• नक्कले भिनाजु -४ ‘भिनाजुको छडके ताल’चर्चामा (भिडियो )

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ श्रावण २०७७, आईतवार २०:४२

    काठमाडौ / संगीत क्षेत्रमा सङ्घर्ष गर्दै आएका रायमाझी परिवारको तीज गीत नक्कले भिनाजु १ र २ पछिको नक्कले भिनाजु ३ ‘लर्के भिना’ अघिल्ला अघिल्ला साल सार्वजनिक गरिसकेका छन् ।

    नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजलाई लक्ष्यित गरी एक पछि अर्को म्युजिक भिडियो सार्वजनिक गर्ने क्रममा नक्कले भिनाजु ४ ‘भिनाजुको छडके ताल’ कमेडी तीज गीत विशाल रायमाझी, हरिमाया रायमाझी र शर्मिला रायमाझीको स्वरमा रहेको छ । बिसाल रायमाझीको शब्द र संगीत रहेको छ भने एलिना रायमाझिको नृत्य रहेको छ । नक्कले भिनाजु -४ छडके ताल’सार्वजनिक भएको निकै छोटो समयमा नै गित चर्चाको शिखर तिर लागेको छ । नेपाली गीत संगीतको लागी रायमाझी परिवार निकै भाग्यमानी परिवार मानिन्छन जति बेला जुन गीत बजारमा सार्बजनिक गरे पनि उनिहरुले चर्चा धेरै पाउछन ।

    नक्कले भिनाजु ४ ‘भिनाजुको छडके ताल’ कमेडी तीज गीत रहेको छ । कमेडी शैलीमा बनाइएको तीज गीत कमल सौरागले एरेन्ज गरेका छन् । राजकुमार मगरको निर्देशन/सम्पादन रहेको उक्त गितको छायांकन सागर गौतमले गरेका हुन । म्युजिक भिडियोमा एलिना रायमाझी अभिषेक श्रेष्ठ, हरिमाया रायमाझी,गौरव श्रेष्ठ,शंकर पुरी,बिनय गुरुङ,रामहरी पोखरेल,सृजन खनाल र साबि थापाको दमदार अभिनय रहेको छ । गाउँ घरमा परम्परा देखी साली भिना एक अर्को सङ्ग जिस्कने साली भिनाले दोहोरि गाउने चलन थियो । यहि परिवेसमा बिगत वर्ष देखि गित निकाल्दै आएका रायमाझी परिवारले यो बर्ष पनि तिजको साली भिनाको कमेडी दोहोरी ल्याएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु