बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

दलित विद्यार्थी संघ पनि राहत उपलव्ध गराउँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख ८ गते, सोमबार १४:१६

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित विद्यार्थी संघले दलित विद्यार्थीका साथै विशेष गरी दलित समुदायका लागि राहत उपलव्ध गराउने जनाएको छ ।
संघका अध्यक्ष राजु सुनारले एक प्रेस विज्ञप्ती प्रकाशित गरी कोरोना भाइरसका कारण समस्यामा परेका विद्यार्थीका साथै अन्य दलित समुदायका नागरिकलाई समन्वय गरी राहत वितरण र सहजीकरण गर्ने जनाएका छन् । विभिन्न जिल्लाबाट उपत्यका आएर अध्ययन गर्दै गरेका वा अन्य कामको सिलसिलामा आएर अहिले संकटमा परेकाका लागि व्यवस्थापन गर्ने सुनारको भनाई छ । संघले यसका लागि समन्वय र सहयोग गर्न सबैलाई अनुरोध पनि गरेको छ ।
संघले केन्द्रीय कार्यसमितिको सम्पर्क नम्बर पनि उपलव्ध गराएको छ । कसैले सम्पर्क गरे आवश्यक व्यवस्थापन गर्ने अध्यक्ष सुनारले जनाए ।

अध्यक्ष सुनार ९८५१२७०९८२, टपेन्द्र भुषाल (वरिष्ठ उपाध्यक्ष) ९८४८४२३११५, उपाध्यक्ष खेमराज विश्वकर्मा ९८४७९९२७६०, महासचिव शंकर दमाई ९८४११६२८३६ लगायतको नम्बर सार्वजनिक गरिएको छ ।

यसअघि संघले काठमाडौको बुढानिलकण्ठ र गोकर्णेश्वर नगरपालिकामा रहेका २ वटा वाल आश्रमलाई खाद्यान्न र अति आवश्यकीय सामग्री उपलव्ध गराएको थियो । अध्यक्ष सुनारले आगामी दिनमा पनि समस्यामा परेकालाई सहयोग उपलव्ध गराइने बताए । उनले कोरोनाको महामारी बढ्दै गएकाले सबैलाई सचेतना अपनाउन पनि आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु