• घरमै बसी बसी सजिलै बनाउनुस तिहारको भाईटिका मिठाइहरु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार २०:४७

    आर.बी.बुढाथोकी
    (मल्टी कुजिन सेफ,सोल्टी क्राउन प्लाजा होटेल)

    नेपालीहरुको दोस्रो महाड चाडको रुपमा तिहारलाई मानिन्छ ।यसपाली तिहारमा पनि कोरना कहरको त्रास नै रहने हुँदा बाहिरको मिठाइ किन्न जानु पनि निकै डर छ ।तिहार, झिलिमिलीको चाड,मिठाइको चाड जे भन्दा नि अधुरो रहन्छ जस्तै माघे संक्रान्तिमा तरुल, तिजमा खीर,दशैंमा मासु भनेजस्तै तिहारमा खाइने परिकार हो,मिठाइ र त्यसमा पनि सेलरोटी । बजारमा किनेका मिठाइहरु ताजा र स्वस्थ्यकर नहुने हुँदा साथै बिभिन्न अखाध्या पदर्थ मिसावट गरेर बनाइने हुँदा घरमा केही समय खर्चेर आफुलाई आबश्यक केही सामान्य र ताजा बनाउनु उत्तम मानिन्छ । यहाँ सेल रोटी लगाएत तिहारमा प्रयोग हुने केही मिठाइका परीकारका विवरण र बनाउने तरिका छोटकारीमा पेश गरिएको छ ।

    -सेलरोटी


    सामाग्री :-चामलको पिठो १ केजी, चिनी २५०ग्राम,सोडा अथबा बेकिङ पाउडर आधा चम्चा,काजु १५० ग्राम,दुध आबश्यक्ता अनुसार,केरा २ कोसा, घिउ ५०० ग्राम तेल आबस्यकता अनुसार
    बिधी :- चामललाई घटिमामा २ घण्टा पानीमा भिजाएर राख्नुस र दुध हालेर ब्यालेण्डरमा केही खस्रो हुने गरी बल्यान्ण्ड गर्नुस,चिनी काजु,केरा र पगालेको २ चम्चा घिउ पनि हालेर एक छिन अरु बल्याण्ड गनुस र सोडा र मैदा हालेर एक रात छोड्दिनस। भोली पल्ट तातेको तलमा बाँकी घिउ हालेर सेल बनाउन थालनुस। सकेसम्म नरम सेल राम्रो मानिन्छ ।

    -फिनी/पत्रे रोटी


    सामाग्री:-१ केजी मैदा,५० ग्राम घिउ,२ कप पानी,आधा कप चिनी पाउडर,एक र आधा लिटर तेल( तार्नको लागि ) साठोको लागि २०० ग्राम बटर या घिउ,१ कप चामलको पिठो
    बिधी:-मैदा घिउ हालेर बिस्तारै बिस्तारै मुछ्दै जाने र पानी पनि थप्दै जानु पर्छ र पिठो मुछीसकेपछी एक साइड लगाएर राख्ने । केही समय पछी पिठोको डल्लालाई ठीक्क ठीक्कको पेडा बनाएर मिलाउने र बाटर या घिउलाई एउटा कचौरामा हुछेर चामलको पिठो मिसाउने जसलाई साठो भनिन्छ र यो रोटीलाई पत्र पत्र पार्न प्रयोग गरिन्छ । पेडालाई राम्ररी बेलानाले बेल्ने र साठो लगाएर रोल गर्ने अने चक्कुले काटेर फेरी दोहर्याएर बेल्ने र तातो तेलमा एक एक गरी तार्ने अनी चिनीको धुलो छरी दिने फिनी तयार हुन्छ र तातो तातो य धेरै दिन राखेर पनि खान सकिन्छ ।

    -काजु बर्फी

    सामाग्री:काजुको पेस्ट-४०० ग्राम,खुवा ४०० ग्राम,चिनी-१८० ग्राम,पानी -आबश्यकता अनुसार,नेपाली घ्यु-२ चम्चा,गुलाब जल २ ड्रप
    बिधी:नन स्टिक प्यानमा घ्यु तताउनुस र काजुको पेस्ट हालेर मज्जाले भुट्नुस । केही समय पछि खुवा हालेर पज्जाले चलाऊनुस । अर्को प्यानमा चिनी र पानी मिसाएर बाक्लो खालको चास्नी तयार गर्नुस । चास्नीलाई काजु र खुवा भुटेको भाडोमा मिसाउनुस र अन्तमा जुलाब जल हालेर चलाऊनुस । एउटा सफा ट्रेमा मिक्चरलाई सम्याएर राख्नुस र फ्रिजमा चिस्याउनुस । भोली पल्ट लाग्ने चक्कुले आफुले चाहेको साइज र सेभमा काट्न सक्नु हुन्छ र एक एक पिसमा आधा आधा रोस्ट गरेको काजुले गार्निस गरेर सर्भ गर्न सकिन्छ । काजुको बर्फी चिनी बिना सुगर फ्री पनि बनाउन सक्नु हुन्छ ।

    -बुन्दीको लड्डु

    सामाग्री :-डेढ कप बेसनको पिठो,एक कप पानी,२ पिन्च साफ्रन कलर,६ पिस सुकमेल,एक कप चिनी,एक टेबल चम्चा मेलन सिड्स, डेढ कप शुद्ध घिउ
    बिधी :-बेसनमा पानी र सफरन कलर हलेर मजाले चलाऊने र केही समय राख्ने त्यस पछी घिउ तताएर सानो सानो प्वाल भएको झाजरको सहायता ले बेसनको लेदोलाई फ्राइ गर्ने र एउटा प्लेटमा राख्दै जाने अर्को भाडोमा पानी र चिनी हालेर चास्नी बनाउने र मज्जाले पाकेपछी सुकमेल,मेलन सिड र फ्राइ गरेको बेसनको बुन्दीलाई हालेर चलाऊने केही समय पछी आगोको रापबाट निकालेर चिसो हुन दिने र गोलो गोलो गरी लड्डु बनाउन थाल्ने एबम तरिकाले बुन्दीको लड्डु तयार गर्न सकिन्छ र यो लड्डु धेरै दिन सम्म चोसोमा राखेर पनि खान सकिन्छ ।

    -गुलाब जामुन

    सामाग्री :- एक कप दुध पाउडर,१ कप मैदा,आधा कप खुवा,५० ग्राम पनिर, २ चम्चा घिउ वा तेल,आधा कप दुध,२ चम्चा दही या कागतीको रस, आधा चम्चा सोडा,फ्राइ का लागि तेल या घिउ आबश्यकता अनुसार, गार्निसका लागि चप पिस्ता २ चम्चा,सुगर सिरपका लागि एक कप चिनी,३ कप पानी, आधा चम्चा सुक्मेलको धुलो, एक चम्चा गुलाब जल

    बिधी :-माथिका सम्पूर्ण सामाग्रीलाई एक साथ मिक्स गरेर डो बनाउनुस र केही समय छाडी दिनुस,केही समय पछी ठीक्क ठीक्कको गोलो बनाएर तेल या घिउमा सानो आचमा खैरो हुने गरी फ्राइ गर्नुस र अर्को भाडोमा सुगर र पानी हालेर सिरप पकाउनुस,सुकमेलको धुलो र गुलब जल हालेर उमाले पछी फ्राइ गरेका डल्लालाई सिरममा केही बेर पकाउनुस र पिस्ता गार्निस गरेर तातो तातो सेर्व गर्नुस।

    – रसबरी


    सामाग्री :-४ कप दुध,कागतीको रस या भिनेगर एक चम्चा,दुइ कप चिनी,७५० एम एल पानी,थोरै मैदा
    बिधी:-दुधलाई उमाल्नुस र कागतीको रस हालेर फटाउनुस, जाली या सफा कपडामा छान्नुस। यसरी दुध फटाएर निस्केको छोक्रालाई छीना भनिन्छ । छिनामा मैदा हालेर १० मिनेट मज्जाले रगटेर मुछ्नुस् र गोला गोला गुच्चा बनाउन्स र अर्को भाडोमा चिनी हालेर तयार गरिएको सिरममा पकाउनुस। केही बेर पकाए पछी रसगुल्ला तयार हुन्छ अन्तमा जाफरन लिफ गार्निस गारेर सर्ब गर्न सकिन्छ । रबरीमा रसबरीलाई मिसाउदा रसमलाइको रुपमा पनि पस्कन सकिन्छ ।

    -जेरी

    सामाग्री:-३ कप मैदा,२ कप दही,अधा कप घिउ,३ कप चिनी,आधा चम्चा सुक्मेल,आधा कप कर्न फ्लोर,साफ्रन पाउडर पिन्च,थोरै बेकिङ पाउडर,२ कप फ्राइ वयल,४ ड्रप रोज एसेन्स,पिन्च फुड कलर अरेन्ज,पानी आबश्यकता अनुसार,

    बिधी :- माथि उल्लेखित सम्पूर्ण सामाग्रीहरु मिक्स गरेर ८ देखी १० घण्टा या एक रात रुम टेम्पेचरमा छाडी दिनुस् र भोली पल्ट तेलमा जेरी फ्राइ गर्नुस र पाकेको चास्नीमा डुबाएर तातो तातो खुवाउनुस।

    -गाजरको हल्वा


    सामाग्री :-गाजर १० पिस,२ कप दुध,४ टेबल चम्चा घिउ,३ टेबल चम्चा चिनी,३० ग्राम काजु,५ वटा इलाइची,५० ग्राम किसमिस
    बिधी:- गाजरलाई राम्ररी सफा गरेर,ग्रेटरले ग्रेट गर्नुस र दुधमा मज्जाले पकाउनुस ७५ प्रतिशत दुध घटेपछी घिउ चिनी र अन्य सामाग्री हालेर चलाउनुस राम्ररी गाजर बानिदै गए पछी तातोको रापबाट हटाउनुस र तातो तातो खुवाउनुस।गाजरको हलुवा जस्तै चुकन्दर,सुजी,दाल,पालक,भेडे खुर्सानीको पनि हलुवा बनाउन सकिन्छ ।

    -थेकुआ

    सामाग्री:- एक कप(२५० ग्राम) गहुको आटा, ८० ग्राम गूद,७० ग्राम नरिबल,५ टेबल चम्चा घिउ, ५ वटा इलाइची पिठो मुछ्नका लागि आबश्यक दुध या पानी,सोप एक चम्चा,तार्नको लागि तेल आबश्यकता अनुसार

    बिधी :-माथि दिएका सम्पूर्ण सामाग्रीहरु हालेर आटा माज्जाले मुछ्ने र साइड लगाएर राख्ने । केही समय पछी ठीक्क ठीक्कको गोलाई बनाउने र काटाको सहायताले बुट्टा भर्ने त्यस लग्गतै ततो तेलमा खैरो हुने गरी तार्ने र तातो तातो या लामो समय पछी पनि खान सकिन्छ । यो मिठाइ तराइमा निकै प्रसिद्द मानिन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु