै लागि यो कार्यक्रम आयोजना गरेका हौ । धेरैले कलाकारलाई प्रयोग मात्रै गरे । कलाकारको सम्मान भएन, कलाकार संरक्षित भएनन् त्यसैले हामीले नेपाली कलालाई संरक्षण गरौं भन्ने उद्देश्यका साथ वल्र्ड नेपाली म्युजिक अवार्ड आयोजना गर्न लागेका हौ ।

कार्यक्रमको आयोजना त गर्दै हुनुहुन्छ । कार्यक्रमको तयारी के–कस्तो ढंगले भईरहेको छ ?

खासमा नोभेम्बर २३ को कार्यक्रमको सम्पूर्ण तयारी भईसकेकोे छ । हामी त केवल इभेन्ट डेको प्रतिक्षा मात्र गरिरहेका छौ । अलिकति कौतुहल पनि छौ की हामीले अमेरिकाको ईतिहासमै पहिलोपटक आयोजना गर्न लागको अवार्ड कार्यक्रममा के कति पाहुनाहरु पाल्नुहुनेछ । कार्यक्रम के कसरी सम्पन्न हुनेछ भन्ने कुरामा हामीले विशेष चासो दिइरहेका छौ । कतै हामी कुनै कुरामा चुक्यौ भने भन्ने कुरामा हामी वारम्बार सचेत भईरहेका छौ । त्यसर्थ, सोही अनुसारको सकेसम्मको सुन्दरतम तयारी भईसकेको छ, भईरहेको छ ।

कार्यक्रममा कति देशबाट पाहुना तथा कलाकारहरु आउँछन त ?

कार्यक्रममा लगभग ३० भन्दी बढी देशमा रहनुभएका हाम्रा नेपाली कलाकारहरु, कलाप्रेमीहरु, सस्कृतिप्रेमीहरु र अन्य नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको उत्साहपूर्ण सहभागिता रहने हामीले अनुमान लगाएका छौ र सोही अनुसार हामीले निमन्त्रणा पनि गरेका छौ । मलाई विश्वास छ, सबै नेपाली कलाकारहरुले यस कार्यक्रममा सहभागिता जनाउनुहुन्छ भन्नेमा विश्वस्त छौं । साथै, नेपालबाट विशेष त प्रख्यात कलाकारहरु जस्तै अन्जु पन्त, शिव परियार, यम बराल, कृष्णभक्त ब्रम्ह्चारी, शबाना बज्राचार्यलगायत थुप्रै कलाकारहरु पाल्नुहुनेछ ।

कार्यक्रमको थप केही उद्देश्यहरु पनि छन् कि ?
कार्यक्रम मुलत सेवामूलक हो । कुनै नफा कमाउने उद्देश्यले गरिएको हैन् । नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रिय जगतमा चिर–परिचित गराउने उद्देश्यले र नेपाली कला र संस्कृतिको जगेर्ना गर्ने ध्येयले यो कार्यक्रमको आयोजना गरिएको हो । मलाई विश्वास छ हाम्रो कार्यक्रमले नेपाली गीत संगितको विकास र प्रवद्र्धनमा टेवा पुग्ने छ ।

सेवामूलक हो भने कार्यक्रमको खर्च वा लागत चै के कसरी व्यवस्थापन हुनेछ त ?

कार्यक्रमको खर्च विशेष गरी स्पोन्सरहरुको सहयोग र टिकटबाट नै हो । कार्यक्रमको टिकट ४० डलर वा १०० डलरको रहेको छ । लगभग ७ सयभन्दा बढी कलाकारहरुले आवेदन गरेका छन । कार्यक्रममा आउने अन्य श्रोताहरु त छँदैै छन् । भब्य सहभागिता हुनेजस्तो देखिएको छ । हामीले विभिन्न कम्पनीहरुबाट पनि सहयोगको अपेक्षा गरेका छौ । ट्राभल, टुरिजम बोर्ड, संस्कृतिक मन्त्रालयसम्म पनि प्रपोजल पुगेको छ । आशा छ हामीलाई सबै तर्फबाट सहयोग आउँछ । र, यदि दाता र टिकटबाट समेत खर्च पुगेन भने हामी आयोजकले जसरी हुन्छ आफ्नै स्रोतबाट भनेपनि भुक्तानी गर्ने हिसाबले सोच बनाएका छोे । यो कार्यक्रम विशुद्धरुपमा नेपाली कला संस्कृतिको विकास र प्रवद्र्धनको लागि भएकोले खर्चको कुरालाई हामीले मुख्य कुरा ठानेका छैनौ । बरु कार्यक्रमको गुणात्मकतालाई हामीले मुख्य पक्ष ठानीरहेका छौं ।

आगन्तुकहरु तथा आमन्त्रितहरुको खर्च र भिसाको सन्दर्भमा के कस्तो व्यवस्था छ ?

यो अमेरिकाकै ईतिहासमा पहिलो पटक गरिएको कार्यक्रम हो । अतिथिहरु तथा सम्पूर्ण पाउना संगीतकर्मीहरुको खाने बस्ने खर्च हामीले व्यहोर्छौ । तर, भिसाको सन्दर्भमा भने हामीले ग्यारेन्टी गर्न सक्दैनौ । हामीले त डकुमेन्टेसनको काम राम्रोसँग गरिदिने मात्र हो । कथमकदाचित अवार्डमा छनौट हुनुभएको कलाकारहरु कोहीले भिसा पाउनुभएन भने हामीले पछि कार्यक्रम गरेर नेपालमै अवार्ड वितरण गर्ने छौ ।

कार्यक्रमको आयोजक समूहमा को–को हुनुहुन्छ ?

हामी धेरै गीत संगीत प्रेमीहरु छौ । विशेष गरेर सुभास राई, लाहक्पा विजय र आङदापी शेर्पाहरु सहित लगभग ३० जना भन्दा बढी नेपाली कलाप्रेमीहरु छौ । को–को छौं भन्दा पनि यो कार्यक्रमले के कति महत्व बोकेको छ र नेपाली कला संस्कृतिको विकास र प्रवद्र्धनमा यस कार्यक्रमले के कति प्रभाव पार्न सक्दछ भन्ने कुरा महत्वपूर्ण हो ।

अमेरिकामा आयोजना हुने यस्ता कार्यक्रमहरु विवादास्पद बन्दै आएको सुनिन्छ । यो कार्यक्रम त त्यस्तो नहोला नि ?

हो, अमेरिकामा गरिएका धेरै कार्यक्रम विवादास्पद बन्दै आएको छ । अरुहरुले कार्यक्रममा बोलाएर कलाकारहरुलाई यही लुकाउने, गायब गर्ने गरेको ईतिहास छ । त्यसैकारणले त्यस्तो विवाद रहदै आएको हो । तर, यहाँ कलाकार बोलाएर यही गायब गर्ने कार्य हामीबाट हुँदैन । हामीले टप ३ लाई मात्र निमन्त्रणा गर्ने हो । हामी पैसाको लेनदेनमा लागेर कलाकारलाई यहाँ भित्राएर गायब गर्दैनौं । बरु, हामी आफै त्यस्ता गतिविधिहरुप्रति निगरानी गर्ने छौ । हामीले अब निरन्तर यस्ता कार्यक्रम आयोजना गर्ने सोचले यो पहिलो कार्यक्रमको तय गरेको हुनाले पनि हामी त्यस्ता कार्यप्रति सचेत छौ ।

अवार्ड बिजेताको छनोट प्रक्रियामा कसरी हुन्छ ?

मैले नेपालमा अवार्ड बितरण कार्यक्रम पारदर्शी भएन भन्ने आरोपहरु धेरैपटक सुने । पैसामा बिक्ने भन्ने कुरा पनि सुनें । त्यसैले हामीले निर्णायकहरुलाई गोप्य राखेका छौ । हामीले जजलाई पनि कोड दिएका छौ । सेप्टेम्बरको २९ तारिखमा हामीले टप १० घोषणा गर्यौं । त्यही दिन हामीले जज सार्वजनिक गरेका छौ । अमेरिकामा कार्यक्रम हुन्छ । जसरी पनि पार्नुपर्छ भनेर दबाव हुन सक्छ भनेर हामीले गोप्य नै राखेका हौं । टप ३ का लागि पनि हामीले जज राखेका छौ । यो गोप्य नै हुनेछ । टप ३ सार्वजनिक गर्ने बेलामा हामी सार्वजनिक गर्नेछौ ।

कुन कुन विधामा अवार्ड वितरण हुन्छ ?

यसमा राष्ट्रिय गीत, भाषाभाषी, लोकसेलो, पप गीत, मोडल, लोपोन्मुख गीत गरी १८ विधाका १८० जना टप टेन सूचीमा परेका छन् । सबैजसो २०१८ यता रेकर्ड भएका गीतहरु हुन् । लोपोन्मुख गीतको सवालमा यसमा छुट गरिएको छ । सबै आदिवासी जानजातिहरुको गीतलाई प्रवद्धन गर्ने काम पनि यस कार्यक्रमले गर्नेछ ।

अवार्डहरु विवादित रहँदै आएको छ, निष्पक्षता कसरी निर्धारण गर्नुहुन्छ ?
अहिले हामी तेस्रो चरणमा छौं । भोटिङ पनि बन्द भएको छ । हामीले विभिन्न माध्यमबाट भोटिङ गरेका छौ । यो विशुद्ध कलाको अवार्ड हो । कुनै राजनीति वा अन्य विषय यहाँ घुस्दैन । त्यो दिन भव्य कन्सर्ट पनि हुनेछ । भव्य कार्यक्रम हुनेछ ।

अन्तमा के भन्न चाहनुहुन्छ कार्यक्रमको सम्बन्धमा ?

यही आउने नोभेम्बर २३ मा अमेरिकामा म्युजिक अवार्ड कार्यक्रममा नेपालभरका विशेष कलाकारहरु आउँदै हुनुहुन्छ । कार्यक्रम विशेष र भब्य हुनेवाला छ । यहाँहरु सबै गीत संगीतका पारखीहरु र प्रेमीहरुको सहभागितमा कार्यक्रमलाई थप भब्य बनाइदिनिुहोला भन्ने अनुरोध गर्दछु । नेपाली गीत संगीत र नेपाली कला सस्कृतिको सम्मान, संरक्षण र प्रवद्धन गर्ने जिम्मेवारी र दायित्व तपाई हाम्रै हो । यसमा तपाई हामी हातेमालो गरेर निरन्तर अघि बढांै । नेपाली गीत संगीतलाई विश्वमाझ पुर्याऔं भन्नको लागि म सबैमा हार्दिक अपिल गर्दछु । सबै मिलेर कलाकारलाई सम्मान गरौं यही नै हाम्रो अनुरोध हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु