• नेपालमा पहिलोपल्ट एकै दिन ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार १७:०५

    काठमाडौं, १४ जेठ । नेपालमा पहिलोपल्ट एकै दिन ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा पहिलोपल्ट एकै दिन एक सय भन्दा माथि कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् ।

    यसअघि एकै दिन सबैभन्दा बढी ९० जनामा कोरोना देखिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु