पछिल्लो २४ घण्टामा देशभर ५१४७ जना कोरोना भाइरस संक्रमणबाट मुक्तनेप्से ३८.३२ अंकले बढेर दुई हजार नौ सय ८३ दशमलब ११ विन्दुमाअनलाईन एक्टिङ कम्पिटिसन,२०२१” आयोजना हुँदैएसईईका विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्नेराष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय कमिटीको अनलाइन भर्चुअल माध्यमबाट केन्द्रीय बिस्तारित बैठक सम्पन्नहेर्नुस् आज २०७८ साल जेठ ३१ गते, साेमवारको राशिफलदलित विद्यार्थी संघद्धारा राहत वितरणपछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३९९४ जना संक्रमणमुक्तउपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञाकेशव भावुकको 'म मजदुर मायाको' सार्वजनिक (भिडियो)
  • ट्याक्सी सञ्चालनको व्यवस्था मिलाउन निर्देशन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ असार २०७७, बिहीबार ०८:११

    काठमाडौ ।सङ्घीय संसद् अन्तर्गतको विकास तथा प्रविधि समितिले सर्वसाधारणको आवत–जावतलाई सहजता प्रदान गर्न सार्वजनिक यातायातसँग सम्बद्ध ट्याक्सी सञ्चालनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
    सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबार बसेको समितिको बैठकले यातायातसँग आबद्ध विभिन्न सङ्घ संस्थाका प्रतिनिधिसँगको छलफलपछि विश्व स्वास्थ्य सङ्गठन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कोरोना सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले तयार पारेका मापदण्ड पूरा हुने गरी ट्याक्सी यातायात सञ्चालनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

    बैठकमा सार्वजनिक यातायातसँग सम्बद्ध सरोकारवाला मजदुर सङ्गठन र व्यावसायिक सङ्गठनका पदाधिकारीले बन्दाबन्दीका कारण मजदुरको दैनिकी कष्टकर बनेको, गुजारा चलाउन नसकेपछि आत्महत्याको तहसम्म पुग्नुपर्ने दर्दनाक परिस्थितिको सिर्जना भएको, व्यवसायीहरूले ऋण तिर्न नसकेका लगायतका समस्याबारे जानकारी गराउनुभएको थियो । असार १ गतेदेखि बन्दाबन्दी केही खुकुलो भए पनि सार्वजनिक यातायात सञ्चालनमा आउन सकेको छैन ।

    गोरखापत्रबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु