स्केट टिम जर्मनी प्रस्थान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ३ पुष २०७६, बिहीबार १८:४९

काठमाडौं ।अन्तर्राष्ट्रिय स्केटिंग महासंघ (वोर्ल्ड स्केट) द्वारा जर्मनीमा आयोजना हुने १ महिने स्केटिंग प्रशिक्षण कार्यक्रममा सहभागी हुने नेपाली ९ सदस्यीय स्केट टिम त्येस तर्फ़ प्रस्थान गरेको छ। नेपाली टिम लाइ नेपाल स्केटिंग तथा स्केटबोर्डिंग संघका राष्ट्रिय अधेक्ष्य अच्युत खनाल ले बिदाई गर्नु भएको छ ।
बिदाइ कार्यक्रम मा बोल्दै अधेक्ष्य खनाल ले येस्ता खाले अंतराष्ट्रिय प्रतियोगिता हरुले नेपाली खेलाडी हरुको हौसला अभिब्रिद्दी हुने र अंतराष्ट्रिय प्रतियोगिताहरुमा नतिजा राम्रो ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो।
जर्मनी प्रस्थान गर्ने टिममा टिम ब्येबस्थापक जागृत पहाडी, खेलाडी हरुमा गत अषार महिनामा संघले आयोजना गरेको राष्ट्रिय स्केटबोर्डिंग प्रतियोगितामा क्रमश प्रथम, द्वित्तीय गरि सातौ स्थान सम्म रहेका खेलाडी हरु रहेका छन्, जसमा गजेन्द्र बर्देवा, धिरज परियार, सन्दिप शाह, मिलन शाह, सुजन थापा, युबराज राना तथा जितेन्द्र राई रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु