• चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीतपछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफलस्थानीय तहको निर्वाचन पर धकेल्ने कुरा देशलाई अनन्त कालसम्म निर्वाचन हुन नसक्ने अवस्थामा पुर्याउने खेती हो : बडालतीनै तहको निर्वाचन एकै चरणमा गर्नेबारे छलफल गर्न सकिन्छ, सरकारले परामर्श गरोस : मुक्ति प्रधान

    यो माघी मनाउन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ माघ २०७८, शनिबार ०८:३९

    –शिव अधिकारी
    माघी के छ र यो गती छम छमी नाच्ने मिठो चालमा
    थारु जति र राई लिम्बु संगको यो उच्च संस्कारमा
    गाई गीत अपूर्व चिन्तन ठूलो गुञ्जेर यै भूमिमा
    साझा बन्न पुगेछ चाल गहिरो यो चाढ संसारमा ।। १ ।।
    खेल्छौ रंगिन तालमा सब मिली यौटै छ यो आँगन
    गाउनु अनि नाच्नु सुन्दर कला आफ्नै चिनारी दिन
    पाखा पर्वत फाँट एक जुट छन् संस्कार साझा हुँदा
    मान्छन् पर्व सबै सबै सग सगै साटेर आत्मा सदा ।। २ ।।
    खेल्छौ हामी सबै थरी ढलिमलि यौटै छ मैदान यो
    साझा संस्कृति बस्ती बस्ती भरिनै सम्पत्ति जस्तै भयो
    यै घिउ अनि चाकुको र खिचडी खाएर नाच्ने गरि
    हाम्रो संस्कृति यो मनाउ सबले सद्भाब गुञ्जेसरी ।। ३ ।।
    नुवाकोट तिर तारुका छ रमिता गोरु जुधाई पनि
    हेर्छन उत्सव बन्छ हार जितको यो खेल नौलो बनि
    खन्दै बन्भरिको तरुल कतिले ल्याई उसिन्दै गरे
    लड्डु सख्खर तिलको र खिचडी मिस्टान्न बर्षन्छरे ।। ४ ।।
    यस्तो पर्व मिठासको लहरमा ढाकेर चल्ने गरी
    अर्को ठाउँ कतै हुँदैन कहिल्यै यो देवभूमि सरी
    त्यागी भिष्मजीले पनि यही दिनै रोजेर विदा लिए
    यो हो दिन तपस्वीले सहज नै संसार छाडी गए ।। ५ ।।
    भक्तपुर छ तिल माधव गुरु छन् बुद्ध दिपांकर
    संन्तानै सबलाई मिल्दछ भनि पुग्छन तिनैका घर
    ओर्लि आउँछ शुखको महक नै बास्ना मिठो स्वादको
    साच्चै सभ्य समाज सिर्जन भूमि यो नै छ संसारको ।। ६ ।।
    मान्छे आज सुमार्ग तर्फ कसरी लागौ बटुवा बनि
    हिड्छौ एक भएर शान्त शुखको बाटो बनोस यो भनि
    आउ दुःख विनास गर्न सबको यो भूमि हो साधन
    जागे संस्कृतिको शिखा लिई सबै यो माघी मनाउन ।। ७ ।।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु