• धादिङ अस्पतालको मुहार फेर्ने मेडिकल सुपरिटेण्डेण्ट डा. त्रिभुवनचन्द्र झाको २ वर्षको अनुभव

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार १७:४६

    २०७८ सालको न्युनतम सेवामा मापदण्डमा ७३% ल्याएर बागमती प्रदेशको तेस्रो उत्कृष्ट अस्पतालको रुपमा स्थापित गर्न सफल भएका धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हुन त्रिभुवनचन्द्र झा।

    आफ्नो कल बाहेक १२ -१४ घण्टा खटेर १५ बेडको अस्पताललाई स्तरउन्नती गर्दै आउने दिनमा १०० बेड सम्म सञ्चालन गर्ने लक्ष्यसाथ अगाडी बढी राख्नुभएको छ। नेपाल सरकारको न्युनतम सेवा मापदण्डमा कुनै पनि कमी नहोस भनी उपलब्ध भएको साधनस्रोतको परिचालन गरी कसरी अस्पतालको व्यवस्थापन गरिराख्नुभएको छ ।

    डा. साहब तपाई यो अस्पतालमा आउँदा अस्पतालको अवस्था कस्तो थियो?

    प्रदेश अन्तर्गत समायोजन भई २०७६ साल भाद्र १३ गते धादिङ अस्पतालमा आउँदा यो अस्पताल १५ बेडको सञ्चालनमा रहेको थियो। अस्पतालको भौतिक संरचना र बिरामीको चाप ठिकै थियो ।

    तर साथै केही दिन काम गर्दा यो अस्पतालमा धेरै नै समस्याहरु पनि रहेछ र जनगुनासोकाे चाङ्ग थियो। पहिलो कुरा अस्पतालको व्यवस्थापन राम्रो भएन गुनासो थियो।

    दोस्रो अस्पतालको ल्याबबाट सर्वसाधारणलाई चाहिने आधारभूत जाँचहरु समयमा उपलब्ध नहुनु वा रिपोर्ट ढिलो गरी आउने। ल्याबमा भएका सामानहरु थन्केर बसेको वा त्यसको उपयोग नभएकर विभागमा चाहिने रिएजेन्टहरु समयमा उपलब्ध भएको थिएन। विभिन्न विभागमा रहेको औजार र उपकरणहरू बिग्रिएको वा थन्केर बसेको अवस्था थियो।

    फार्मेसीमा बिरामीलाई चाहिने आवश्यक औषधि चहिने मात्रामा उपलब्ध थिएन।

    अस्पतालको परिसर भित्र एम्बुलेन्सहरु लाइन लागेर बस्ने बिरामी आउन बित्तिकै काठमाडौँ लैजानको लागि हानथाप गर्ने वातावरण थियो। जसले गर्दा बिरामीहरु बस्ने टिकट काट्नको लागि उभिने ठाउँ समेत कम थियो।

    अस्पताल परिसर भित्र हो-हल्ला र कोलाहलको वातावरण थियो जसले गर्दा बिरामीहरुको तनावमा थप तनाव भइरहेको थियो।

    निःशुल्क औषधि पर्याप्त संख्या र मात्रामा उपलब्ध थिएन।
    निःशुल्क औषधी वितरण हुने ठाउँमा कर्मचारी समयमा उपलब्ध नहुने ।
    अन्य विभागमा पनि आफूखुसी बिना जानकारी बिदामा बस्ने वा नआउने जस्ता बेथितिहरु थियो।

    अल्ट्रासाउण्ड (बोलीचालीको भाषामा video x-ray) पनि बिग्रिएको थियो। ५ देखि १० जना सम्म सीमित संख्याको बिरामीहरूको लागि मात्र उपलब्ध थियो । कुनै दिन हुने र कुनै दिन नहुने पनि थियो।
    तत्काल खरिद गर्ने कुनै उपाय पनि थिएन।

    सिमित संख्यामा गर्भवती महिलाहरूको नर्मल डेलिभरी भएपनि अप्रेसन गरेर बच्चा निकाल्ने cesarean section सिमित मात्रामा आक्कल-झुक्कल हुने गरेको थियो । जसले गर्दा धेरैजसो गर्भवती महिलाहरु काठमाडौं जान बाध्य थिए।

    प्रदेश सरकारले ५० बेडको अस्पतालको रुपमा विकास गर्ने योजना गरेतापनि सोहीअनुसारको भौतिक संरचना यस अस्पतालमा थिएन।

    बाहिर जिल्लाबाट यस अस्पतालमा काम गर्न आउने तथा २४ घण्टे काम गर्नुपर्ने कर्मचारीहरूको लागि बस्ने क्वाटरको व्यवस्था थिएन। अस्पताल तथा क्वाटरमा खानेपानी र शौचालयको समस्या थियो।

    सामाजिक सेवा इकाई तथा स्वास्थ्य बीमा कार्यक्रम यस अस्पतालमा भइसकेको थिएन । जसले गर्दा बिरामी हरूको निःशुल्क उपचार गरिरहँदा सोवाबापत कुनैपनि शोधभर्ना रकम यस अस्पतालले पाएको थिएन। अस्पताल आर्थिकरूपले अस्तव्यस्त घाटामा
    चलिरहेको थियो।

    अस्पतालजन्य फोहर मैला व्यवस्थापन को लागि GTZ बाट भौतिक संरचनाको लागि सहयोग पाएको भएपनि फोहरमैला व्यवस्थापन व्यवस्थित रुपले सुरु भइसकेको थिएन।

    बिरामी भर्ना गर्ने वार्डमा बिरामीका कुरुवाहरु घण्टौं उभिराख्नुपर्ने बाध्यता थियो।

    कुन बिभागमा कति जना बिरामी आए? कस्तो प्रकारको बिरामीहरु आए? अस्पतालको दैनिक खर्च आम्दानी के कस्तो छ?

    जस्ता सामान्यभन्दा सामान्य प्रश्नको उत्तर पाउन कठिन थियो। एकातिर विकास समिति आर्थिकरूपले धरासायी थियो भने अर्कोतिर विकास समितिबाट काम गर्ने कर्मचारीहरूको तलब भत्ता बढ्न सकेको थिएन। अस्पतालका स्वास्थ्यकर्मी चिकित्सक लगायत सफाइ कर्मचारीहरु दिनरात काम गरेपनि आत्म प्रेरित(self motivated) भएर काम गर्ने कुनै वातावरण थिएन। जुन हरेक काम गर्ने कर्मचारीको लागि आवश्यक हुन्छ।

    यो त भयो तपाईंले देख्नुभएको समस्याहरु, यसको समाधान कसरि शुरु गर्नुभयो डाक्टर साप?

    समग्र रुपमा हेर्दा एकातिर अस्पतालको सेवाप्रति जिल्लावासी र उपचारले लिन आउने बिरामीहरूको गुनासो थियो

    (patient satisfaction)राम्रो थिएन ।
    अर्कोतिर कर्मचारीहरूको पनि अस्पताल प्रति (staff satisfaction)बितृष्णा नै थियो।

    यस्तै यस्तै थुप्रै साना भन्दा साना ठुलो भन्दा ठुलो समस्याहरु छँदै थियो।
    त्यसैले अस्पतालको उपचार तथा अन्य सेवालाई कसरि छरितो, विश्वासिलो, गुनासो रहित, बिरामी–केन्द्रित, पारदर्शी र आर्थिक रुपले समृद्ध बनाउन सकिन्छ।
    त्यसको बारेमा योजना बनाए ।

    तर यसको लागि पूर्ण रूपमा समर्पित प्रशासनको टिम हुन आवश्यक थियो।
    त्यसको लागि सबभन्दा पहिले हामी प्रशासनको टिम अब कसरी अगाडि बढ्ने भन्ने कुराको योजना बनायौं तत्काल नै कार्यन्वयन गर्न लागि पर्यौ।

    तर सुरु कहाँबाट गर्ने भन्ने प्रश्न मेरो मनमा अझै चलिरहेको थियो।

    सुरुवातमा यस अस्पताललाई सहयोग गर्ने संघसंस्था हरुबाट के-कस्तो सहयोग लिन सकिन्छ त्यसको बारेमा योजना बनाइ One Heart Worldwide बाट तत्कालका लागि USG मिसिन ल्याएर ultrasound लाई सुचारु गरियो।

    त्यस्तैगरी Nick simons institute, Nepal medics Rotary club Dhading हरुसँग सहयोग र सहकार्यको लागि सम्झौताहरु गरियो र कार्ययोजना तयार गरियो।

    त्यसपछि गर्भवती महिलाहरूको नियमित अपरेसन सेवा संचालन गरियो; जुन अहिलेसम्म अटुटरूपमा चलिरहेको छ।

    ल्याब तथा x-ray मा बिग्रिएको मेसीनहरु बनाइयो र आवश्यक रिएजेन्ट हरूको खरिद गरी सेवाहरु सुचारू गरियो।

    अस्पतालको औषधि पसलको लागि आवश्यक औषधिहरु टेन्डर गरी उनीहरु उपलब्ध गराइयो।

    निःशुल्क औषधिहरु को उपलब्धता बढाइयो र वितरण गरियो।

    अस्पताल जन्य फोहरमैला व्यवस्थापनलाई सुदृढ गरी नमुना फोहरमैला व्यवस्थापन सुरु गरियो।

    अस्पतालको परिसर एम्बुलेन्स पार्किङको रूपमा प्रयोग भइरहेको थियो। जसलाई अस्पताल परिसरबाट बाहिर पार्किङ गर्ने निर्णय गरी अस्पतालको परिसरलाई शान्त सफा बनाइयो।

    प्रदेश सरकारले ५० बेडको अस्पतालको रुपमा विकास गर्ने योजना गरेतापनि सोहीअनुसारको भौतिक संरचना यस अस्पतालमा थिएन। त्यसको लागि सामाजिक विकास मन्त्रालयमा पहल गरी पुरानो अस्पताल भवनको माथि एक तल्ला थप्न बजेट र कामको सुरुवात गराइयो।

    त्यस्तै बनिरहेको चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको क्वाटर सम्पन्न गर्न गराउन पहल गरी स्टाफहरुलाई Quater मा बस्ने व्यवस्था मिलाईयो।
    त्यस्तै बिरामी र बिरामीका कुरुवाहरू लगायत स्वास्थ्यकर्मी हरूको लागि २४ घण्टा खाना व्यवस्थापनको लागि चौविसे घण्टे क्यान्टिन सुचारु गर्नुको साथै व्यवस्थित गरियो।

    प्रारम्भिक चरणमा यो कामहरु सामान्य भएपनि अति नै आवश्यक थियो।

    त्यसपछि योजनाअनुसार अस्पतालमा कमी रहेको अति आवश्यक उपकरणहरू जस्तै: मेसिन, ल्याब विभागमा थाइराइड VitD, hormone Assay जस्तो जाँच गर्ने उपकरणहरू , TB को जाँच गर्ने जिन export machine, PCR जाँच गर्ने मिसिनहरूको व्यवस्था गरिएको छ, साथै यि मेसिनहरु चाँडै नै सञ्चालनमा आउँदैछ।

    त्यसैगरीआकास्मिक विभागमा AED, Ventilator जस्तो उपकरणहरूको व्यवस्था गरियो।

    बिस्तारै बिस्तारै सेवा सुविधाहरु थपिँदै जाँदा बिरामीलाई पनि सेवा दिन स्वास्थ्यकर्मीहरुलाई सहज हुन थाल्यो र बिरामीहरूको पनि यस अस्पतालको सेवाप्रति विश्वास बढ्दै गयो।

    अस्पतालको सम्पूर्ण विभाग लाई सफ्टवेयरको माध्यमबाट एक ठाउँमा जोड्नको लागि र सम्पूर्ण विभागहरु गतिविधि हेर्नको लागि centralized गर्न electronic medical record system प्रत्येक विभागमा install गरियो र संचालनमा ल्याइयो।

    यस्तै फार्मेसी, ल्याब एक्स-रे, ओपिडी postoperative सेवा र इमरजेन्सी सर्भिसमा पहिलो वर्षमा केन्द्रित भई सेवा विस्तार तथा संचालन गरियो।

    त्यस्तैगरी अस्पतालमा पोष्टमार्टमका सामग्रीहरू र मेडिकल अधिकृत हरुलाई आवश्यक तालिम दिई सेवालाई छिटो छरितो तरिकाले प्रभावकारी बनाइयो।

    कुनै पनि अस्पतालमा रहेको औजार उपकरणहरु चुस्त दुरुस्त राख्नको लागि biomedical departments को आवश्यकता पर्दछ। यो वर्ष धादिङ अस्पतालमा NSI को सहयोगमा biomedical department स्थापना गरिएको छ।

    यसै बीचमा कोभिड रोगको सुरुवात भएसँगै आइसोलेसन लगायत fever clinic त्यसको लागि चाहिने human resouce र स्वाब कलेक्सन गर्नको लागि आवश्यक सामग्रीहरु र त्यस्तै nphl र pphl समन्वय गरी swab collection लाई प्रभावकारी बनाइयो l

    यसबीचमा one heart world-wide सग सम्वन्वय गरी धादिङ अस्पतालले maternal and Neonatal health healpline सन्चालन गरि दुर्गममा रहेको गर्भवती महिलाहरु लाई समयमा सल्लाह सुझाव र उद्धारको लागि सहयोग गरेको छ । यो सेवा सञ्चालन भएका जिल्लाहरु मध्ये धादिङ अस्पतालबाट धेरैभन्दा धेरै गर्भबती महिलाहरु लाभान्वित भएका छन्।

