देशभर चिसो महसुस

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार १७:०९

काठमाडौँ– काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै बुधबार बढी चिसो महसुस गरिएको छ भने देशभर चिसो बढेको छ।

आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम ८ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ। मङ्गलबार उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव पाँच डिग्री सेल्सियस थियो।

पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्ने क्रम शुरु भएको हो। राति बदली भइ तापक्रम घटने र आकाश खुला भए तापक्रम बढ्ने हुन्छ। चिसो बढ्ने क्रममा छ ।‘यस वर्ष उपत्यकाको तापक्रम शून्य डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ। माइनसमा पुग्ने सम्भावना भने छैन्।

पश्चिमी वायु सक्रिय भएकाले देशको पश्चिमी तथा मध्य हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पोखरा, दाङ, धनकुटा, दिपालय, वीरेन्द्रनगरको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव ५ डिग्रीमा झरेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु