भारतको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का नयाँदिल्ली प्रस्थानसिन्धु फुड प्रोडक्स प्रालि द्वारा भब्य बनभोज कार्यक्रम सम्पन्नसंयोग र इभानालाई स्वर्णशीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शनरोयल इनफिल्ड महा राइड ः जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा ।युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रामा निरन्तरता कायमैआज माघ २८ गते सोमबार : यस्तो छ तपाईको राशिफलसाल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानितलोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्नबगाले थापा क्षेत्रीहरूको कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी

हामी हाम्रो भूमि फिर्ता ल्याउँछौं : प्रधानमन्त्री

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर १ गते, आईतवार १७:५१

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट अतिक्रमित भूमि फिर्ता ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघको राष्ट्रिय भेलालाई आइतवार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मिचिएको भूमि फिर्ता ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘हाम्रो भूमिबाट छिमेकीले विदेशी सेना फिर्ता लैजाऊन्,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी हाम्रो भूमि फिर्ता ल्याउँछौं। कतिपयले नक्सा सच्याउनुपर्‍यो भनेका छन् नक्सा सच्याउने मात्र होइन सरकारले हाम्रो भूमि फिर्ता ल्याउँछ।’

प्रमुख विपक्षी नेपाली कांग्रेसले कालापानीबारे प्रधानमन्त्री किन बोल्दैनन् भन्ने प्रश्न गरिरहेका बेला अ‍ोलीले यो सरकारले बिदेशी फौज फिर्ता गराउने समेत प्रष्ट पारेका छन् ।

नेकपाका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार आफ्नो अतिक्रमित भूमि फिर्ता लिन सक्षम रहेको बताए

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु