पौराणिक श्री हरसिद्धी भवानीको १२ वर्षे नाच यस वर्ष चैत्र २१ गतेदेखि २४ गतेसम्म दोलखामा नचाईने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र ६, आईतवार ०५:३७

श्री हरसिद्धी भवानीको १२ बर्षे मेला २०७८ आयोजक मुल समारोह समिती दोलखाद्वारा पत्रकार सम्मेलन, यही चैत्र २१ देखि २४ सम्म दोलखामा प्रद्र्धशन गरिने

बाँपीझ्याला, काठमाण्डौं । ललितपुरको पौराणिक श्री हरसिद्धी भवानीको १२ वर्षे नाच यस वर्ष चैत्र २१ गतेदेखि २४ गतेसम्म दोलखामा नचाईने भएको छ । श्री हरसिद्धी भवानीको १२ बर्षे मेला २०७८ आयोजक मुल समारोह समिती दोलखाद्वारा आज एटिक बार एण्ड रेष्टुरेण्ट ज्ञानेश्वरमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त नाच सम्वन्धी जानकारी गराईएको हो ।

भीमेश्वर नगरपालीकाको र दोलखावासीहरुको वितिय सहयोगमा श्री हरसिद्धी भवानीको १२ बर्षे मेला २०७८ आयोजक मुल समारोह समिती दोलखाको आयोजनामा ललितपुर स्थित हरसिद्धि मन्दिरको गुठियार तथा देवगण खलक सहयोग र सहकार्यमा करीब एक शताब्दी पश्चात दोलखाको अभयपुर शहरको तल्लो टोलमा अवस्थित बहिर टोलमा रहेको चक्र डबलीमा हरसिद्धि देवी नाच पुनः देखाउने भएको छ ।

यस सम्वन्धमा दोलखाको तर्फबाट साँस्कृतीक अभियान्ता तथा श्री हरसिद्धी भवानीको १२ बर्षे मेला २०७८ आयोजक मुल समारोह समिती लेखन तथा बृत्तचित्र निर्माण संयोजक शान्त कृष्ण श्रेष्ठले दोलखा ईतिहास सत्ययुग, त्रेतायुय, द्वापर युगमा दोलखा र यसको महत्व, दोलखामा मञ्जुश्री र दोलखामा नेवारी भाषा, यस्को विस्तार महत्व, किराँतकालमा, लिच्छवीकाल र मल्लकालिन ईतिहासमा दलखाको योगदानको बारेमा चर्चा गर्नु भएको थियो । यसै गरी ईन्द्रसिंहदेव र नेपालमा पहिलो चाँदीको सिक्का, दोलखाको साँस्कृतीक महत्व र दोलखामा हरसिद्धी नाचको बारेमा ईतिहासदेखि अहिलेसम्मको यर्थातता बारेमा विश्लेषण गर्नु भएको थियो ।

यसै गरी हरसिद्धीको गरिमा र १२ बर्षे नाचको संक्षिप्त ईतिहास बारेमा लतिलपुर निवासी संस्कृती प्रेमी राजेश बज्राचार्यले विश्लेषण गर्नु भएको थियो । त्यसै गरी हरसिद्धी देवगणका परिवार, अध्यता तथा अधिवक्ता राजेन्द्र महर्जनले हरसिद्धीको महत्व यसको ऐतिहासिक पृष्ठभूमी र किम्वन्दतीको बारेमा विश्लेषण गर्नु भएको थियो ।

श्री हरसिद्धी भवानीको १२ बर्षे मेला २०७८ आयोजक मुल समारोह समिती उपत्यका सम्र्पक संयोजक समाजसेवी एवं अधिवक्ता प्रविण प्रधानको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम सदस्य सचिव एवं बाँपीझ्याला डटकमका सम्पादक उपेन्द्र प्रधानले संचालन गर्नु भएको थियो । पत्रकार सम्मेलनको अन्तमा उपस्थित पत्रकारहरुबाट दोलखा अनी ललितपुर बिच हरसिद्धीको ऐतिहासिक सम्वन्ध लगायतका बारेमा प्रश्न गरिएको थियो । जसमा सम्वन्धीत प्रस्तोताहरुबा उत्तर दिईएको थियो ।

करिव साँढे दुई संचालन भएको उक्त कार्यक्रममा विशेष सहयोग गर्नु हुने बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, उहाँको छोरो रेमनदास श्रेष्ठ र विहानी चिया, खाजाको लागि प्रायोजन गर्नु हुने धरहरा टे«र्डस, शैलुङ स्यान्रेमो हाईड्रोपावरको तर्फबाट त्रिपुरेश्वर निवासी मनिषा श्रेष्ठ प्रति विशेष आभार व्यक्त गर्नु भएको थियो । यसै गरी उपस्थित पत्रकार लगायत सम्पूर्ण शुभचिन्तकहरुलाई कार्यक्रमका सभापती एवं समाजसेवी प्रविण प्रधानले आभार व्यक्त गर्नु हुर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु