गाउको बाझो खेतले खेताला पाएको छ
बाझो बारीमा कोदाली खनीएको छ।
खोला खेत रोपीएको र टारी खेत जोतीएका छ।
बिनास शहरमा भएको छ व्यापार रोकीएर,
विकास गाउँमा भएको छ जमीन खोपीएर।
गाउँको जमीन बेची शहर पस्नेहरु
गाउका गरा बेचेर शहरमा सुर्का किन्नेहरु,
पिर त तिनलाई परेको छ,
तिन हात जमीनमा लखपति बन्नेहरु।
गाउँ जस्ताको तस्तै छ
अझै रमणिय बनेर फक्रिएको छ।
अचेल ऐसलुले भाउ पाएको छ
काफलले साहु पाएको छ।
गाउँमा जन्मिएर शहरमा हुर्कनेले पनि
गाउको जमीनको साध सोधेको छ।
मौसमी मात्र होइन बेमौसमी तरकारी फलेको छ,
फुल फुलेको छ र मेरो गाउको आकाशमा
चिरबिर चरी उडेकोछ।
स्यावास कोरोना
तिमी आयौ र त मेरो गाउँ चैतमा पनि
हराभरा फ़ुल फुलेको छ।
शहर छोडेर मान्छेहरु गाउँ गाउँ डुलेको छ।
फेरी एक पटक
धेरै पछि मेरो गाउको
पाखा र पखेरामा मकै उम्रेको छ
खोली किनारमा मानव पदचाप पुगेको छ।
तिमी आयौ र त
मान्छे शहर वसेर गाउँ संझेको छ
विदेश बसेर नेपाल कल्पेको छ
धन होईन अपनत्व र इमान चाहिन्छ भन्ने बुझेको छ।
आफु बाच्न आफैलाई घरै भित्र थुनेको छ।
एक छिन फुर्सद नहुने मान्छे
दिन-भर बिन्दास बनेर बसेको छ।
अब सुध्रिन्छ मान्छे
मलाई यस्तो लागेको छ।??
देवु पराजुली