    त्यस्तैगरी यस वर्षदेखि सामाजिक सुरक्षा इकाई मार्फत ५० देखि १०० प्रतिशत सम्म बिरामीको अवस्था हेरी छुटमा उपचार गर्ने व्यवस्था अस्पतालले गरेको छ।

    हालसम्म १ हजारभन्दा बढी व्यक्तिले सो आंशिक तथा पूर्ण निःशुल्क सेवा लिइसकेका छन्।

    त्यस्तै पछिल्लो आर्थिक वर्षदेखि स्वास्थ्य बीमा कार्यक्रम पनि प्रभावकारी रुपमा चलेको छ।

    तर अहिले सम्म सर्वसाधारणमा स्वास्थ्य बीमा गर्दा हुने फाइदाको बारेमा राम्रो ज्ञान नभएको कारणले बिमा गर्नेको संख्यामा राम्रो सुधार हुन सकेको छैन।
    ३५ सय रुपियाँ खर्चमा गरिने बीमा बाट परिवारको ५ जनासम्म व्यक्तिलाई एक लाख बराबरको उपचार गराउन सकिन्छ।

    डाक्टर साब यो त भयो उक्त संग सम्बन्धीत कुराहरु अरु कुनकुन क्षेत्रमा अस्पतालले काम गर्दैछ?

    यस वर्षदेखि प्रसूति गृहबाट विशेषज्ञ चिकित्सकहरुको द्वारा महिनामा एकपटक पाठेघरको शल्यक्रिया सेवा सञ्चालन भइरहेको छ। हालको covid को कारणले त्यही समेत लागि स्थगन भएपनि आउने दिनमा यो लगातार सञ्चालन हुनेछ।

    यो वर्ष शहीद गंगालाल हृदय रोग केन्द्र सग समन्वय गरी हृदयघातको बिरामीहरूको लागि प्रारम्भिक चरणमा विशेषज्ञको निगरानीमा धादिङ अस्पतालमा उपचार र आवश्यक बिरामीलाई निःशुल्क औषधिको सुरुवात गरिएको छ।

    त्यस्तैगरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सँग समन्वय गरी निकट भविष्यमा धादिङ अस्पतालमै स्नातकोत्तर तहको विशेषज्ञ चिकित्सकहरुको पठनपाठनको व्यवस्थापन हुनेछ।

    गत वर्ष गरिएको सामाजिक परीक्षणमा सेवाग्राही धादिङ अस्पतालको सेवाबाट सन्तुष्ट रहेको र राम्रो सेवा प्रभाव भएको देखिएको छ।

    हालसालै ८ ओटा भेन्टिलेटर सहित १० बेडको आइसियु संचालनमा रहेको छ भने, ४ बेडको SNCU लागि स्तरवृद्धि गरी ५ बेडको एनआइसियुमा संचालन गर्ने र निकट भविष्यमा नै १० बेडको HDU संचालन गर्न गईरहेको बताउनु भयो ।

    त्यस्तैगरी निकट भविष्यमा नै 3part laundry machine जडान गरी सञ्चालनमा ल्याउने योजना रहेको छ भने,
    अहिले थप ५० सिलिन्डरको अक्सिजन प्लान्ट र liquid oxygen plant व्यवस्थापनमा लागिपरेको बताउनुहुन्छ।

    त्यस्तै निकट भविष्यमा ख वर्गको दुइटा एम्बुलेन्स अस्पतालबाट ल्याउने योजना अस्पतालको रहेको छ।

    विशेषज्ञ चिकित्सक देखि लिएर प्रशासनका कर्मचारीहरु सिमित संख्यामा हुँदा कामलाई सहज तरिकाले काम सम्पन्न गर्न कठिन रहेको मेडिकल सुपरिटेण्डेण्ट डा. झा बताउनुहुन्छ।

    अन्त्यमा के भन्न चाहनुहुन्छ ?

    अन्त्यमा अस्पताल राम्ररी विकास हुनको लागि स्थानीयहरूको सहयोग ,विश्वास र सल्लाह को आवश्यकता पर्दछ। त्यसपछि मात्र त्यहाँको अस्पतालको सेवा प्रभावकारी हुन सम्भव हुन्छ ।

    यो हस्पिटल हाम्रो हो भन्ने भावना हामीजिल्ला बासीहरुमा विकास हुनुपर्छ।यस अस्पताललाई हामी सबैले आ-आफ्नो ठाउँबाट सहयोग माया गरेमा आउने दिनमा सामान्य र माध्यम प्रकृतिको बिरामी काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य हुनेछ।

    (स्वास्थ्य पत्रकार नमराज भट्टले धादिङ अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. त्रिभुवनचन्द्र झा सँग गरेको कुराकानीको आधारमा)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु