श्रुति श्रेष्ठकोे नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिती चयनपछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि‘भारत प्रवासमा रहेका नेपाली नागरिकहरूलाई निर्वाचनमा मताधिकार दिनबाट वञ्चित नगरियोस’ भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रधानमन्त्री देउवालाई बुझायो १२ बुँदे ज्ञापनपत्रIn honor of graduated Nepalese Embassy of Pakistan organized an Alumniनेपाल चेम्बर र महिला चेम्बरबाट सिनेटर अधिकारी र आयोग सदस्य ताम्राकार सम्मानितबागमती च्याम्पियनहिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णयचर्चित गायक प्रकाश कटुवालको शब्द एवम् संगित रहेको "सुन्तली" नामक गित सार्वजनिकमलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउनेनेकपा एमाले केन्द्रीय कमिटी बैठक आज

बैठक बहिष्कार गरेर कांग्रेस नेता पौडेलद्वारा पाथीभरा दर्शन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार १३:०३

ताप्लेजुङ- कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज परिवारसहित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शन गरेका छन्। पार्टीभित्रको आन्तरिक विवाद बढिरहेका बेला कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाइएकै दिन नेता पौडेल पाथीभराको दर्शनका लागि परिवारसहित पुगेका हुन्।

छोरा, बुहारी र नातीसहित पाथिभरा पुगेका पौडेलले आज बिहान पाथीभराको दर्शनपछि सुकेटार विमानस्थलमा पार्टीका स्थानीय नेता कार्यकर्तासँग संक्षिप्त भेटघाटसमेत गरेका थिए।

भेटघाटका क्रममा उनले पार्टीभित्र रहेका आन्तरिक विवाद र असमझदारीका विषय प्याकेजमै टुंगो लगाएर अघि बढ्ने बताए। समयमा नै महाधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाएरै अघि बढ्नेमा पाैडेलेको जोड थियो।

केन्द्रीय कार्यसमिति बैठकमा पार्टी महाधिवेशनलगायतका मुख्य विषयमा छलफल केन्द्रित नभएको भन्दै पार्टी सभापति शेरबहादुर देउवा र पौडेल पक्षबीच विवाद हुँदै आएको छ। पौडेल पक्षले यसअघिको बैठक बहिष्कार गरेपछि कांग्रेसले आजका लागि बैठक बस्ने निर्णय गरेको थियो।

हेलिकप्टरमार्फत् पाथीभराको दर्शनका पुगेका नेता पौडेल दर्शनपछि विराटनगर फर्किएकाे बताइएको छ। रासस

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु