साउन १५,काठमाडौं । आज साउन १५ गते घरमा दुग्ध पदार्थबाट तयार गरिएको खीर खाएर यो पर्व मनाईँदै छ। नेपाल नै येस्तो देश होला जहा खानै खाना का पर्व हरु छन् ।
सबै को घर मा खिर पाकोस तर म भन्छु खिर होइन ढकनी पकाउनु पर्दछ । किन कि खिर को नेपाली मौलिक शब्द हो ढकनी नेपाली रैथाने खानाको पहिचान तपाइको मौलिक शब्द बाट नै हुन्छ।
जब सम्म तपाई आफ्नो शब्दलाई पछ्याउनु हुन्न तब सम्म तपाई को पहिचान हुदैन ।जस्तै समोसा पनि नेपाली खानामा पर्छ। स्वरुप सिङ्गडा हो । जो शुद्ध बेसार नुन र खुर्सानी को मिश्रणबाट बन्दछ । संसार को जुनसुकै खानालाई उसको को रैथाने शब्द ले नै चिनारी दिएको हुन्छ ।
सुरु गरौ ढकनी (खीर)
जसलाई २-३ दिन सम्म बिना फ्रीज २०-२२ डिग्री सम्म फिरिजर गर्न सक्नुहुन्छ ।बटुवा भै घुम्न जाँदा खाजा को रुप मा झोलामा कोच्न सक्नु हुन्छ।
असार १५ का दिन दही चिउरा खाएर शरीरलाई ऊर्जामय बनाए जसरी साउन १५ मा तात्तातो मसलेदार ढकनी (खीर) भोजन गरेर शरीरलाई सन्तुलनमा राख्ने यो पुरानो चलन र नेपाली संस्कार हो ।
पूजाआजा,अर्चना,श्राद्ध, विहे,वर्तबन्ध अनि कुनैपनि हिन्दू रीतितिथी मिल्दो संस्कार सम्पन्न गर्दा ढकनी (खिर)एउटा अपरिहार्य परिकारको रूपमा नेपालीहरूबिच लोकप्रिय छ । असारको व्यवस्तताबाट केही राहत मिलेपछि साउन मा खीर खाने चलन रहेको छ ।
ढकनी बनाउने तरीका
पाहुना ४-५ जना हुने
समय १ घण्टा
सबै भन्दा पहिला आफूलाई आवश्यक पर्ने सामग्रीहरू-
-दूध ४ लिटर
-शुद्ध घिउ २०० ग्राम ,
-अनदी या टैचन को चामल ५०० ग्राम
-चिनी या मिश्री ३००ग्रम
-मरिच को खस्रो पिसेको १ सानो चम्चा
-जैफल १ सानो दाना मसिनो पिस्ने
-काजु किसमिस बदम नरिवल १०० ग्राम ( नभए पनि हुने)
बनाउने बिधि
कसौडी मा घिउ राखी चामल हल्का खैरो हुने गरि भुट्ने र दुध राखी हल्का आँच मा ४५ मिन जति पकाउने
पाकी सकेपछि बाँकी समान राखी चलाउने केहि समय छोपी राख्ने (साल को पात या चिउरी को पात को टपरी ले १५,२० मिनेट छोपी राख्ने हो भने स्वाद मा फरक पर्दछ) ढकनी तयार भयो।
आलू,तामा या निउरो को अचार संग मजा लिनुहोस् साउन १५ मनाउनुहोस ।
रेसिपी लेखक: सेफ लक्ष्मन प्रसाद भण्डारी ग्लोबल नेप्लिज सेफ फेडेरेशनका कार्यकारी प्रमुख हुन )