• बिभिन्न पाँचतारे होटलहरुमा १६ बर्ष काम गरेको अनुभब बटुल्नु भएका सेफ सुनिल महर्जन को स्तरिय कुलिनरी एकेडेमी खोल्ने योजना

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलवार ०७:३४

    आर.बी बुढाथोकी

    काठमाडौं । सुनिल महर्जन नेपालको हस्पिटालिटी क्षेत्रमा कुनै नयाँ नाम होइन । १६ बर्षदेखि निरन्तर रुपमा बिभिन्न पाँचतारे होटलमा काम गरेर आफुलाई एक अब्बल सेफका रुपमा चिनिएका महर्जनका करीयरमा धेरै उतार चडाबका दिनहरु छन । अत्यन्त सालीन र आफ्नो पेशालाई एक गहन रुपमा लिने दक्ष सेफका रुपमा नाम कमाउनु भएका सेफ सुनिलले आफ्नो जिम्मेवारीलाई सदैब महत्वका साथ लिने हुँदा एक सफल ब्यक्तिवको रुपमा उभिनु भएको छ । सन २००० मा जन प्रभात स्कुल काठमान्डौबाट स्कुल शिक्षा पुरा गरेर कान्न्तिपुर होटल ट्रेनिग सेन्टरमा व्यवसायिक कूक तालिप पश्चात सन २००४ मा होटल रेडिसनमा किचन एप्रेनटिसको रुपमा अवसर पाउनु भयो ।

    उहाँको कार्य दक्षतालाई मुल्यवान गरी होटलको व्यवस्थापकले उहाँलाई स्थायी कर्मचारीको रुपमा नियुक्ती दियो र सन २०१६ सम्म उहाँले सोही होटलमा बिभिन्न पदमा रहेर आफ्नो कार्य दक्षता प्रदर्शन गर्नु भयो । उहाँले रेडिसन होटलमा १० बर्ष काम गर्ने क्रममा बिभिन्न पद तथा प्रमाण पत्रका साथ सम्मान मात्र गरिएन सानो समयमा लामो छलाङ पनि मार्न सफल हुनु भयो । उहाँको बिशेष अतिरिक्क कलाका कारण होटलमा हुने गरेका ठुला ठुला समारोहमा खाना सजाउने र फ्रुट भेजिटेबल कार्भिङगको जिम्मेवारी दिइयो र उहाँले सफल रुपमा कार्य सम्पादन गरेर देखाउनु भयो । कयौ बिशिष्ट पाहुनाहरुलाई खाना पस्केर उहाले धेरै प्रशंसा पनि बटुल्नु भयो । सन २००८मा ब्याटल अफ द सेफ प्रतियोगितामा कयौ सेफहरुलाई उछिन्दै प्रथम भए पछी झन उहाको काममा सबैले प्रशंसा गर्न थाले र बिभिन्न मिडिया कभरका कारण चर्चित बन्नु भयो । सानो उमेर मै उहाँको यो कला कौसलका कारण उहालाई अन्य होटलहरुले पनि धेरै अवसर दिएका थिए तर उहाँले निरन्तर सोही होटलमा काम गर्दै जानु भयो ।

    अझ उहाँको बिशेष दक्षता भनेको कारभिङमा भएका कारण होटलहरुले मन पराउन थाले । सुनिल महर्जन नेपालको राम्रो कार्भिङ गर्ने सेफहरुको अग्र स्थानमा पर्नु हुन्छ ।
    उहाँको उच्च मुल्याङ्कन गर्दै सोल्टी क्राउन प्लाजा होटलले सन २०१६मा किचन एक्जुकेटिभका रुपमा नयाँ अवसर दियो र उहाँले रेडिसनको स्थायी जागिरलाई सहज माया मारेर नयाँ स्थानमा नियुक्ती लिनु भयो । सोल्टी क्राउन प्लाजा होटलमा पनि उहाँको उच्च मुल्याङ्कन हुँदै गयो र निरन्तर चार बर्ष सेवा पुरा गरेर सन २०२०मा आँफै केही गर्नु पर्छ भनी कोरोना महामारीका समय राजिनामा दिनु भयो । होटल सोल्टी क्राउन प्लाजामा चार बर्ष काम गर्ने दौरानमा पनि उहालाई बिभिन्न सम्मान र प्रमाण पत्र दिएर कदर गरिएको छ । बिभिन्न कलेजबाट इन्ट्रन गर्न आउने विद्यार्थीहरुलाई होटल कै अन्य बिभागका कर्मचारीहरुलाई आफ्नो अतिरिक्त सिप सिकाएर होटल ब्यबस्थापनका बिच निकै लोकप्रियता हासिल गर्नु भएका सुनिल महर्जन अबका दिन आफ्नै देशमा दक्ष सेफहरु उत्पादन गर्नु पर्छ कुलिनरी एकेडेमी खोल्ने योजनामा लाग्नु भएको छ ।

    आफुले सिकेको सिप र नयाँ पुस्तालाई सिकाएर आफ्नै देशमा राम्रा राम्रा सेफ उत्पादन गर्न सके देश बिकासका लागि ठुलो टेवा पुग्ने उहाको ठम्याइ छ । एक स्तरिय कुलिनरी एकेडेमी खोलेर भोलिका दिनमा आफ्नो कला हस्तान्तरण गर्न सके आफु सफल भएको साबित हुने कुरा उहाले एक भेटमा ब्यक्त गर्नु भयो । देश तथा बिदेशमा सेफहरुको माग बढ्दै गएको र राम्रो आम्दानी हुने पेशाका कारण यो एकेडेमीले धेरैलाई सिप र अबसर प्रदान गर्नेमा बिस्वस्त हुनुहुन्छ कोरोनाको माहामारी सकिना साथ उहाको एकेडेमीमा भर्ना खुलाउने योजना छ । सुनिल महर्जनलाई जस जसले भेटे तरिफ नगर्ने कमै होलान् । उहाको काम गर्ने शैली र काम प्रती दत्तचित्त नै परिचय हो । काममा लागे पछी उहाँ खाना खान पनि भुल्नु हुन्छ । कुनै पनि काम पूर्ण नभए सम्म छोड्ने छोड्ने उहाको बानी छैन र त उहाको यो एकेडेमी खोल्ने योजना पनि उहाँको सफल जीवन जस्तै उचाइमा नपुग्ला भन्न सकिन्न । आफुले बर्षौ देखी यही पेशा अङगालेर जिबनको आधा समय बेतित गरी सक्नु भएका महर्जनले अबका दिनमा आफुले सिकेका सिप र कौसल आगामी पुस्तालाई सार्ने हिसाबले यो ब्यवसायमा मन गएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु