सपना लुटिएको मान्छे, बेलकोटगढी नुवाकोट । २०५२ सालमा देशमा परिवर्तनको लागि क्रान्ति सुरु भएको थियो । सबै मान्छे नयाँ विचारको पक्षमा लागेका थिए । विशेषगरी युवाको आकषर्ण नयाँ विचार र क्रान्तिमा परेको थियो । यसै मध्यमा थिए हरी बजगाई जमिनपनि । उनलाई पनि वर्षौ देखिको सामन्ति सत्ता ढाल्नु थियो, पुरानालाई फाल्नु थियो र देश विकास र परिवर्तको नयाँ जग हाल्नु थियो । त्यसैले उनले माओवादी जनयुद्धलाई उपयुक्त माध्ययम ठाने र क्रान्तिमा होमीए । त्यसरी क्रान्तिको बाटोमा होमिने बेलकोटगढी ९ मा उनिमात्र थिएनन् । अहिले आफुलाई ठूलै एमालेको नेता ठान्नेहरु देखि व्यापारी र ठग तस्कर बनीसकेकाहरु पनि त्यहि विचारको पक्षी लागेका थिए । फरक यत्ति हो की ती सिमित स्वार्थको लागि होमीएका थिए अनि जमिन महान क्रान्तिको अभिलाषा सहित । त्यसैले स्वार्थले जोडिएकाहरु अवसर पाउनासाथ पाखा लागे भने हरी बजगाई ज्यानकै बाजी लगाउन तयार भए ।
अरुले घर बसेर स्वतन्त्र राजनिति गरिरहँदा हरी बजगाई आतंककारीको विल्ला भिरेर आफ्नै मृत्युपत्रमा हस्ताक्षर गरेर जीवनलाई खुकुरीको धारमा राखेर समग्र देशको हितका लागि बन्दुक र बारुदसंग साईनो जोड्दै थिए, गरिव दुःखी र निमुखाहरुको मुक्तिका लागि । उनको यहि साहसलाई कांग्रेस एमाले तथा अन्य सामाजिक व्यक्तित्वहरुले समेत मुक्त कण्ठले प्रसंसा गर्ने गरेका छन् । उनलाई ज्युँदो सहित भनेर सम्बोधन गर्ने गरेका छन् । हो, हरी बजगाई साँच्चै ज्युँदा सहिद हुन् उनले आफु मर्नपरेपनि आफ्नो गाउँ बनाउने, ठाउँ बनाउने सपना कहिल्यै छोडेनन् ।
माओवादिले त भनेको नमाने मान्छे मार्छ, पैसा (चन्दा) माग्छ जनतालाई दुःख दिन्छ भन्ने जस्ता भ्रमहरु नफैलाएका होईनन् मान्छेहरुले । माओवादीले पैसापनि नउठाएको होईन दलाल र भ्रष्टहरुसंग । तर माओवादि जनताको भरोसा र विश्वासको बनेर सधैं खडा भईरह्यो । त्यसमै वलियो खम्वा बनेर उभिएका थिए हरी प्रसाद बजगाई (जमिन) ।
उनले न त कसैलाई दुःख दिए न त कसैसंग एक पैसा नै मागे बरु उल्टै थुप्रैलाई जोगाएका छन् भगवान झैं बनेर । जुवातासको खालमा भेएिका हुन् की, भट्टिमा भेएिका हुन, हामीलाई हरी नभएको भए मार्थे माओवादीले भनेर अहिलेपनि दिल खोलेर खुसि बाँड्छन् ।
हो, उनले विचारको क्रान्ति गरेका हुन् । उनको पार्टिको सबै सिद्धान्त ठिक थिएन होला, सबैखाले विचारले जनताको हित गरेन होला तर त्यहि विचारले आज देश संघिय लोकतान्त्रिक गणतन्त्रात्क मुलुक बनेको पक्कै हो । महिला, दलित जनजाती र पीछडीएका बर्गले समाजमा सम्मानजनक बाँच्न र आफ्नो कुरा राख्न पाउने अधिकार त्यहि क्रान्तिले ल्याएको हो, ति नै हरी बजगाईहरुको देन हो आजको नयाँ नेपाल ।
आफ्नो घर परिवारलाई पछाडी राखेर आफ्ना सिमित आशा र आकांक्षाहरुलाई मनभित्रै मारेर क्रान्तिमा होमीएका थिए हरी बजगाई । क्रान्ति सफलभएपछि आजको दिनमा परिवार पाल्न कहिले सडकमा कुल्ली बनेर, बाटोमा ढुङ्गा फुटाएर त कहिले साहुको फर्ममा ज्यालामा काम गरेर परिवार पालिरहेका छन् ।
उनलाई रहर त लाग्दो हो एउटा पक्कि घर, बर्षभरी खानेपुग्ने खेतिपाति, हिडडुल गर्न एउटा सवारी साधन । तर उनले सोचे यि सव के का लागि ? जनताको जस्तो हैसियत छ त्यसैमा मेरो पनि समान हैसियत हो भन्दै आफ्नै कर्ममा रमाईरहेका छन् । उनले चाहेको भए घर गाडी जग्गा जमिन जोड्न कुनै कठिन थिएन तर उनले ति सब विषयलाई गौण राखे र कसैको एक पैसापनि फोकटमा खाएनन् बरु आफु चामल किन्न बेल्चा बोकेर सडकमा काम खोज्न पुगे, ढुङ्गा फुटाएर बेचे अनि केटाकेटिलाई दशैंमा किनिदिए एकसरो कपडा । आफु कहिल्यै सुकिलो भएर समेत हिड्न पाएनन् उनले ।
हो तिनै गरिव जतनाका आशा र भरोसाका केन्द्रविन्दु हरी प्रसाद बजगाई जमिन एक पटक फेरि युद्ध मोर्चामा होमीएका छन्, चुनाव नामको हतियार बोकेर । त्यसैले बेलकोटगढी नगरपालिका ९ का आमाबुवा, दाजुभाई तथा दिदीवहिनीहरु यस पटक हामीले सहि मान्छे चुन्नुपर्छ हाम्रो विवेक सहि ठाउँमा राख्नुपर्छ र गरिव, दलित, महिला, आदिवासी जनजाती सबैको पर्याय हरी बजगाईलाई हाम्रो अमुल्य मत दिई हाम्रो वडाको समानुपातिक विकास र समुन्त गाउँ निर्माणमा लाग्नुपर्छ ।
पैसा हुनेले तपाईलाई बाडेको पैसा उठाउन भ्रष्टाचार र कमिसन खाने बाहेक केहि गर्न सक्दैनन् । त्यसैले पैसा खर्च गर्न नसक्ने हरी बजगाईलाई अमुल्य मत दिई जिताएर तिव्र विकासमा लागौं । ताकी पुनः अर्को ५ वर्ष हामी कसैलाई पुनः पछुतो नहोस् । त्यसैले हाम्रो वडाको अहिलेको आवश्यकता हरी बजगाई नै हुन्, उनि माओवादी उम्मेदवार मात्र होईनन् उनि समग्र किसान र मजदुरहरुको प्रतिनिधि पात्रपनि हुन्, उनले बुझेका छन् गरिव किसान मजदुरहरुका समस्याहरु । एक किलो चामल किन्न कतिवटा ढुङ्गा फुटाउनुपर्छ, कति किलोको भारी उठाउनु पर्छ राम्रो संग बुझेका छन् उनले ।
हो अव हामीले विवेकको प्रयोग गर्नैपर्छ । त्यसैले हरी बजगाई र उनको सम्पूर्ण टिमलाई गोलाकार भित्रको हँसिया हथौडा चिन्हमा मतदानगरि विजयी गराऔं ।