एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

टीफा सम्झौतालाई उपयोग गर्ने वातावरण बनाउन राजदुत खतिवडालाई चेम्बर अध्यक्षको आग्रह

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ पुष १४ गते, मंगलवार २१:००

काठमाडौं, १४ पौष- नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले अमेरिकाका लागि नवनियुक्त नेपाली राजदुत युवराज खतिवडालाई नेपाल अमेरिका बीच भएको टीफा सम्झौतालाई उपयोग गर्ने वातावरण बनाउन आग्रह गर्दै चेम्बरको तर्फबाट केही सुझाव समेत दिएका छन् । चेम्बरद्वारा नवनियुक्त राजदुत खतिवडाको सम्मानमा मंगलबार जमल स्थित चेम्बर भवनमा आयोजित स्वागत एवम् बधाई कार्यक्रम माझ अध्यक्ष श्रेष्ठले चेम्बरको तर्फबाट धारणा राख्दै सो आग्रह गरेका हुन । सो क्रममा अध्यक्ष श्रेष्ठले टीफा सम्झौतालाइ निकासी तथा लगानी बिस्तारमा अधिकतम उपयोग गर्नुपर्ने बताए । सो अवसरमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल र संयुक्त राज्य अमेरिका बीच बिद्यमान आर्थिक सम्बन्ध तथा द्धिपक्षीय आर्थिक सम्बन्धलाई सुदृढ गर्न चेम्बरबाट गरिएका प्रयास बारे उल्लेख गर्दै राजदूत खतिवडा नेपालको अर्थतन्त्रबारे विज्ञ तथा अनुभवी रहेकाले निजी क्षेत्रले ठूलो अपेक्षा राखेको पनि बताए । नेपाल र संयुक्त राज्य अमेरिका बीच २०११ मा सम्पन्न ब्यापार तथा लगानी अभिवृद्धि सम्बन्धी टीफा सम्झौता अन्तर्गत अमेरिकामा सुबिधायुक्त प्रवेशका लागि नेपालबाट निकासीको संभाव्य भएका वस्तुहरु समावेश नभएकाले ती वस्तुहरु समावेश गर्न पहल चाल्न पनि उनले आग्रह गरे । नेपाल ठूला अर्थतन्त्र भएका मुलुकहरु चीन र भारत बीच सानो अर्थतन्त्र भएको मुलुक भएको र ती मुलुकहरुले नेपाली उत्पादनलाइ सुबिधायुक्त प्रवेश दिएकाले नेपालमा लगानीको लागि बातावरण रहेको हुँदा अमेरिकी लगानीको लागि पहल गर्न र नेपालमा आइटी क्षेत्रमा पर्याप्त जनशक्ति भएकाले सूचना तथा प्रविधि क्षेत्रमा लगानीको लागि पहल गरि दिन आग्रह गरे । त्यसैगरी, व्यापार मेलामा सहभागी हुने र नेपाली मालवस्तुको प्रदर्शन कक्ष स्थापनाको खाँचो औल्याए । अध्यक्ष श्रेष्ठले वृहत्त अर्थतन्त्र भएको मुलुकको राजदूतमा नियुक्त भएकोमा बधाई ज्ञापन गर्दै राजदूत खतिवडालाई कार्यकालको सफलताको कामना समेत गरे ।

नवनियुक्त राजदूत डा. खतिवडाले आफ्नो कार्यकालमा दुई मुलुक बीचको आर्थिक सम्बन्धलाई सुदृढ गर्न उच्च तहको राजनीतिक विश्वासको बातावरण सृजना गर्नतर्फ आफ्नो प्रयास केन्द्रित हुने बताउदै सो लगायत दुइ मुलुक बीच ब्यापार तथा लगानी बिस्तार, प्राविधिक सहयोग, पर्यटन प्रवद्र्धन तथा प्रविधि हस्तान्तरण तर्फ पनि प्रयास जारी रहने बताए ।

नबनियुक्त राजदूत डा. खतिवडाले बिश्व बजारमा नेपाली मालवस्तुको निर्यात बढाउन मालवस्तुको गुणस्तर तथा मूल्य प्रतिस्पर्धी नभई प्रवेश पाउन सहज नहुने भएकोले उत्पादन लागत न्युन हुनुपर्ने र गुणस्तर कायम हुनु पर्नेमा सचेत रहनुपर्ने उल्लेख गरे । निकासी हुने वस्तुहरु समग्र मूल्य श्रृंखला प्रक्रियामा जानपर्ने आवश्यकता रहेको पनि उनले बताए । साथै टीफा सम्झौता अन्तर्गत नेपालमा लगानी, नेपालको निकासी व्यापारमा बिस्तार तथा प्रविधि हस्तान्तरणमा प्रयास जारी रहने कुरा राखे । उक्त स्वागत कार्यक्रममा नेपाल चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल उपाध्यक्षद्धय कमलेश कुमार अग्रवाल, दिपक कुमार मल्होत्रा एवं कार्य समितीका सदस्यहरु तथा नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष समेतको सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु