भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • हरेक तहका प्रहरीलाई सहकर्मी साथी ठान्ने डिएसपी विकलाई सलाम

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार २१:५४

    सरोज ओझा (बिशेष रिपोर्ट)

    काठमाडौं, १९ चैत्र – कमलपोखरी प्रहरी ब्रित्तका प्रमुख प्रहरी नायव उपरिक्षक भरत बहादुर बि.क. सकल प्रहरी प्रशासनका लागि गर्व गर्न लायकको नाम हो । प्रहरी नायव उपरिक्षक बि.क. को कार्य क्षमताको प्रहरी प्रशासन भित्र सदैव चर्चा परिचर्चा हुने गरेको पाइन्छ । राजनीतिक नेता र सत्तासिन नेताको चाकडि गरेर तलुवावाल प्रहरी प्रशासकहरुको भिडबाट अलग रहेको सच्चा र इमान्दार प्रहरी अधिकृत हुन प्रहरी नायव उपरिक्षक भरत बहादुर बि.क. । त्यति मात्र होईन सामाजिक रुपमा उत्पिडनमा रहदै आएको तमाम दलित समुदायको शान हुन डिएसपी भरत । सकल प्रहरीको हित चिताउने डिएसपी बिक फटाहा र अराजकहरुका अजात शत्रु पनि हुन । त्यसैले पनि प्रहरी प्रशासन भित्र आशालाग्दा प्रहरी प्रशासकका रुपमा उनलाई हेरिने गरिएको छ । डिएसपी भरत बहादुर विक जुनियर प्रहरीहरु माझ पनि उत्तिकै लोकप्रिय छन् । उनले आफू मातहतका कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुको ख्याल राख्ने गरेका छन् । जसको फल स्वरुप उनलाई मातहतका प्रहरी परिवारले निकै सम्मान गर्ने गरेका छन् । पछील्लो समयमा उनले त्यस्तै उदाहरणिय कार्य गर्दै सकल प्रहरीको नाम उच्छ पारेका छन डिएसपी बिकले । उनले बूधबार कार्यालय मातहतमा रहेका ५ वटा युनिट महानगरीय, प्रहरी प्रभाग बालुवाटार, महानगरीय प्रहरी बिट गहनापोखरी, महानगरीय प्रहरी बिट कालोपुल, महानगरीय अस्थायी प्रहरी बिट हात्तिसार, महानगरीय अस्थायी प्रहरी बिट प्रज्ञा भवनमा कार्यरत प्रहरी कर्मचारीहरुलाई हाल विश्व भर विकराक रुपमा फैलिरहेको कोरोनाको सक्रमणको जोखिमबाट बचाउन पहलकदमी लिएर फेरि उनले आफू भित्रको स हृदयता प्रस्तुत गरेका छन् । स्वास्थ्य सचेतनालाई मध्यनजर राखी उनले मातहतका कार्यालयमाकार्यरत प्रहरी कर्मचारीहरुलाई जोखिम न्युनिकरणको निमित्त स्वच्छ तथा तातो पानी पिउने व्यवस्था मिलाउने हेतुले ६ लिटर क्षमताको पानी तताउने कित्ली वितरण गरेका छन् । कित्त्लि वितरणको क्रममा प्र.ना.उ. भरत बहादुर बि.क.ले तातो पानीले प्रशस्त रुपमा पिउदा जोखीम न्युनिकरण हुने हुँदा कित्त्ली वितरण गरिएको बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु