काठमाडौं । भान्से(सेफ)को लागि त अति महत्वपूर्ण मसला हो तुलसी! जो दुध दहिका परिकार,चट्नी तथा चियामा प्रयोग गर्न सकिन्छ ! महमा तुलसी को पात मरिच को धुलो बिरेनुन पिसेर कागती को रस राखी चट्नी बनाउन सक्नु हुन्छ! पिज्जा पास्ता का कुरै छोडौ पश्चिममेली शहरुमा नभैनहुने मसाला हो तुलसी ।
आज ठूली एकादशी तुलसी रोप्ने हरिसयानी एकादशी दिन, सनातन धर्म हिन्दु परम्परा मा अति महत्वपूर्ण दिन !श्रीमद्ध भागवतको ३,५ र १९ औं खण्डमा तुलसी बिरुवाको दैविक गुणलाई व्याख्या गरिएको छ ! हुन्दु धार्मिक काममा प्रयोग हुने तुलसी मानव स्वास्थ्यका लागि पनि लाभकारी हुन्छ!
ज्ञान,वैराग्य र भक्तिको अजस्र केन्द्रबिन्दु मानव जीवनले प्राप्त गरेको विज्ञान समर्पण भावमा परिणत गराई सहीरूपमा प्रयोगको अर्थ नै ‘तुलसी’को शाब्दिक अर्थ हो !
आयुर्वेद विज्ञानमा पनि तुलसीको विशिष्टस्थान रहेको छ जो औषधि को रुप मा प्रयोग गर्न सक्नु हुन्छ !
उदाहरणका रूपमा
(धेरै दिशा लागेमा)-
८/१० वटा तुलसीपात चौथाइ भाग जाईफल पिनेर खाएमा ठिक हुन्छ ।
(आउँ,शुल परेमा)-
१०/१२ तुलसीको पात मिश्रीसंग पिनेर खाने गरेमा ठिक हुन्छ र आवश्यकता परेमा एक हप्तासम्म खानु होला ।
(दिशामा रगत आएमा)-
१/२ चम्चा तुलसीको गेडा आधा ग्लास पानीमा बेलुका भिजाएर बिहानखाने गरेमा ठिक हुन्छ ।
(अल्काई भएमा)-
तुलसीको पात १०/१२ वटा खाएर पानीले निल्ने र तुलसीको पातको लेदो नरिवलको तेलमा फिटेर गुद्धद्वारको घाऊमा लगाउने गरेमा ठिक हुन्छ ।
(बालतोड् घाऊ भएमा)-
पिपलको कोपिला र तुलसीको पात पानीमा पिनेर बिहान/बेलुका लेप गर्नाले बालतोड् घाऊ ठिक हुन्छ ।
(घाँटी बसेमा)-
घाँटी बसेर बोल्नै नसक्ने भएको छ भने १०/१२ पात तुलसी ४/५ दाना मरिच र मिश्रीको टुक्रासँग चपाएर निल्दा घाँटी बसेको २/३ मात्रामै ठीक भएर आउँछ ।
नियमित खाली पेटमा दूधमा तुलसी मिसाएर खाँदा दम र श्वास–प्रश्वाससम्बन्धी रोगबाट छुटकारा पाउन सकिन्छ । त्यसैगरी, मुटुसम्बन्धी रोग, माइग्रेन, डिप्रेसन,स्नायु प्रणालीसम्बन्धी समस्याबाट बच्न सकिन्छ ।
– पेटको समस्या, श्वास गन्हाउने,यौनजन्य रोग, घाउ–खटिरा,बान्ता हुने,उच्च रक्तचापजस्ता रोगका लागि तुलसी एक अचुक औषधि हो ।
हामी सानो छदा तुलसी को बिबाह भनि लिङ्गो काट्न काट्न जंगल मा जाने कसको थलो लिंघो भनि होड बाजी हुन्थ्यो !उपास्नु पर्थ्यो ! कवली यानी कि फर्सी, पिडालु,तरुल, सखरखन्ड लाई उसिनेर या पोलेर फलाहार खाने चलन थियो जो आज भोलि लोप भएर गइसकेको छ !
आज २१ओं शताब्दी को सभ्यता को नाम मा हामी आफ्नो संस्कार बिर्सेर आयातित संस्कार मा अभिप्रेरित भएका छौ !कति उल्टा छौ हामी जन्म दिन मनाउदा केक मा रहे को आफ्नो नाम लाई चटक्क काटेर बलिरहे को दियो लाई निभाउदै ताली पडकाउछौ ताकी हाम्रो संस्कार मा दियो निभाउनु अपशकुन मानिन्छ !
जे होस् तुलसी रोप्ने दिन हरिसयानी एकादशी को उपलब्धमा मंगलमय शुभकामना !
लेखक
(लक्ष्मण प्रसाद भण्डारी–ग्लोबल नेप्लिज सेफ फेडेरेशन का कार्यकारी प्रमुख हुनुहुन्छ )