• देशभरको मौसममा परिवर्तन कायमै रहेने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ बैशाख २०७७, आईतवार ०८:५२

    काठमाडौं, बैशाख १४ । बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाले देशभरको मौसममा परिवर्तन गराइदिएको छ ।

    हाल देश पश्चिमी पाहाड तथा तराईका केहि स्थानहरुमा सामान्य बदली भई वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आईतबार देशभरको मौसममा परिवर्तन कायमै रहेने जनाइएको छ ।

    मध्ये दिनबाट देशभरको मौसममा सामान्य बदली आई केहि स्थानहरुमा चट्याङ्गसहित मेघगर्जन, असिना र हावाहुरी आउन सक्ने भएकाले सचेत रहनसमेत महाशाखाले आग्रह गरेको छ ।

    त्यस्तै आज राती समेत काठमाडौं उपत्यकासहित देशका केहि उच्च पाहाडी भेगमा मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु