ओझात्रयलाई मातृ शोक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ८ पुष २०७६, मंगलवार ०७:४६

काठमान्डौ- जनप्रिय बहुमुखी क्याम्पसका पूर्व प्रमुख अर्थशास्त्री भोजराज ओझा, नेपाल सरकारका पूर्व सचिव एबम वाणिज्यविद् पुरुशोत्तम ओझा र निजामती सेवामा कार्यरत लेखाअधिकृत शुरेश राज ओझालाई मातृ शोक परेको छ । ओझात्रयकी माता मधुमाया ओझाको ९९ बर्षको उमेरमा गत पौष ०५ गते शनिवार निधन भएको हो । उनको पार्थिव शरिरलाई शनिवार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको पारिवारिक श्रोतले जानकारी दिएको छ । ओझाका चार बुहारी, ५ नाती र ३ नातिनी छन् । ९९ बर्सिया ओझा साक्षर थिईन । उनले महिलाहरु चुलो चौकामा मात्र सिमित भैरहेको त्यो समयमा श्रीमान कालिदास ओझाबाट घरमा नै बसी अनौपचारिक शिक्षा हासिल गरेकी थिईन् ।सामान्य लेखपढ गर्न जान्ने ओझाले २-३ बर्ष अघिसम्म पनि बिना चश्मा गीता पाठ गर्ने क्षमता राख्ने नाती सरोज ओझाले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु