• पछिल्लो २४ घन्टामा देशभर ४ हजार ४ सय ९९ जना कोरोना भाइरसका संक्रमित थपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार १८:३१

    काठमाडौं, ७ असोज । नेपालमा ४ हजार ४ सय ९९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या एक लाख ५३ हजार ८ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थपिएका संक्रमितबारे आज (शुक्रबार) अपराहन्न जानकारी दिएको हो । पछिल्लो समयमा संक्रमितको संख्या बढिरहेको छ । संक्रमणमुक्त हुनेको संख्या एक लाख ५ हजार नाघेको छ ।

    अहिले ४६ हजार ६ सय ९१ जना सक्रिय संक्रमित छन् । अहिलेसम्म ८ सय २९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु