कोरोना -शम्भु गजुरेल
गोला बारुदले छुदैन धनले सक्दैन धम्क्याउन
कुर्सीको बलले र घोर छलले सक्दैन तर्साउन
राजाको घरमा धनी शहरमा नाँच्दैछ आनन्दले
मन्त्रीको तनमा पसेर भुकुत्ती खेल्दैछ आनन्दले।
लाखौं कोश उडेर नै मनुजले नाँपेर चन्द्रासन
च्यात्यो जिर्ण भयो बिशाल नभ यो चिल्थो बनायो किन
छानो झाँझर झैँ भयो जब यहाँ छेकिन्छ के ले झरी
कोरोना चुहिदै बगेर भल भो रोकिन्न कस्तै गरी।
अर्काको घरमा थियो बिपदको बर्षा भएको जब
पार्टी भोज गरेर रुग्ण दिलले बोल्दो भएथ्यो तब
चाहे जैविक अस्त्र वा एटम होस् मान्दैन उस्ले डर
आयो काल बनेर धक्धक भयो दिल्ली र सेतो घर।
क्रमशः