मुलुकका अधिकांश ठाउँमा मौसम बदली

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार १५:१८

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले बुधबार रातिदेखि तीन दिनसम्म मुलुकका अधिकांश ठाउँमा मौसम बदली, केही भागमा हल्का वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपात हुने जनाएको छ ।

मंसिर २६ गते (बिहीबार)

दिउँसोकोे समयमा देशभर पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली साथै मध्य तथा पूर्वी भूभागमा सामान्य बदली रहनेछ पश्चिम भेगका केही स्थानमा साथै मध्य तथा पूर्वका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागमा भारी हिमपात साथै मध्य तथा पूर्वी उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यमसम्म हिमपात रहने सम्भावना छ । राति देश भर सामान्यदेखि पूर्ण बदली रही पश्चिमी तथा मध्य भेगका धेरै स्थानमा साथै पूर्वका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ ।

मंसिर २७ गते (शुक्रबार)

दिउँसो देशभर केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यमसम्म हिमपात हुने देखिन्छ।

राति देशभर पश्चिमी भेगका धेरै स्थान साथै मध्य तथा पूर्वका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ ।

मंसिर २८ गते (शनिबार)

दिउँसो मध्य तथा पूर्वका केही स्थानमा साथै पश्चिम थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ।

राति देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्यसम्म बदली साथै मध्य तथा पूर्वी भूभागमा आंशिक बदली रहनेछ। पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागमा हल्का हिमपात हुने सम्भावना छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु